• २०७५-५-४ , सोमबार/ Monday 08-20-18
  • 07:08:28

एप्पलको अफिसमा किन हुँदैछन् कर्मचारी घाइते ?

अमेरिकी कम्पनी एप्पलको क्यालिफोर्नियामा बनेको स्पेसशीप स्टाइलको आलिशान कार्यालय भवन एप्पल पार्कमा कर्मचारीहरु घाइते बन्ने क्रम बढेको छ । भवनमा सिसाका भित्ता तथा ढोकाहरु ठोक्किएर कर्मचारीहरु दिनहुँ घाइते बन्ने गरेको बताइएको छ ।  अरबौँको लागतमा बनेको एप्पलको हाइटेक तथा भव्य कार्यालय भवन आफ्नै कर्मचारीहरुका लागि खतरनाक बन्ने देखिएको छ ।  काँचले बनेको यो भवनमा कामको सिलसिलामा यताउति हिँड्दा कर्मचारीहरु अल्मलिन्छन् । टल्किने काँचका कारण ढोका बन्द हो की खुल्ला नै हो भन्ने भेउ पाउन गाह्रो हुन्छ र कर्मचारीहरु ढोकाबाट बाहिर निस्कन खोज्दा बेस्सरी काँचको ढोकामा ठोक्किन्छन् । त्यस्तै पारदर्शी भित्ताका कारण पनि झुक्किएर कर्मचारीहरु ठोक्किने गरेका छन् । अहिलेसम्म केही कर्मचारीहरु घाइते बनेका र ३ जना त गम्भीर अवस्थामा इमर्जेन्सीमै लगेर उपचार गर्नुपरेको बताइएको छ ।

सिसाका ढोका तथा भित्तामा ठोक्किएर कर्मचारीहरु नै घाइते हुन थालेपछि अहिले भवनका ढोका तथा आउजाउ गरिने ठाउँम्ाा पर्ने पारदर्शी भित्ताहरुमा पहेँलो स्टिकर टाँस्न थालिएको छ । चारतले एप्पल पार्क काँचको विशाल भवन हो । नर्मन फोस्टरले यसको डिजाइन गरेका हुन् । यो भवनको काँचमा पारदर्शीपन तथा चमक ल्याउनका लागि काँचलाई विशेष टि्रटमेन्ट गरिएको छ । यो भवनको लागत झण्डै ५ अर्ब डलर रहेको छ । स्टिभ जब्सले यो कार्यालय भवनको प्रसंसा गर्दै यसलाई विश्वको सर्वोत्तम कार्यालय भवन भनेका थिए । अनलाइनखबरको सहयोगमा

प्रतिकृया दिनुहोस

पातलो मोबाइल ‘वान प्लस ५ टी’ नेपाली बजारमा

  काठमाडौं, पुस १९ –वानप्लसले आफ्नो प्रिमियम फ्ल्यागशिप स्मार्टफोनहरु मध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन ‘वानप्लस ५ टी’सार्वजनिक गरेको छ

फोटो सहितको मतदाता नामावली संकलनको क्रममा नवलपरासीमा ५४ हजार बढी नया मतदाता थपिए

रामकुमार श्रेष्ठ नवलपरासी, ३२ साउन । स्थानीय तहको निर्वाचनका समयमा मतदाता नामावलीमा नाम छुटेका व्यक्तिका लागि तय गरिएको नामावली संकलनको क्रममा

आजबाट फोटोसहित मतदाता नामावली संकलन कार्य शुरु, नवलपरासीको कावासोती र परासी गरी दुई स्थानबाट नामावली संकलन

नवलपरासी, १ साउन । जिल्ला निर्वाचन कार्यालय नवलपरासीले नवलपरासीमा आजबाट फोटो सहितको मतदाता नामावली संकलन कार्य शुरु गरेको छ । नवलपरासीको कावासोती र