• २०७५-७-५ , सोमबार/ Monday 10-22-18
  • 06:10:28

बलात्कार ! बलत्कार ! फेरी अर्को बलत्कार !


दिनानाथ पौडेल
बर्दघाट– १३ ,नवलपरासी 

     साच्चै भन्ने हो भने नेपालको इतिहासमा बलत्कार बिरुद्दको क्रान्तिको बिगुल  कन्चनपुर निवासी हजुरआमा– आमा –दिदीबहिनीहरुले फुकेका छन्। । रातो सारीमा ढल्की ढल्की नाच्ने हिन्दुनारीहरुको महान चाड तिजको दिन १३ बर्षिय बलत्कार पछि हत्याको शिकार बन्न पुगेकी निर्मलाको मृत आत्माले न्याय तथा नेपाली नारीहरुको सुरक्षाको प्रत्याभूतको माग राख्दै कालो पहिरनमा गरिएको सडक संघर्षले गहिरो अर्थ राख्छ । नेपाल धर्ती महिला हिंशा, बलत्कारको घटनाको दर हेर्दा एकदमै असमान्य देखिदै छ । दैनिक ३  जना बालिका बलत्कृत हुन्छन भन्ने तथ्यांकले छोरी सन्तान भएकाहरुलाई एकातिर नराम्ररी झस्काइदिएको छ भने अर्कोतर्फ पुरुषप्रधान देशको घिनलाग्दो कुरूप तस्बिर प्रस्तुत गरेको छ । बलत्कारीलाई फासीको सजायको चर्को आवाज उठिरहेको बेला रुपन्देहीमा भाद्र २९ गते पुन  १३ बर्षीय बालिका बलत्कृत भएको समाचार आएको छ भने काठमाण्डौको गेष्टहाउसमा बलत्कार पछि हत्याको घटना। नेपालको इतिहासकै  एकदमै  शक्तिशाली सरकार, राजनैतिक दलहरु, नागरिक समाज तथा मिडियाको अस्थित्व मजबुत देखिदा पनि स्त्रीजाती माथिको यो निर्मम अत्याचारको घटनामा कमि नआउनु विडम्बनाको बिषय बन्न पुगेको छ ।


    नेपाली अखबारहरु बलत्कार र महिला हिंशाका घटानाहरुले भरिएका छन । भर्खरै राज्यले बाल दिवस २०७५ को अवसरमा सुखी नेपाली, समृद्द नेपाल निर्माणमा कृषि क्षेत्रको भूमिका बिषयक बक्तृत्वकला प्रतियोगिता आयोजना गरेर  बाल दिवस मनाएको छ । तर दुर्भाग्य, त्यहि बक्तृत्वकला प्रतियोगितामा सुखी नेपाली बारे आफ्ना भनाई राखी घर  फर्की रहदा  एक बालिका यौन हिंशा या भनौ  बलात्कारको सिकार बन्ने  डर लाग्दो स्थिति यहा देखिदै छ ।नौ महिने बालिकादेखि सत्तरी बर्ष नाघेकी एक वृद्ध महिलामाथि भएको बलात्कारको घटना सुन्दा घटनाका सम्भावित कारण औल्याउने  बौद्दिक वर्गहरु समेत बलखबन्दमा परिरहेका छन् । बिद्यालयमा अध्ययनरत बालिका र किशोरी बिधार्थिहरुदेखि अर्धबैशे नारीहरु त  बलात्कारको उच्च जिखिमभित्रका समूह अन्तर्गत रहेको सरकारी तथ्यांकले देखाएकै छ ।


    अब, सरकारी तथ्यांक अनुसार  प्रति बर्ष १० प्रतिसतका दरले बृद्दि भइरहेको महिला बलात्कारका कारक तत्वहरु बारे चिरफार गरौ । प्रथम, नेपालमा मौलाउदै गईरहेको आसेपासे पुजिबाद ( क्रोनि क्यापिटलिज्म ) ले आफ्ना नजिकका नातेदार र भाईसाथीहरुको अपराधलाई ढाकछोप गरि दोषीलाई उन्मुक्त दिने कुसंस्कार  नेपाली राजनीतिको मौलिकताको रुपमा मजबुद पार्दै गईरहेको घोतकको रुपमा बलत्कारलाई लिन सकिन्छ । नेपालका प्रायजसो सबै  राजनैतिक दलहरुले आफ्ना कर्यक्रताहरुको कुकर्मलाई लुकाई सामाजिक न्याय निमोठ्नप्रति उद्दत देखिएकाले समाजका तल्लोवर्गको प्रतिनिधित्व गर्ने, अझ भनौ पहुँचविहिन स्त्रीहरु तथा उनीहरुका छोरीहरु  बढी बलत्कृत भइरहेका छन् । सामाजिक न्यायको सिद्दान्त नेपालमा टाट पल्टिएकै कारणले बलात्कार अनि हत्याको शृंखला बढिरहेको छ भन्दा अत्युक्ति नहोला ।


