• २०७५-९-४ , बुधबार/ Wednesday 12-19-18
  • 01:12:16

फिलिपिन्समा शक्तिशाली आँधी, १४ जनाको मृत्यु

३१ भदौ, काठमाडौं

फिलिपिन्समा आँधीका कारण १४ जनाको मृत्यु भएको छ । म्यङ्गकुट नामक आँधी, वर्षा र बाढीका कारण ५० लाख मानिस प्रभावित भएका छन् ।फिलिपिन्सको उत्तरी क्षेत्रको लुजोन द्वीप तहस नहस भएको छ । आँधीको कारण फिलिपिन्सका धेरै घरका छाना उडेका छन् । धेरै रुखहरु ढलेका छन् । ४२ स्थानमा भूक्षय गएको छ । धेरै व्यक्तिहरुलाई सुरक्षित स्थानमा सारिएको छ । विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले यो आँधीलाई सबैभन्दा शक्तिशाली भनेको छ ।

 

आँधी पश्चिम चीनतर्फ अघि बढेको छ । पूर्वानुमान गरिएअनुसार आइतबार दिउँसोसम्म यो आँधी हङकङ नजिक पुग्ने छ । चीनमा सतर्कता अपनाइएको छ र चिनियाँ नागरिकलाई सतर्क रहन सूचित गरिएको छ । आँधीले क्षति पुर्‍याउन सक्ने आशंकामा मकाउका बासिन्दाले पनि सतर्कता अपनाएका छन् । डब्ल्यूएमओका अनुसार यो आँधी मंगलबारसम्म कमजोर हुने छ । फिलिपिन्सको इतिहासमा हालसम्मकै सबैभन्दा खतरनाक आँधी २०१३ मा आएको थियो जसमा ७ हजार भन्दा बढी व्यक्ति मारिएका थिए । (अनलाइनखबर बाट )

प्रतिकृया दिनुहोस

युरोपीय संघबाट बाहिरिने ब्रिटेन मन्त्रिपरिषदको निर्णय

२९ कात्तिक, काठमाडौं ब्रिटेन युरोपीय संघबाट बाहिरिने भएको छ । ब्रिटेन सरकारको मन्त्रिपरिषदले युरोपीय संघबाट अलग हुने निर्णय गरेको हो । यस विषयमा

परमाणु रियक्टर बनाउने साउदी अरबको घोषणा

२० कात्तिक, काठमाडौं साउदी अरबले पहिलो परमाणु रियक्टर बनाउने घोषणा गरेको छ । साउदी अरबका क्राउन पि्रन्स मोहम्मद बिन सलमानले सरकारी समाचार

भारतमा रेलले किचेर ३ वर्षमा करिब ५० हजार मृत्यु

७ कात्तिक, काठमाडौं   भारतमा सन् २०१५ देखि २०१७ सम्मको तीन वर्षको अवधिमा बाटो काट्ने क्रममा रेलले किचेर करिब ५० हजार जनाको मृत्यु भएको छ