• २०७५-७-५ , सोमबार/ Monday 10-22-18
  • 06:10:43

सोसल मिडियामा झुट कसरी फैलिन्छ ? अध्ययन यसो भन्छ

उखान छ: झुटको खुट्टा हुँदैन । तर अहिलेको सोसल मिडियाको जमानामा चाहीँ झुटको खुट्टा नहुने मात्र होइन की पखेटा नै हुन्छ ।

फेक न्यूज अर्थात् झुटा नक्कली समाचारका सम्बन्धमा गरिएको अहिलेसम्मकै ठूलो अध्ययनपश्चात् वैज्ञानिकहरु यस्तो निष्कर्षमा पुगेका छन् की झुटो खबर निकै तिव्र रुपमा र टाढा टाढा सम्म फैलिन्छ र त्यसको तुलनामा सत्य खबर चाहीँ टिक्न र फैलिन पाउँदैन । अर्थात् झुटो खबर तिव्र रुपमा फैलिरहँदा सत्य खबर चाहीँ अल्झिरहेको हुन्छ । पछिल्लो १० वर्षमा अंग्रेजीमा गरिएको ३० लाख मानिसका सवा लाख भन्दा धेरै टि्वटको गहन अध्ययन गरी यस्तो निष्कर्ष निकालिएकोहो । शोधकर्ताहरुका अनुसार झुटा तथा नक्कली समाचारमा तिव्र रुपमा फैलिने तागत हुन्छ ।

साइन्स जर्नलमा छापिएको यो रिपोर्ट यद्यपि टि्वटरमा फैलिने झुटमा मात्र केन्द्रित छ । तथापि वैज्ञानिकहरुले यो सिद्धान्त हरेक खाले सोसल मिडिया  प्टलेर्फमममा लागू हुने बताएका छन् । अनुसन्धानको अगुवाई ग्र्ने अमेरिकाको म्यासाच्युसेट्स इन्टिच्यूट अफ टेक्नोलोजीका डाटा वैज्ञानिक सोरोस वोशोगी भन्छन्, ‘हाम्रो अनुसन्धानबाट यो प्रष्ट हुन्छ की यस्तो केवल बोट्स अर्थात् सफ्टवेयरले मात्र गरिरहेको छैन । यो मानव स्वभावको कमजोरी पनि हो र मानिसले नै त्यस्तो सामाग्रीको प्रसार गरिरहेको हुन्छ ।’ शोधकर्ताका अनुसार अफवाह फैलाउने वा त्यसमाथि विश्वास गर्नु सहज मानवीय स्वभावको हिस्सा हो । सोसल मिडियाले त्यसलाई नयाँ मञ्च उपलब्ध गराउँदछ ।

साइन्स पत्रिकाले यो शोधसँगै एउटा आलेख पनि प्रकाशित गरेको छ, जुन १६ जन प्रख्यात राजनीतिशास्त्रीहरुले मिलेर लेखेका छन् । त्यसमा भनिएको छ, ‘२१ औँ शताब्दीको समाचारको बजारमा नयाँ व्यवस्थाको आवश्यकता छ । तथापि त्यो व्यवस्था के हुनसक्छ जसमा झुटको बोलवालाको ठाउँमो सत्यलाई बढावा मिल्न सक्दछ ?’ शोधकर्ता सोरोश वोगोशीका अनुसार यस्तो कुनै व्यवस्था बनाउन सजिलो छैन । झुटा खबरहरु सत्य खबरको तुलनामा ६ गुणा तिव्र गतिमा फैलिन्छन् । व्यवसाय, आतंकवाद, युद्ध, विज्ञापन प्रविधि आदि क्षेत्रका झुटा खबरहरु तिनै तिव्र गतिमा फैलिन्छन् । तर राजनीतिसँग जोडिएका फर्जी खबरहरु सबैभन्दा सजिलै ट्रेन्डिङ हुन्छन् ।

के हो यो अनुसन्धान ?

यसअघि पनि फेक न्यूजका विषयमा अनुसन्धान भएका थिए जुन खास घटनामा केन्दि्रत थिए । उदाहरणका लागि कुनै बम विस्फोट तथा प्राकृतिक विपत्तिसँग जोडिएका समाचारका सन्दर्भमा । तर पछिल्लो अनुसन्धान सन् २००६ देखि २०१६ को पूरै एक दशकमा विश्वका विभिन्न देशका टि्वटर प्रयोगकर्ताले अंग्रेजीमा गरेका टि्वटरमा आधारित छ । यस हिसाबले यो निकै व्यापक अनुसन्धान हो ।

यस अनुसन्धानका लागि वैज्ञानिकहरुले एक खास एल्गोरिदम बनायो । हजारौँ लाखौँ टि्वटको सागरबाट त्यस्ता टिु्वटलाई छानियो जो सही तथा तथ्यपरक थिए । यस्तो गर्नका लागि तीन मानकको प्रयोग गरियो- पहिलो सुरुमा टि्वटगर्ने मानिस को हो ? त्यो व्यक्ति कति विश्वसनीय छ ? उसको अकाउन्ट भेरिफाइड छ की छैन ? दोश्रो, उसमा कस्तो भाषाको प्रयोग गरिएको छ । भाषिक शुद्धता छ की छैन ।