    दोस्रो, हाम्रो समाजमा महिलामाथि हुदै आइरहेको दुव्र्यवहारको विकृत स्वरूप कालान्तरमा बलत्कारको रुपमा प्रकट भइरहेको छ। “ केटी त्यस्तै भएर नै केटाहरुले जिस्काउछन, असल केटीलाई कसैले केहि गर्दैन” भन्ने भनाई भित्र हाबी भएको पुरषवादी सोचले निर्दोष किशोरीको उजुरी वा प्रतिवाद गर्ने नैतिक सहसलाई निश्तेज बनाउने हुदा  पनि बलात्कारी  सोचलाई बढावा दिईरहेको छ । दुव्र्यवहार गर्ने पुरुषहरुलाई उचित सल्लाह सुझाव वा दण्ड प्रशासनबाट हुन नसक्दा एक निर्दोष किशोरी बलत्कारको सिकार भइरहेकी छन ।  आफ्नै आमा बुवालाई समेत पुरुष साथीबाट भएको दुव्र्यवहार भन्दा उल्टै त्यस्ताको संगत किन गरेको भन्दै हप्काई खाने मनोविज्ञानले समेत किशोरीहरुलाई दबाई रहेको छ, जुन अन्त्यमा बलात्कार जस्तो जघन्य  अपराधको रुपमा देखा परिरहेको छ ।


    तेस्रो, चलचित्र, टेलिभिजन सिरियलमा देखाइने बलात्कारको दृश्य, नारीको शरीरको अर्धनग्न प्रस्तुति, नारी पात्रलाई पिछा गरेको आदी जस्ता दृश्यहरुले समेत सानै उमेरका पुरुष दर्शकको मानसपटलमा त्यस्तो व्यवहारलाई सामान्यीकरण गरि वास्तविक जीवनमा नै उतार्न प्रेरित गरिरहेको छ । अझ अस्लिल तस्बिर, साहित्य तथा यौन जन्य पोर्न मुभिजहरुले त बाल मस्तिस्कमा एकदमै नकारात्मक प्रभाव जमाउन पुगेको छ, फलस्वरूप यौन हिंशा तथा बलत्कार नेपाली समाजमा डरलाग्दो गरि बढीरहेकोछ ।त्यसैगरी यौन बर्दक औषधि एवम मदिरा सेवनले पनि केहि हद सम्म नारी हिंशालाई बढावा दिइरहेको तथ्य हामी सामु छर्लंगै छ ।


    चौथो, अर्थोपार्जनको लागि परिवारको पुरुष सदस्य बिदेशिनु पर्ने वाध्यात्मक अवस्थाको अनुचित फाइदा उठाउदै छरछिमेककै चिनेजानेका वा आफन्तहरु बाटै बालिकाहरु बलत्कृत भएका घटनाहरु दिनानुदिन समाचारमा आइरहेका छन्। नेपालको अर्थतन्त्रलाई धानेको ठानिएको बैदेशिक रोजगारले सामाजिक तथा पारिवारिक सुरक्षामा चुनौती थपेको उदाहरणको रुपमा बढिरहेको यौन हिंशा, बलात्कार अनि हत्याका घटनालाई लिन सकिन्छ ।


    पाचौ, परिवारको असावधानी, अभिभावकीय नियन्त्रणमा कमि, बालिकाहरुको हेलचक्र्याइ, अपरचित व्यक्तिहरुसंग जोडिएको फेसबुके समन्धहरुले  पनि स्त्री  सुरक्षालाई  चुनौति दिइरहेका छन् । बालिकाहरुलाई एउटा  चकलेट तथा युवतीहरुलाई रोजगारको प्रलोभनमा पारि भइरहेका सफल र असफल बलत्कारका प्रयासहरु प्रशस्तै भेटिन्छन । आफुलाई नपर्दा सम्म केहि नबोल्ने वा भनौ तै  चुप मै चुपको  स्थितिमा रहने आम नेपलीहरुको स्वार्थी आत्मकेन्द्रित स्वभावले धेरै थोरै बलत्कारी मनोबिज्ञानलाई उत्साहित गरिरहेकै छ।


    “दोषीलाई कारबाही गर”, “बलत्कारीलाई फाँसी दे” भन्दै नारा जुलुस गर्ने जस्ता प्रतिक्रियात्मक गतिविधिले मात्र बलात्कारका घटनामा कमि आउने छैन । पुरुषप्रधान सोच अर्थात् पुरुष सर्वोच्चता हावी भईरहने, नारीका अंगहरुलाई उपभोग्य वस्तुको बिम्ब बनाउने पुंजिबादी सोच उत्कटमा रहने, नारी दुव्र्यवहार र हिंशालाई सामान्यीकरण गर्ने, अरु कसैको छोरी बुहारी बलत्कृत हुदा  मौनता साच्ने जस्ता घातक प्रवृत्तिको उचित सल्यक्रियाले मात्र  बलत्कारको घटनालाई  कम गर्ने छ । अन्यथा केन्द्रिय तथ्यांक विभागको प्रक्षेपण अनुसार नेपालमा अहिले १२१ छोराको जन्म हुदा १०० छोरीको जन्म तथा थापाथली स्थित प्रसुती गृहमा सरदर ५४ प्रतिसत छोरा र ४६ प्रतिसत छोरी जन्मने आंकडाबाट लैंगिक असमानताको समस्यासंगै भविष्यमा बलत्कारको घटना महामारीकै रुपमै  बढ्ने ठोकुवा गर्दा अनुचित देखिदैन ।


