• २०७५-९-४ , बुधबार/ Wednesday 12-19-18
  • 01:12:13

अमेरिकामा आँधीको त्रास, कैयौंको ज्यान जाने अनुमान

२९ भदौ, काठमाडौं

अमेरिकामा आँधीको त्रास उत्पन्न भएको छ । अधिकारीहरुले हेरिकेन फ्लोरेन्स नजिकिएको जानकारी दिँदै सुरक्षित स्थान नरोजेकाहरुको ज्यान जानसक्ने चेतावनी दिएका छन् । अमेरिकाको संघीय आकस्मिक व्यवस्थापन एजेन्सी (फेमा) ले आँधी बढेमा त्यसले अन्तरदेशीय क्षेत्रमा बाढी ल्याउन सक्ने प्रक्षेपण गरेको छ । 

आँधीको चेतावनीपछि दक्षिण क्यारोलिना, उत्तर क्यारोलिना र भर्जिनियाका १७ लाख मानिसहरुलाई घर छाडेर सुरक्षित स्थानमा जान उर्दी जारी गर्दै  आपतकाल घोषणा गरिएको छ ।

उत्तर क्यारोलिनाका ११ हजार घरमा विद्युत्त आपूर्ति बन्द भइसकेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार दक्षिण क्यारोलिनाको तटीय रेखामा भीषण वर्षा र आँधीपछि बाढीसमेत आउन थालिसकेको छ ।

फ्लोरेन्स आँधी केही घण्टाअघि दक्षिण क्यारोलिनको पूर्वी तटीय क्षेत्रमा रहेको माइरटल बिचभन्दा २५० मिटर पर थियो । मौसमविदहरुले स्थानीय समयानुसार बिहान ८ बजे आँधीको असलीरुप देखिने बताएका छन् । उनीहरुको अनुमान छ, आँधीले पहिरोसहितको विपद् ल्याउन सक्छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताए अनुसार अहिले आँधीको बेग प्रतिघण्टा १६५ किलोमिटर छ । क्याटागोरी थ्रीबाट टूमा उकालिएको आँधीले पानीको सतह चार मिटरसम्म माथि उठ्ने अनुमान गरिएको छ ।*अनलाइन खबर बाट 

प्रतिकृया दिनुहोस

युरोपीय संघबाट बाहिरिने ब्रिटेन मन्त्रिपरिषदको निर्णय

२९ कात्तिक, काठमाडौं ब्रिटेन युरोपीय संघबाट बाहिरिने भएको छ । ब्रिटेन सरकारको मन्त्रिपरिषदले युरोपीय संघबाट अलग हुने निर्णय गरेको हो । यस विषयमा

परमाणु रियक्टर बनाउने साउदी अरबको घोषणा

२० कात्तिक, काठमाडौं साउदी अरबले पहिलो परमाणु रियक्टर बनाउने घोषणा गरेको छ । साउदी अरबका क्राउन पि्रन्स मोहम्मद बिन सलमानले सरकारी समाचार

भारतमा रेलले किचेर ३ वर्षमा करिब ५० हजार मृत्यु

७ कात्तिक, काठमाडौं   भारतमा सन् २०१५ देखि २०१७ सम्मको तीन वर्षको अवधिमा बाटो काट्ने क्रममा रेलले किचेर करिब ५० हजार जनाको मृत्यु भएको छ