• २०७५-९-४ , बुधबार/ Wednesday 12-19-18
  • 01:12:14

फेसबुकमा फेरि पनि चोरी, पाँच करोड प्रयोगकर्ताको डाटा ह्याक

१३ असोज, काठमाडौं

सामाजिक सन्जाल फेसबुकको डाटा फेरि चोरी भएको छ । करिब ५ करोड प्रयोगकर्ताको डाटा चोरी भएको फेसबुकले जनाएको छ । ह्याकरले ह्याक गरेर डाटा चोरी गरेको हो । फेसबुकका अनुसार यसको आन्तरिक जाँच भइरहेको छ । कम्पनीका अनुसार ह्याकरले ‘भ्यू एज’ फिचरमा हमला गरे । यसैमार्फत युजर अकान्टमा छिरेर डाटा चोरी गरेको पाइएको छ ।

‘भ्यू एज’ फेसबुकको लोकपि्रय फिचर हो । यसमार्फत् कुनै पनि फेसबुक प्रयोगकर्ताको प्रोफाइल हेर्न सकिन्छ । डाटा चोरी भएको घटना सार्वजनिक भएपछि यो फिचरलाई अहिले डिसेबल गरिएको छ ।  फेसबुकका प्रोडक्ट म्यानेजमेन्टका उपप्रमुख गाई रोजनले आफ्नो ब्लगमा लेखेका छन्, ‘२५ सेप्टेम्बर दिउँसो हाम्रो इन्जिनियरिङ टीमलाई ह्याक भएको जानकारी भयो । त्यतिबेलासम्म पाँच करोड प्रयोगकर्ताको डाटा चोरी भइसकेको थियो । हामीले यसलाई गम्भीरतापूर्वक लिएका छौं ।’ फेसबुकका अनुसार भ्यू एज फिचरमार्फत् ह्याकर भित्र घुस्न सफल भएको थियो । यसमार्फत् फेसबुकको एक्सेस टोकन चोरी गरियो र युजर अकाउन्टलाई उनीहरुले केहीबेरसम्म आफ्नो कन्ट्रोलमा राखे ।

एक्सेस टोकन के हो ?

एक्सेस टोकन डिजिटल की जस्तै हो । यसको मार्फत् युजरलाई पटक पटक लगइन गरिरहन आवश्यक पर्दैन । फोनमा एक पटक एप्लीकेसन डाइनलोड गरेपछि उसले केबल एक पटक मात्र पासवर्ड माग्दछ र प्रयोगकर्ताले आफ्नो पासवर्ड राखेपछि आफ्नो अनुकुल प्रयोग गर्न सक्दछ । ह्याकरले यसैको फाइदा उठाए । निजी कम्प्युटर वा ल्यापटपमा पनि धेरै व्यक्तिले फेसबुक लगइन गरेपछि फेरि लगआउट गर्दैनन् । प्रयोगकर्ताको यही गल्तीबाट ह्याकरले डाटा चोर्न सफल भए ।

प्रतिकृया दिनुहोस

सावधान ! यी हुन् सबैभन्दा कमजोर पासवर्ड

यो वर्ष सन् २०१८ मा सबैभन्दा धेरै ह्याक भएका वा सर्वाधिक कमजोर पासवर्डको खुलासा भएको छ । साइबर सेक्योरिटी फर्म स्प्लास डाटाले यसको खुलासा गरेको हो

विश्वभर निःशुल्क वाईफाई

चीनको एक कम्पनीले निकट भविष्यमै अन्तरीक्षमा आफ्नो स्याटेलाइट प्रक्षेपण गर्नेछ, जसले पूरै विश्वभर निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ

बैंक एटिएममा धावा बोल्दै विश्वका खतरनाक ह्याकरहरु

पछिल्ला केही वर्षयता विश्वमा साइबर क्राइमका घटनाहरुमा उल्लेख्य वृद्धि भैरहेको छ । मालवेयर अट्याक, ह्याकिङ्ग जस्ता घटनाहरु आजकल सामान्यजस्ता