• २०७५-१०-६ , आइतबार/ Sunday 01-20-19
  • 07:01:35

मर्मत सम्भार हुन नसक्दा हावाबाट निकालिएको बिजुलीको उत्पादनमा कमी

नवलपरासी फागुन २९ 

मर्मत सम्भार हुन नसक्दा नवलपरासीको हुप्सेकोट गाउँपालिका –५, धौवादी रुद्रपुरमा हावाबाट निकालिएको बिजुलीको उत्पादनमा कमी आएको छ ।  २०६८ साल पुसमा  एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा पाइलट प्रोजेक्टको रुपमा धौवादीमा हावाबाट बिजुली निकालिएको थियो । २ करोड बढीको लागतमा संचालनमा आएको परियोजना अहिले पर्याप्त विद्युत उत्पादन नहुँदा  स्थानीयबासीका लागि निल्नु न ओकल्नु भएको छ ।

हावाबाट १० किलोवाट र सोलार बाट २ गरी १२ किलोवाट क्षमताको यस परियोजनाको अहिले ममर्त सम्भार हुन नसक्दा  बिद्युत उत्पादनमा कमी आएको स्थानीय नागरिक गमबहादुर राना मगरले बताउनु भयो ।

निर्माण गरिएको पहिलो वर्ष २४ सै घण्टा विद्युत प्रयोग गर्न पाइएको भए पनि अहिले भने नाम मात्रको भएको उहा“ले बताउनु भयो । यस परियोजनाको विद्युतबाट धौवादी रुद्रपुरमा रहेको इलाका प्रहरी कार्यालय र ४२ घर धुरीका स्थानीय लाभान्वित भएका थिए ।

अहिले विद्युतको कमीका कारण ईलाका प्रहरी कार्यालय धौवादीले सौर्य उर्जा जडान गरेको छ भने कतिपय स्थानीयले पनि सौर्य उर्जा जडान गरेका छन् ।

पहिले–पहिले टीभी चलाउन, रेडियो बजाउन, मोबाइल चार्ज गर्न सबै मिल्ने गरेकोमा अहिले सा“झमा १ घण्टामात्र बत्ती बाल्ने गरेको उहा“ले बताउनुभयो ।

हावाबाट विद्युत उत्पादनका लागि ५(५ किलोवाटका दुई वटा टर्बाइन राखिएको छ । मर्मतको अभावले अहिले एकै पटक दुई वटा पंखा चल्न नसकेको मगरले बताउनुभयो ।

परियोजनामा विद्युत उत्पादनका लागि ३६ वटा ब्याट्री राखिएको छ । ब्याट्री काम गर्न छाडेको र स्थानीयले नया“ ब्याट्री राख्न पनि नसकेका कारण चाहे अनुसारको विद्युत उत्पादन हुन सकिरहेको छैन ।

ब्याट्रीको खराबीका र एउटा टर्वाइनमा समस्या हुँदा  निकै अप्ठ्यारो  भएको छ स्थानीय मिनबहादुर सिंजालीले भन्नुभयो ।

राष्ट्रिय प्रशारणको विद्युत लाइन नपुगेको पहाडी क्षेत्रका बासिन्दाले हावाबाट बिजुली निकालिएको यस परियोजनाको मर्मतका लागि गाउ“पालिकालगायत अन्य दाताहरुको सहयोगको कुरीरहेका छन् ।

परियोजनाको रेखदेखका लागि हुरहुरे डाँडा कृषि सहकारी सस्थालाई भनेको भए पनि गाउ“पालिकालाई हस्तारण नगरेको हुँदा समस्या भएको हुप्सेकोट गाउ“पालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेले बताउनुभयो ।

हुरहुरे डाँडा कृषि सहकारी संस्थाले  सूचना  परीयोजना कार्यान्वय सस्था एईपिसीलाई पुर्याउने गरेको तर त्यहा“बाट मर्मत पनि नहुने र हस्तारणको कार्य पनि नभएकोले समस्या भएको अध्यक्ष पाण्डेले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

संसारकोट सामुदायिक बन उपभोक्ता समुहको १६ औं बार्षिक साधारणसभा सम्पन्न

नवलपरासी माघ ५ संसारकोट सामुदायिक बन उपभोक्ता समुहको १६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष मदन बहादुर शाहिको अध्यक्षता र डिभिजन वन

सामुदायिक बन द्धारा दौतरी एफ एम सम्मानित

नवलपरासी माघ ५ दौतरी एफ एम १०५.८ मेगाहर्ज सम्मानित भएको छ । एफ एम ले पत्रकारिताको क्षेत्रबाट बन क्षेत्रमा पुराएको योगदानको कदर  गर्दै संसारकोट

बर्दघाटमा नक्कली मह बनाउने समुह सक्रिय

नवलपरासी माघ ४ पश्चिम नवलपरासीको बर्दघाटमा नक्कली मह बनाउने समुह सक्रिय भएको पाईएको छ । शुक्रबार नक्कली मह बनाउनेगरेको सुचनाका आधारमा बर्दघाट बजार