• २०७५-५-४ , सोमबार/ Monday 08-20-18
  • 07:08:32

व्यवसायीमाथि गोली प्रहारको विरोधमा भैरहवा बजार बन्द

२९ फागुन, रुपन्देही 

व्यवसायीमाथि सोमबार राति गोली प्रहार भएको विरोधमा भैरहवाका ब्यवसायीहरुले बजार बन्द गरेका छन् ।

उनीहरुले मंगलबार बजार बन्द गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका नवनिर्वाचित कार्यसमिति सदस्य हरिष सेठियामाथि हिजो राति गोली प्रहार भएको थियो ।  गोली प्रहार र प्रहरीले पीडितलाई थप दुःख दिएको तथा चोरी डकैती बढेको भन्दै संघले मंगलबार भैरहवा बजार बन्द आह्वान गरेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले बताए । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका २ जनाको समूहले सेठियालाई गोली प्रहार गरेका थिए । सेठिया सकुशल छन् । स्थानीय र प्रहरीको प्रयासमा अगाडिको भागमा ७८६ र पछाडिको भागमा यूपी ५६ इ ४१४९ नम्बरको प्लेट भएको मोटरसाइकल, एउटा थान घरेलु कटुवा पस्तोल, फायर भएको खोका, १ थान गोली, सामसुङ मोबाइल डायरीसहित भारत नौतनवाका ४६ वर्षीय रामजान मुसलमानलाई प्रहरीले पक्राउ गरिएको थियो ।

 

अनलाइनखबर 

प्रतिकृया दिनुहोस

नारायणीमा एक जना बेपत्ता

नवलपरासी, फागुन २३  नारायणी नदीमा माछा मार्ने क्रममा डुबेर एक जना बेपत्ता भएका छन् । नवलपरासीको वर्दघाट सुस्तापूर्व विनय त्रिवेणी गाउँपालिका –६

नवलपुर महोत्सव शुरु  प्रदेश ४ लाई लगानी मैत्री बनाउंछुः मुख्य मन्त्री गुरुङ

नवलपरासी, २३ फाल्गुन । प्रदेश ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश ४ लाई लगानी मैत्री प्रदेश बनाउने बताउनुभएको छ ।बुधबारबाट प्रदेश ४

स्थानीय तह र जिल्ला समन्वय समितिबीच अधिकारको विषयमा विवाद

नवलपरासी फागुन २३ पश्चिम नवलपरासीका स्थानीय तह र जिल्ला समन्वय समितिबीच अधिकारको विषयमा विवाद बढेको छ । दुवैले एक अर्काभन्दा आफू नै ठूलो निकाय