किनकी विश्वसनीय मानिसहरु शुद्ध तथा प्रभावकारी भाषा प्रयोग गर्दछन् । तेश्रो, कस्तो खाले मानिसहरुले रिटि्वट गरेका छन् । किनकी विश्व्सनीय मानिसहरु फर्जी टि्वटबाट बँच्दछन् ।

सत्यलाई परिभाषित गर्नु, त्यसको जाँच गर्नु आफैमा कठिन काम थियो । अनुसन्धानकर्ताहरुले यसका लागि फ्याक्ट चेक गर्ने विभिन्न साइटहरुको सहयोग लिए, जसमा स्नोप्स, पोलिटिकल फ्याक्ट तथा फ्याक्टचेक आदि छन् । ती साइटको मद्धतबाट सन् २००६ देखि २०१६ को बीच्का यस्ता सयौँ टि्वट निकालियो जो फर्जी थिए । तत् पश्चात ग्निपको सर्च इन्जिनको प्रयोग गरी ती फेक न्यूज कसरी फैलिए भन्ने हेरियो ।

त्यसप्रकारले उनीहरुले १ लाख २६ हजार टि्वट निकाले जसलाई ४५ लाख पटक रिटि्वट गरिएकेा थियो । त्यसमा केहीमा अन्य साइटका झुट खबरका लिंक थिए भने केहीमा लिंक विनाका झुटा खबरहरु थिए ।

त्यस्तै विश्वसनीय संस्थाहरुका सत्य खबरहरु फैलिने दरको अध्ययन पनि गरियो । शोधकर्ताहरुका अनुसार फेक न्यूजको निकै धेरै मानिससम्म पुग्दछ र धेरै ठूलो दायरामा फैलिन्छ । जबकी विश्वसनीय समाचार चाहीँ सिमित वर्गमा मात्र जान्छ । फेक न्यूज खाले मानिससम्म पुगेको हुन्छ । उदाहरणका लागि न्युयोर्क टाइम्सको कुनै समाचार एक हजार मानिससम्म पुग्दछ टि्वटर । तर त्यसपछि त्यो रिटि्वट हुने क्रम घट्दछ । तर फेक न्यूज चाहीँ कुनै अविश्वसनीय व्यक्तिले टि्वट गर्दछ, सानो समुहमा शेयर हुन्छ तर विस्तारै यसरी फैलिँदै जान्छ की त्यस्ता विश्वसनीय सञ्चार माध्यमका समाचार भन्दा धेरै रिटि्वट हुन्छ र फैलिन्छ ।

यस सन्दर्भमा शोधकर्ताहरुले एउटा उदाहरण दिएका छन् । एउटा समाचार आएको थियो की अमेरिकी राष्ट्रपति ट्रम्पले एक विरामी बच्चाको सहयोगका लागि आफ्नो निजी विमान दिएका थिए । त्यो समाचार साँचो थियो । तर त्यसलाई केवल १३ सयजना मानिसले रिटि्वट गरे । त्यस्तै अर्को खबर आयोः ट्रम्पका एकजना नातेदारले आफ्नो मृत्यु अघि लेखेका थिए की ट्रम्प राष्ट्रपति बन्नु हुँदैन । त्यो खबर वास्तवमा फर्जी थियो । तर त्यहीँ फर्जी समाचार ३८ हजार जनाले रिटि्वट गरे ।

शोधकर्ताहरुका अनुसार फेक न्यूज एक गम्भीर समस्या बनिरहेको छ । यससँग जुध्ने उपायको खोजी गर्नका लागि विश्वका अग्रणी संस्थाहरु गम्भीर हुनु पर्दछ । अनलाइनखबर  बाट 

प्रतिकृया दिनुहोस

फोन र सोसल मिडिया प्रयोगमा भारतलाई जित्यो नेपालले !

मोबाइल र सामाजिक सन्जालको प्रयोगमा नेपालीले भारतीयलाई जितेका छन् । प्रतिशतका आधारमा हेर्दा पछिल्लो सर्वेक्षणले भारतीय भन्दा नेपाली जनता प्रबिधिको

फेसबुकमा फेरि पनि चोरी, पाँच करोड प्रयोगकर्ताको डाटा ह्याक

१३ असोज, काठमाडौं सामाजिक सन्जाल फेसबुकको डाटा फेरि चोरी भएको छ । करिब ५ करोड प्रयोगकर्ताको डाटा चोरी भएको फेसबुकले जनाएको छ । ह्याकरले ह्याक गरेर

टेलिकमको प्याकमा नयाँ अफर

३० भदौ, काठमाडौं नेपाल टेलिकमले असोज १ गतेदेखि इन्ट्रानेट लिज सेवाको महसुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रमोसनल अफर लागू गर्ने भएको