• २०७५-७-५ , सोमबार/ Monday 10-22-18
  • 01:10:43

भारतमा बीजेपीका कार्यकर्ताले ढाले लेनिनको शालिक

२२ फागुन, काठमाडौं ।

त्रिपुरा राज्यको बेलोनिया शहरको केन्द्रमा पाँच वर्षसम्म रुसी क्रान्तिका नायक लेनिन शालिक रह्यो । तर, विधानसभा चुनाव जितेसँगै भारतीय जनता पार्टीका कार्यकर्ताले लेनिनको शालिकमा धाबा बोलेका छन् ।

बीजेपीका समर्थकले डोजर लगाएर शालिक ढालेका छन् । त्यसक्रमममा उनीहरुले ‘भारत माता कि जय’ को नारा लगाएका थिए । प्रत्यदर्शीहरुले बताए अनुसार शालिक ढालेपछि बीजेपीका कार्यकर्ताले लेनिनको टाउकोको फुटबल खेलेका छन् । त्रिपुरामा वाम सरकारको २१ वर्ष पुरा भएको अवसरमा त्यहाँ लेनिनको शालिक बनाइएको थियो । ११.५ फिट अग्लो शालिक बनाउन ३ लाख बढी लागेको थियो । तर, २५ वर्षे वाम किल्ला ढालेसँगै बीजेपीका समर्थकले लेनिनको शालिक पनि हटाएका छन् । लेनिनको शालिक तोडफोड भएपछि वामपन्थी दलहरु पनि प्रतिकारमा उत्रेका छन् । राज्यका विभिन्न ठाउँमा तोडफोड भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । २५ वर्षदेखि सत्तामा रहेको कम्युनिष्ट पार्टी सिपिआई (एम) ले चुनाव जितपछि बिजेपी–आइपिएफटीका कार्यकर्ता हिंसातर्फ उन्मुख भइरहेको आरोप लगाएको छ । हिंसा अझै बढ्न नदिन भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको छ । 

अनलाइनखबर बाट 

प्रतिकृया दिनुहोस

साउदीसँग माग्यो पाकिस्तानले उधारोमा तेल

२१ असोज, काठमाडौं पाकिस्तानले साउदी अरबसँग उधारोमा तेल मागेको छ । साउदी वित्त मन्त्रीले यसै हप्ता पाकिस्तानको भ्रमण गरेका थिए र सोही अवसरमा

शान्तिवार्ताका लागि मोदीलाई पाकिस्तानी प्रधानमन्त्रीको चिठी

४ असोज  ,काठमाडौं पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पुनः शान्ति वार्ता सुरु गर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठी लेखेका छन्

फिलिपिन्समा शक्तिशाली आँधी, १४ जनाको मृत्यु

३१ भदौ, काठमाडौं फिलिपिन्समा आँधीका कारण १४ जनाको मृत्यु भएको छ । म्यङ्गकुट नामक आँधी, वर्षा र बाढीका कारण ५० लाख मानिस प्रभावित भएका छन् ।फिलिपिन्सको