• २०७५-९-४ , बुधबार/ Wednesday 12-19-18
  • 01:12:25

शान्तिवार्ताका लागि मोदीलाई पाकिस्तानी प्रधानमन्त्रीको चिठी

४ असोज  ,काठमाडौं

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पुनः शान्ति वार्ता सुरु गर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठी लेखेका छन् । उनले दुवै मुलुकका विदेशमन्त्रीबीचको वार्ताको लागि प्रस्ताव गरेका हुन् । आगामी महिना न्युयोर्कमा हुन गइरहेको युनाइटेड जनरल एसेम्ब्ली (यूएलजीए)को बैठकभन्दा अगाडि नै यो बैठकका लागि पाकिस्तानी प्रधानमन्त्रीले आग्रह गरेका हुन् । 

 

खानले भारतीय प्रधानमन्त्रीलाई पठाएको पत्रमा दुई मुलुकको बीचमा फलदायक र रचनात्मक सम्बन्धको संकेत दिइएको छ । इमरान खानले निर्वाचनमा जित हासिल गरेसँगै भारतले सम्बन्ध सुधारको लागि भारतले एक कदम बढाउँदा आफूले २ कदम बढाउने बताएका थिए । यसअघि न्युयोर्कमा हुने सो बैठकमा दुई मुलुकका विदेशमन्त्रीहरुको बीचमा वार्ता हुने वा नहुने भन्ने विषयमा अन्योल रहेकोमा पाकिस्तानको तर्फबाट यस किसिमको पहल भएको हो ।  सन् २०१५ मा पाकिस्तान र भारतको बीचमा व्यापक द्विपक्षीय वार्ता सुरु भएको थियो तर पठानकोटमा भएको आतंकवादी आक्रमणपछि भने यो प्रक्रिया रोकिएको थियो । दुई मुलुकको बीचमा अन्तिम वार्ता २०१५ को डिसेम्बर महिनामा भएको थियो । उनीहरुको बीचमा शान्ति सुरक्षा, जम्मू–कश्मिर, सियाचिन, मानिस–मानिसबीचको आदाप्रदान, धार्मिक पर्यटनलगायतका विषयहरुमा वार्ता हुन बाँकी रहेको अवस्थामा वार्ता रोकिएको थियो । (हाम्रा कुरा बाट  )

प्रतिकृया दिनुहोस

युरोपीय संघबाट बाहिरिने ब्रिटेन मन्त्रिपरिषदको निर्णय

२९ कात्तिक, काठमाडौं ब्रिटेन युरोपीय संघबाट बाहिरिने भएको छ । ब्रिटेन सरकारको मन्त्रिपरिषदले युरोपीय संघबाट अलग हुने निर्णय गरेको हो । यस विषयमा

परमाणु रियक्टर बनाउने साउदी अरबको घोषणा

२० कात्तिक, काठमाडौं साउदी अरबले पहिलो परमाणु रियक्टर बनाउने घोषणा गरेको छ । साउदी अरबका क्राउन पि्रन्स मोहम्मद बिन सलमानले सरकारी समाचार

भारतमा रेलले किचेर ३ वर्षमा करिब ५० हजार मृत्यु

७ कात्तिक, काठमाडौं   भारतमा सन् २०१५ देखि २०१७ सम्मको तीन वर्षको अवधिमा बाटो काट्ने क्रममा रेलले किचेर करिब ५० हजार जनाको मृत्यु भएको छ