• २०७५-९-४ , बुधबार/ Wednesday 12-19-18
  • 02:12:29

के हो त ह्रृदयघात ?

सिसम पाण्डे ‘गणेश’ ले डा.हेमन्त राजन्यौपाने संग गरेको कुराकानीमाआधारीत


अल्पायुमै मान्छे मरेर जान्छ । अघि भर्खरै सम्म हासेको बोलेको साथीअचानक यो संसार छाड्यो भन्ने सुन्दापत्याउनै मुस्कील पर्छ तर जुन सत्य भैदिन्छ । कारण छ हर्टअट्याकअर्थात ह्रृदयघात । हिजो आज यो समस्यायति धेरै ब्यापककिनभएको छ त आखिर के हो त ह्रृदयघात ?
 

हर्ट अट्याक


हर्ट भनेको मुटु हो जुन छातीमा देब्रे तर्फ हुन्छ मुटुले शरिरभरी रगतपम्प गरेर पठाउने कामगर्दछ । मुटु आफैलाई पनि रगत चाहिन्छ । मुटु भित्रमसिना रक्तनली हुन्छन् मुटुले पम्पगर्दा आफैलाई पनि रगतचाहिने भएकाले यस नली ले आवश्यक रगत सप्लाई गर्ने गर्दछ । यदि रक्तनलीमाकुनै कारण वश रगतजान छाडेमा त्यस क्षेत्रकामाशंपेशी रगतअभावका कारणले मर्न थाल्दछ र मुटु रोकीन्छ त्यसैलाई हर्ट अट्याक भनिन्छ । कलेष्ट्रल, फयाट क्याल्सीयमआदि रक्तनलीको भित्रपट्टि थुपारीदै गएर रक्तनली ले काम गर्न असहजहुँदै जान्छ । यसरी रगतहरु मुटुलाई आवश्यकमात्रामानपुगेका कारणले मुटुले राम्रो संग काम गर्न नसकेर यस्तो समस्याआउने गर्दछ । कहिलेकाहीअक्सिजन राम्रो संग नपुगेर पनिछातीमा दुखाई हुन्छ त्यसलाई एन्जाइना भनिन्छ ।
लक्षण 
नशाको Blockage का आधारमा लक्षणहरु हुन्छन् ।

छाती एकदमै दुख्नु (धेरै जशो देब्रे पट्टि)जुनदुखाई तपाईले हाल सम्मै अनुभव गर्नु भएको थिएन ।

 

कोही कोहीमा छातीको दुखाई बिस्तारै घांटी हातटाउको तिर सर्दै जानु

 

स्वास प्रस्वास बन्दभएजस्तै हुने अत्यन्तै अफ्ठ्यारो हुने 

 

चिसो पसिनाआउनु

 

शरिर गल्नु र चक्कर लाग्नु

 

महिलाको हकमाभने छाती दुख्ने समस्याकम देखीने हुन सक्छ तर स्वास प्रस्वास मा अफ्ठ्यारो पर्ने, अपचभएजस्तो हुने  वाकवाकीलाग्ने,                गैस्ट्रिक जस्ता लक्षण देखिन सक्छन् । चलचित्रमादेखाएजस्तो अचानक ढल्ने नहुन सक्छ । 

कारणहरु

मुटुको Coronary arterynले आफ्नो–आफ्नो एरियामामात्र रगतलैजान्छ , अर्को एरियाको ले त्यहाँ Supply गर्दैन । त्यसैले कुनै एउटा                  नलिबन्दभयो भने उक्त नलिबाट Supply हुने एरियामा रगतअभाव हुन्छ । 

 

रक्त नलि साँगुरिदै जानु, नलीको भित्रीभागमाबोसो, नुनहरु जम्मा हुनु,

 

ब्लड प्रेसरको घर बन्दहुनु, High ब्लड प्रेशर, High सुगर

 

मुटुको चालअत्यधिकहुनाले मुटु पुरा फुल्लिननपाउनु र आँफैले रगतनपाउनु

 

रक्त नलिको Elastic कमहुनु ।

 

शरिरमा चोट लागेर जमेको खुननलीमा सप्लाई हुनु र नलीजामहुनु

 

शरिर माटो हुनु, शुगर को  मात्रा बढ्नु

 

रगतमाबासो, चिल्लो आदि बढ्नु 

 

शारीरिक ब्यायामको कमी

 

चुरोट, खैनि, रक्सीको अत्यधिक सेवन फास्ट फुड र Drinks हरुको सेवन

First Aid

एम्बुलेन्स सहज छ भने सबभन्दापहिले एम्बुलेन्स बोलाउने प्रयास गरिहाल्नु उत्तम मानीन्छ । 

