• २०७५-१०-६ , आइतबार/ Sunday 01-20-19
  • 07:01:27

कोमलको समय कुर्दै राजुदेखि विमल

गायिका कोमल वलि राष्ट्रिय सभा सांसद भएपछि गायक गायिका उनको प्रतिक्षा गरेर बसेका छन् । रेकडिङ स्टुडियो उनको गाउने सेड्युल कुरेर बसेको छ । ०४५ सालमा आफ्नै बहिनी प्रज्ञा ओलीसँग रेडियो नेपालमा वालगीत रेकर्ड गराएकी कोमलले सोही गितलाई रिरेकर्ड गर्ने योजना बनाएकी थिईन् । बहिनी प्रज्ञाले स्वर भरिसकिन् । कोमलको बाँकी छ । ‘वालगीतलाई रिरेकर्ड गर्ने भनेको मेरोे कारण रोकिएको छ ।’ कोमलले भनिन् । 

बिमलराज क्षेत्रीसँग कोमलले गाएको गीतको सम्पादन सकिइसक्यो । म्युजिक भिडियो बनेपछि मात्रै गीत सार्वजनिक गर्ने योजनामा रहेका विमलराज पनि कोमलकै समय कुरेर बसेका छन् । ‘समय मिल्ने बित्तिकै विमलको गीतको भिडियो सुटिङका लागि सयम छुट्याउछु ।’ कोमलको भनाई थियो । त्यसो त राजु परियार र कोमल वलिको स्वरमा पनि नयाँ गीत आउँदैछ । राजुको रेकडिङ सकियो, कोमलको बाँकी छ । करण न्यौपाने र जयकुमार परियारले पनि कोमललाई सोधेको सोध्यै छन् तपाईको समय कहिले मिल्छ ?  राजनितीक गतिविधीमा ब्यस्त भएकी कोमलले केही दिनमै रेकडिङका लागि समय मिलाउने बताईन् । उनले भनिन्-‘गाउने काम म छोड्दिनँ । समय मिलाउदैछु ।’ उनले भनिन् ।

प्रतिकृया दिनुहोस

नेपालकै पहिलो लोक सांस्कृतिक तथा पर्यटन महोत्सव नवलपरासीमा हुने

दौतरी एफ एम नवलपरासी पुस २३ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा नवलपरासीको आयोजनामा  प्रथम लोक सांस्कृतिक एवं पर्यटन महोत्सव

अमित बराललाई नवलपरासीमा भब्य सम्मान गरिने

नारायण भण्डारी नवलपरासी मंसिर २६ नेपाल आईडल सिजन टु का उत्कृष्ट पांच प्रतिस्पर्धी बनेका अमित बराललाई आज नवलपरासीमा भब्य सम्मान गरिने भएको छ । अमित

धोकेबाज प्रेमिकाको सम्झनामा रोए कृष्ण

  नारायण भण्डारी नवलपरासी मंसिर २४ बैदेशिक रोजगारको शिलसिलामा दक्षिण कोरिया गएका गुल्मी अस्लेवाका कृष्ण पाण्डे क्षेत्री  प्रमिकाले धोका