• २०७५-९-४ , बुधबार/ Wednesday 12-19-18
  • 01:12:59

डाटा सेन्टरका लागि गुगलले १४ अर्ब खर्चिँदै

काठमाडौं

दक्षिण अमेरिकी मुलुक चिलीमा रहेको डाटा सेन्टरलाई विस्तार गर्नका लागि गुगलले झण्डै १४ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । करोडौँ प्रयोगकर्ताका डाटाहरु सुरक्षण गर्ने गुगलको एकमात्र डाटा सेन्टरको रुपमा रहेको चिलीको उक्त डाटा सेन्टरलाई सुदृढ बनाउन झण्डै १४ करोड डलर लगानी गर्ने गुगलले घोषणा गरेको हो ।

 

सान्टियागोस्थित क्विलिकुरामा रहेको विभिन्न १५ वटा डाटा सेन्टरको उक्त कम्प्लेक्समा जिमेल, गुगल म्याप्स, युट्युब, वेज, उबर, इफे लगायत गुगलका विभिन्न एप्लिकेसनबाट सिर्जित असंख्य डाटाहरु संरक्षित गरिन्छ । चिलीका राष्ट्रपतिको उपस्थितिमा भएको कार्यक्रममा गुगलले डाटा सेन्टरको क्षमता तेब्बरले वृद्धि गरिने र त्यसक्रममा स्थानीय १ हजार मानिसले रोजगारी पाउने बताएको छ । अर्को महत्वपूर्ण कुरा के भने गुगलको उक्त डाटा सेन्टर अटाकामा मरुभूमिमा रहेको इआइ रोमेरो सोलार प्लान्टबाट उत्पादित नविकरणीय ऊर्जाबाट सञ्चालित हुनेछ । *अनलाइनखबर

प्रतिकृया दिनुहोस

सावधान ! यी हुन् सबैभन्दा कमजोर पासवर्ड

यो वर्ष सन् २०१८ मा सबैभन्दा धेरै ह्याक भएका वा सर्वाधिक कमजोर पासवर्डको खुलासा भएको छ । साइबर सेक्योरिटी फर्म स्प्लास डाटाले यसको खुलासा गरेको हो

विश्वभर निःशुल्क वाईफाई

चीनको एक कम्पनीले निकट भविष्यमै अन्तरीक्षमा आफ्नो स्याटेलाइट प्रक्षेपण गर्नेछ, जसले पूरै विश्वभर निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ

बैंक एटिएममा धावा बोल्दै विश्वका खतरनाक ह्याकरहरु

पछिल्ला केही वर्षयता विश्वमा साइबर क्राइमका घटनाहरुमा उल्लेख्य वृद्धि भैरहेको छ । मालवेयर अट्याक, ह्याकिङ्ग जस्ता घटनाहरु आजकल सामान्यजस्ता