• २०७५-९-४ , बुधबार/ Wednesday 12-19-18
  • 01:12:08

बलात्कारका घटना कम गर्न सहयोगीको स्कुल अभियान


३ असोज, नवलपरासी

देशभर बलत्कारका घटना बढिरहेको भन्दै नवलपरासीमा सहयोगी यूथ क्लवले स्कुल स्कुलमा अभिमुखीकर कार्यक्रम सुरु गरेको छ । यूथले पहिलो चरणमा सामुदायिक विद्यालयमा लक्षित गरी अभिमुखीकरण कार्यक्रम सुरु गरेको क्लबका संयोजक किरण बस्यालले बताएका छन् । 

 

सहयोगी यूथले विगतका बर्षहरुमा पनि विद्यालय स्तरमा लागुपदार्थ दुब्र्यसनी र सामाजीक संजालको प्रयोगको बारेमा विद्यालयहरुमा सचेतना कार्यक्रम संचालन गर्दै आईरहेको छ । पछिल्लो समय देशभर बलात्कारका घटना बढिरहेको र यसबाट बालिकाहरु समेत सुरक्षित नभएको भन्दै स्कुल स्तरबाटै बालिकाहरुका लागि सचेत र चनाखो बनाउनका लागि अभियानको थालनी गरिएको संयोजक बस्यालले बताए । 

 

पछिल्लो समय सामाजीक संजालको माध्यम बाट पनि बालबालिका तथा महिलाहरु बलात्कासको सिकार हुदै आएकोले सामाजीक संजाल प्रयोग गर्दा सम्बेदनसिल हुनुपर्ने भन्दै क्लवले सामाजीक संजालको प्रयोग कसरी गर्ने भन्ने विषयमा पनि स्कुल स्तरबाटै विद्यार्थीहरुलाई सचेत गराउदै आएको छ ।  

 

यूथले स्कुल स्कुलमा पुगेर विद्यार्थीहरुलाई अभिमुखीकरण गराउदै आईरहेको छ । अभियान सुरु भए संगै बर्दघाट नगरपालिका वडा नम्बर ४ मा रहेको दाउन्नेदेवी माध्यामिक विद्यालय र वडा नम्बर १० मा रहेको ज्ञानज्योती माध्यामिक विद्यालयमा कार्यक्रम सम्पन्न गरिसकेको छ । दाउन्नेदेवीमा १सय ५० जना विद्यार्थीहरु सहभागि भएका थिए भने ज्ञानज्योतीमा १ सय जना विद्यार्थीले सहभागिता जनाएका थिए । 

 

क्लबको तर्फबाट किरण बस्याल, सोभा सापकोटा, रमेश रेग्मी , प्रिम्स पाण्डे ,संकेत पाण्डे लगायतले कक्षाकोठामै पुगेर विद्यार्थीहरुलाई अभिमुखीकरण गर्दै आईरहेका छन् । यूथले स्व स्फुर्त रुपमा आफुहरुलेनै खाजा खर्च कटाएर जम्मा गरेको रकम खर्च गरेर सामाजीक क्षेत्रमा काम गर्दै आईरहेको छ । समाजीक क्षेत्रमा आफुहरुले निरन्तर काम गरिरहदा कुनैपनि निकायले आफुहरुलाई सहयोग नगरेको संयोजक बस्यालले बताए । संघसंस्थाहरुको सहयोग पाए आगामी दिनमा अझै प्रभावकारी रुपमा काम गर्न सकिने बस्यालको भनाई छ । 

 

यूथले आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिदै जाने र थप नया कार्यक्रम संचालन गर्ने तयारीमा रहेको सह संयोजक सोभा सापकोटाले बताएकी छन् । सहयोगी यूथको संचार सहयात्रीको रुपमा दौतरी एफ एम १०५.८ मेगाहर्ज रहदै आएको छ ।

प्रतिकृया दिनुहोस

जिसन स्पोर्टस मिट हुने

प्रमोद अर्याल २३ मंसिर ,बर्दघाट, शैक्षिक ऐक्यवद्धताको समुह नेपाल (जिसन) नवलपरासीको आयोजनामा खेलकुँद कार्यक्रम हुने भएको छ । जिसन स्पोर्टस मिट २०७५

प्रदेश सरकारले एक बर्षमा शिक्षा निति तयार गर्छ : मुख्यमन्त्री पोखरेल

नवलपरासी मंसिर १७ प्रदेश नम्बर ५ का मुख्य मन्त्री संकर पोखरेलले परम्परागत शिक्षाले नेतृत्व विकास गर्न नसक्ने बताउनुभएको छ । पश्चिम नवलपरासीको

न्यूलाईफमा विज्ञान प्रदर्शनी

बर्दघाट मंसिर १४ बर्दघाटमा रहेको न्यूलाईफ मा.वि मा विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । विद्यार्थीहरुले आफैले बनाएका विभिन्न प्रविधिहरु पदर्शनी