• २०७५-३-१० , आइतबार/ Sunday 06-24-18
  • 03:06:53

पत्रकारहरुले जनपक्षीय पत्रकारिता गर्न आवश्यक

नवलपरासी २९ फागुन ः

पत्रकारहरुले जनपक्षीय पत्रकारिता गर्न आवश्यक रहेको नवलपरासीको भुमहीमा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । संचारमाध्यम र पत्रकारिताले सामाजिक उत्तरदायित्व बहन गरेको हुनुपर्नेमा जोड दिदै कार्यक्रमका बक्ताहरुले जनपक्षीय पत्रकारिता गर्नका लागि जोड दिएका थिए । मंगलवार नेपाल कम्युनिष्ट पार्टीनिकट क्रान्तिकारी पत्रकार संगठन नवलपरासीको दोस्रो जिल्ला सम्मेलन उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले साना लगानीमा संचालन भएका संचारमाध्यामले जनपक्षीय पत्रकारिता गरेको स्मरण गर्दै हरेक परिर्वतनमा पत्रकारहरुको भुमिका अग्रणी रहेको चर्चा गरेका थिए । कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रमुख प्रकाश डुम्रेले देशैभर श्रमजिवी पत्रकारहरुको अवस्था नाजुक रहेको उल्लेख गर्दै राज्य चौथो अंगप्रति उदाशिन रहेको बताउनुभएको थियो । सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला ईञ्चार्ज सुमन ज्ञवालीले जनयुद्धमा पत्रकारहरुले गरेको योगदानको चर्चा गर्दै जनपक्षीय पत्रकारिता गर्न सुझाव दिनुभएको । त्यस्तै कार्यक्रममा नेकपा ( क्रान्तिकारी माओवादी) का जिल्ला सचिवालय सदस्य रवि पाण्डेले जनपक्षीय पत्रकारिताले मात्र जनताको हित गर्ने बताउदै क्रान्तिकारीहरुबीच एकता र सहकार्य लाई तीब्र बनाउनुपर्ने स्पष्ट पार्नुभएको थियो ।  सोही कार्यक्रममा बोल्दै  नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पुरुषोतम सुवेदी, पत्रकार महासंघ जिल्ला उपाध्यक्ष हरि शर्मा , प्रेस चौतारीका संयोजक तथा महासंघ पूर्वसभापति केशव पराजुली क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीका सचिव गणेश पाण्डेलगायतले क्रान्तिकारी पत्रकार संगठनसंग महासंघको बिषयमा सहकार्य हुदै आएको समेत बताउनुभएको थियो । कार्यक्रममा नेकपाका जिल्ला सचिव डा. शिवशंकर बस्याल नेता प्रेम ढकाल, क्रान्तिकारी पत्रकार महासंघका जिल्ला अध्यक्ष घनश्याम पोखरेल पत्रकार प्रमोद अर्याल, हुसेन अन्सारी लगायतको आतिथ्यता रहेको थियो ।  सम्मेलनले पुनः शिव डुम्रेको अध्यक्षतामा १३ सदस्सीय जिल्ला समिति चयन गरेको छ । समितिको सचिवमा  प्रतिक्षा उपाध्याय र सदस्यहरुमा शान्ति भट्टराई , नैना क्षेत्री, अस्मिता गैरे, सिद्धीचरण गुप्ता, प्रताप मिश्र, विकास आचार्य धनीराम चौधरी, सृष्टि अधिकारलगायत चयन हुनुभएको छ । कार्यक्रम शिव डुम्रेको अध्यक्षतामा भएको थियो ।

प्रतिकृया दिनुहोस

सवारी साधनको बाक्लो चापले सुरक्षा चुनैती

नवलपरासी प्रतापपुरस्थीत गण्डक नहर किनारमा रहेको बेलाटारी चोकमा सवारी साधनको बाक्लो चापले सुरक्षा चुनैती र पैदल यात्रुलाई समस्या पर्दै गएको छ ।

जथाभावि छाडा चौपाया छाडिदा कृषकका वाली नालीमा हानी नोक्सानी

नवलपरासी बर्दघाट नगरपालिका भित्र जथाभावि छाडा चौपाया छाडिदा कृषकका वाली नालीमा हानी नोक्सानी पु¥याएको छ । किसानहरुले दुःख गरी माना छरेर मुरी

ट्रकको ठक्करबाट एकको मृत्यु

नवलपुरको अमरापूरीमा हेभी ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवचूली नगरपालिका १४ का २२ वर्षीय मुकेश सापकोटा रहेका छन् । गैंडाकोट