 

एस्प्रिनभन्ने मेडिशिन ३००मिलिग्रामको दुइवटा चवाउने ननिलिकनजसले गर्दा मुखमा रक्तसञ्चार बडि गराउँछ र हाम्रो रगतथुनिएको थाउँमा धेरै जम्नदिंदैन जसको कारणले हस्पिटल सम्म पुग्ने समय बढाउन सक्छ । 

 

नाइट्रो ग्लिरेशिन को ट्याबलेट जिव्रो मुनी राखीहाल्ने, पाँचमिनेटमा अर्को राख्ने १५  मिनेटमा तिन वटा मात्रयदिआफुलाई पहिलेनै भएको छ र डक्टर ले तपाईको लागीदिएको छ भने

 

हस्पिटल जान समय लाग्ने भएमाहातको नाडी छामेर वा सम्भव भएसम्म घाँटीमा छामेर स्वास प्रस्वास गर्ने । 

 

एकोहोरो खोक्दै बस्ने नहिड्ने हस्पिटल नपुगुञ्जेल सम्म । 

रोगलाग्न बाट बच्ने उपायहरु 

दिनहूँफलफुल र हरियो तरकारीको मात्रा बढाउने 

 

होलग्रेनच्याख्ला सहितको जस्तै गहुँनफलीकनखाने

 

रातो मासु जस्तै खसीको मासु नखाने माछा खरायो अतिउत्तम

 

स्याचुरेटेड फ्याट, घयु, नखाने तेलमातारेर पकाएको खानानखाने 

 

बजारमा पाइने बिस्कुट चाउचाउ जस्ता समामानहरु डाल्डा मिसाइएको हुन्छ जुनखानै हुँदैन । 

 

 चिनीको मात्रालाई कम गर्नुस् । चियाकफिपिउने बानीभएकोले सकेसम्म चिनीनखानुस वाकमखानुस

 

३० वर्ष कटेको मान्छेले चिनीखाँदै नखानुस अन्यफलफुलतर्फबाट चिनीको मात्रा पुरा गर्नुस्  

 

नुनअत्यन्तै कमखानुस्, विस्तारै कमगर्दै जाँदाफाइदा हुन्छ । 

 

चुरोट खांदै नखानुस यसमानिकोटीन मात्रनभएर धेरै कुरा मिसाईएको हुन्छ । 

 

अल्कोहलखानेले अत्यन्तै कमखानुस शरिरको कुनै अंगमापनि समस्या देखिसकीएको छ भने बन्द गर्नुनै उत्तम मानीन्छ । 

 

 प्रेसर, सुगर, तौललाई नियन्त्रणमा राख्नुस् ।

 

दैनिकव्यायाम, जगीङ्ग, मर्निङ्ग–इभनिङ्गवाक गर्नुस् ।

 

 योग प्रााणायाम गर्नुस ः लामो सास लिने र लामो फाल्ने, लामो स्वास लिएर भित्र रोक्ने, लामो स्वास बाहिर फ्याकेर रोक्ने (आफ्नो                       क्षमता र रोग अनुसार डाक्टरको सल्लाहलिएर)

बेलाबेलामा प्रेसर, सुगर, कोलेस्ट्रोल, शरिरमा पाइने नुनहरु (शोडियम, पोटेशियम), मृगौलातथा मुटुको जाँच गराई राख्ने र maintain राख्ने 

   ( लेखक दौतरी एफएमका अध्यक्ष हुनुहुन्छ )

प्रतिकृया दिनुहोस

लाखौ‌ रुपैयामा विक्रि हुन्छ मेलामा सँस्थाको नाम

वि‍.एन. सौगात बर्दघाट  हिजो आज जताततै मेला महोत्सवको रौनक छाएको छ । देशका विभिन्न ठाउहरुमा महोत्सव लागिरहेका छन् । प्राय: सवै महोत्सवमा केहि न

यात्रा, दृश्य र भविष्य

    दिनानाथ पौडेल  बर्दघाट–१३ , नवलपरासी      बर्दघाट अवस्थित न्यू लाईफ माध्यमिक विद्यालयले आफ्ना शिक्षक शिक्षिकाहरुलाई पूर्र्वी

मेराे यादमा बडादशैं

लेखकः गणेश पाण्डे 'शिसम' नवरात्रीको अन्तिम दिन अर्थात दशौं दिनका दिन असत्य माथी सत्यको विजयउत्सवका रुपमा मनाईने हिन्दु धार्मीक मान्यता अनुरुपको