• २०७५-१०-६ , आइतबार/ Sunday 01-20-19
  • 07:01:16

फेसबुकविरुद्ध ब्लाकबेरीले हाल्यो मुद्दा

क्यानडाको टेक्नोलोजी कम्पनी ब्लाकबेरीले मंगलबार फेसबुक तथा उसका अन्य दुई भ्रातृ कम्पनीहरु ह्वाट्सएप र इन्स्टाग्रामविरुद्ध मुद्दा दायर गरेको छ । बौद्धिक सम्पत्ति अर्थात् पेटेन्ट उल्लंघनको आरोप लगाउँदै ब्लाकबेरीले फेसबुकविरुद्ध मुद्दा हालेको हो । फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामले आफ्नो ब्लाकबेरी मेसेन्जरको प्रविधि तथा फिचर्स हुबहु नक्कल गरेको दाबी ब्लाकबेरीको छ । ब्लाकबेरीले अमेरिकाको लस एन्जल्स संघीय अदालतमा पेटेन्ट उल्लंघनको मुद्दा दर्ता गरेको हो । कम्पनीले विज्ञप्ती जारी गर्दै भनेको छ– फेसबुक, ह्वाट्सएप तथा इन्स्टाग्रामले ब्लाकबेरीको आविष्कार तथा प्रविधिलाई नक्कल गरी मोबाइल मेसेजिंग एप बनाएको छ । यी सबैले हाम्रा कैयन् इनोभेटिभ सेक्योरिटी फिचर, युजर इन्टरफेस तथा फंक्सनालिटी इन्ह्यान्सिंग जस्ता फिचर्स नक्कल गरेका छन् । साथै, मननीय पक्ष के छ भने फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामले मोबाइल मेसेजिंगको दुनियाँमा ढिलो गरी कदम राखेका हुन् ।’ ब्लाकबेरीले मुद्दा दर्ता गर्दै फेसबुक विरुद्ध कानूनी कारवाहीको चेतावनी दिएको छ । उसका अनुसार फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामले ब्लाकबेरीको बौद्धिक सम्पत्ति अधिकार अर्थात् आइपीआर उल्लंघन गरेका छन् । त्यसैले ती कम्पनीविरुद्ध कानूनी कारवाही गर्नु उसका शेयरधनीहरु प्रतिको दायित्व हो । यस विषयमा फेसबुकका जनरल काउन्सिल पल ग्रेवालले प्रतिक्रिया दिँदै भनेका छन्, ‘ब्लाकबेरीको तर्फबाट दर्ता गरिएको मुद्दाले कम्पनीको मौजुदा मेसेजिंग बिजनेसको अवस्थालाई दर्शाउँदछ । कम्पनी आविष्कारको मोर्चामा विफल भएसँगै अब अरुको आविष्कारमाथि प्रश्न गरिरहेको छ । हामी यसको विरुद्धमा लड्नेछौँ ।’

एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस

के गर्न पाइँदैन सामाजिक सञ्जालमा ? १५ वर्ष जेल हाल्ने साइबर कानून आउँदै,

२ माघ, काठमाडौं सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरुमाथि कठोर कारवाहीको माग भइरहेका बेला सरकारले नयाँ कानुनको मस्यौदा तयार पारेको छ । संघीय संसदमा

सावधान ! यी हुन् सबैभन्दा कमजोर पासवर्ड

यो वर्ष सन् २०१८ मा सबैभन्दा धेरै ह्याक भएका वा सर्वाधिक कमजोर पासवर्डको खुलासा भएको छ । साइबर सेक्योरिटी फर्म स्प्लास डाटाले यसको खुलासा गरेको हो

विश्वभर निःशुल्क वाईफाई

चीनको एक कम्पनीले निकट भविष्यमै अन्तरीक्षमा आफ्नो स्याटेलाइट प्रक्षेपण गर्नेछ, जसले पूरै विश्वभर निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