    अब, समाधानका कुरा गरौ।हरेक पुरुषको मस्तिष्कले नारीलाई जीवनको खानीको रुपमा आत्मसात् गर्नु आवश्यक छ । यौन हिंशामा होम्मिनु पूर्व आफ्नी आमाको आकृति ती कसैको अबला छोरीमा प्रतिबिम्बित गर्न सके यौन कामुकता चेतनामा, अनि यौन आवेग बिबेकमा बदलिन सक्छ । नारीहरु सुरक्षित भएर जिउने वातावरण बन्न सक्छ । समाज, रास्ट्र, मानवता र प्राकृतिक पर्यावरणलाई अतुलनीय  योगदान दिन सक्ने नेपाली बालिकाहरु र नारीहरु बलत्कार र हत्याको सिकार हुनबाट सुरक्षित हुन् सक्दछन ।


    के एउटा बलात्कार समन्धि लेख कुनै पत्रिकामा छाप्दैमा पुरुषमा नारी सुरक्षा र आवश्यकताको जागरण आउन सक्छ त ? अह, त्यसो पटक्कै होइन ।यस्तो जागरण आउनु पुर्व महिला उत्पीडन, हिंशा, बलत्कार, चित्कारका आवाजहरुले बस्ती बस्ती गुन्जन जरुरी छ । त्यो आवाजले बलत्कारी सोचहरुलाई पूर्णत  भष्म पार्नु आवश्यक छ ।प्रत्येक व्यक्तिले,परिवारले, टोलटोलले, समाजले, गाउपालिकाले, नगरपालिकाले, प्रदेशले अनि नेपाल सरकारले पुरुष जागरण अभियान मार्फत एक बालकमा, छोरोमा अनि पुरुषमा  नारी आवश्यकता र महानता बारे नविन सोच  ल्याउनु जरुरी छ । नर नारी जीवनका दुई पांग्रा, एक आपसका परिपुरकको रुपमा हरेक पुरुष मस्तिस्कमा रोप्न सकेमा मात्र  नारी हिंशा, बलत्कारको घटना रोक्न सकिन्छ ।    


    अन्त्यमा, बलत्कार बिरुद्द जुनस्तरबाट आवाज उठ्नु पर्दथ्यो, या भनौ आफ्ना आमा, दिदीबहिनी, छोरी चेलीबेटीहरुको सुरक्षाको सवाललाई लिएर पुरुषहरु हृदय खोलेर जसरि अगाडी आउनु पर्दथ्यो त्यसरी नआउनुमा  पुरुषप्रधान चेत नै हाबी देखिदै छ। पुर्व मेचीदेखि पश्चिम  महाकालीसम्मका  नेपाली समाजमा एकैनाशले देखिएका महिला हिंशा, दुव्र्यवहार, अत्याचार, बलत्कार र हत्याका घटना बिरुद्दको आवाजले नेपाल देश आज जुरुक्क उठ्नु पर्दथ्यो । बालिका, किशोरी तथा नारी सुरक्षाकालागि राणा शासन एवम्  पंचायती व्यवस्था अन्त्य तथा  गणतन्त्र स्थापना गर्दा भएका आन्दोलन भन्दा झन सशक्त आन्दोलनको खाचो देखियो । कंचनपुर निवासी न्यायप्रेमी समुदायले महिला हिंशा बिरुद्दको आन्दोलनको बिगुल फुक्दा अन्य नेपालीहरुले कानमा तेल हालेर बस्न मिल््ला र ?  आन्दोलनमा होमिन  बुबा, दाईभाई, ठुलोबुवा, काका, मामाहरु त तयार होलान, तर के पुरुष तयार छ ?  

प्रतिकृया दिनुहोस

मेराे यादमा बडादशैं

लेखकः गणेश पाण्डे 'शिसम' नवरात्रीको अन्तिम दिन अर्थात दशौं दिनका दिन असत्य माथी सत्यको विजयउत्सवका रुपमा मनाईने हिन्दु धार्मीक मान्यता अनुरुपको

मानिस, मोबाइल र मृत्यु

दिनानाथ पौडेल  बर्दघाट १३ , नवलपरासी       एक्काईसौं सताब्दीको चिनारी प्रबिधि हो । यो मानव निर्मित सर्वोत्कृष्ट उपलब्धि हो भने मानव मृत्युको

सहकारी मा महिला

फुलकुमारि गीरि (सीमा) राज्य संवैधानीक र कानुनी रूपमा नै महिला प्रति थप जीम्मेवार बन्दै गयको छ।राज्यको नेतृत्व तहमा बसेका ब्याक्ति ले महिला