• २०७५-७-५ , सोमबार/ Monday 10-22-18
  • 06:10:24

लिटिलबुद्धमा निशुल्क दन्त शिविर


२ असोज, नवलपरासी

गोपिगञ्जमा रहेको लिटिलबुद्ध ईङ्गलिस स्कुलले आफ्ना विद्यार्थी र अभिभावकहरुलाई लक्षित गरी दन्त परिक्षण शिविर सम्पन्न गरेको छ । विद्यालयमा अध्ययन रत कक्षा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थी र विद्यालयमा अध्यापन गराउदै आएका शिक्षकहरुका लागि निशुल्क दन्त परिक्षण शिविरको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद घिमिरेले बताउनुभयो । 

शिविरमा डाक्टर सुवन कार्कीको संयोजकत्वमा ५ जनाको टोलिले दांत मुख तथा गिजा सम्बन्धी स्वास्थ्य परिक्षण गर्नुभएको थियो । डाक्टरहरुको समुहले शिविर संचालन हुनुभन्दा पहिले प्रत्येक कक्षामा पुगेर दन्त रोगको सम्बन्धमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए । शिविरमा ७५० जना विद्यार्थी र ४० जना शिक्षकले दन्त परिक्षण गराएका थिए । 

शिविरका लागि आवश्यक डाक्टर, औषधी उपचाको ब्यबस्था विद्यालय आफैले मिलाएको थियो । शिविरमा डाक्टर सुवन कार्की, डाक्टर नहाल कुमार शाह, डाक्टर भानुभक्त पौडेल, डाक्टर टकेन्द्र गौतम र डाक्टर चम्पा कुमारी चौधरीको टोलिले परिक्षण गर्नुभएको हो । विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै अन्य शिविरहरु पनि संचालन गरिने प्रिन्सीपल घिमिरेले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

बलात्कारका घटना कम गर्न सहयोगीको स्कुल अभियान

३ असोज, नवलपरासी देशभर बलत्कारका घटना बढिरहेको भन्दै नवलपरासीमा सहयोगी यूथ क्लवले स्कुल स्कुलमा अभिमुखीकर कार्यक्रम सुरु गरेको छ । यूथले पहिलो

बिद्यालय अाँखा स्वास्थ कार्यक्रम सम्पन्न

उमेश वि.क २ असाेज, सरावल  नवलपरासीको सरावल गाउँपालिका २ मा अवस्थित जनता मा.बि मनरीकाे प्रांगणमा अाज निशुल्क बिद्यालय अाँखा स्वास्थ कार्यक्रम

जीसनको नेपाली भाषा शिक्षणमा प्रभावकारीताको खोजी तथा सिर्जनात्मक लेखन कार्यशाला

३१  भदौ नवलपरासी शैक्षिक एक्यवद्धताको समुह नेपाल जिसन नवलपरासीले नेपाली भाषा शिक्षणमा प्रभावकारीताको खोजी तथा सिर्जनात्मक लेखन कार्यशाला