• २०७५-७-५ , सोमबार/ Monday 10-22-18
  • 06:10:52

पश्चिम नवलपरासीमा बजार अनुगमन तिब्र

१७ असोज , नवलपरासी 

चाडपर्व नजिकिदै गर्दा अनुगमनले तिब्रता पाएको छ । जिल्लाका सरोकारवाला निकाय चाडबाड नजिकिएसंगै बजार अनुगमनमा सक्रिय भएका हुन् । बर्ष भरी कुनै चासो नदेखाउने दशै तिहारको समयमा मात्र बजार अनुगमन गर्ने परम्परा जस्तै बनेको छ । 

 

पश्चिम नवलपरासीको सदरमुकाम संगै जोडिएको पोखरापाली र मञ्झरियामा १७ बर्ष पछि बजार अनुगमन गरिएको छ । अनेगमन बजार केन्द्रित हुने र मौसमी रुपमा हुने गर्दा बर्षौ देखि अनुगमन नभएको स्थानिय ब्यबसायीको भनाई छ । अनुगमन नहुदा दर्ता नै नभई संचालनमा आएका पसलको संख्या पनि अत्याधिक रहेको छ । 

 

संयुक्त अनुगन समितिले रामग्राम नगरपालिका वडा नम्बर ६ पोखरापाली र वडा नम्बर ११ मञ्झरियामा आकस्मिक रुपमा बजार अनुगमन गर्दा ठुलो परिमाणमा अखाद्य पर्दाथ फेला परेपछि जफत गरी नष्ट गरेको छ । अनुगमनका क्रममा विना दर्ता गरि संचालनमा आएका पसलहरु पनि भेटिएकोले ति पसल हरुलाई पहिलोपटकका लागि दर्ता गर्ने शर्तमा छोडिएको अनुगमन समितिले जनाएको छ ।

 


बजारमा किराना पसल,कोल्ड ड्रिङ्क्स , होटल तथा रेष्टुरेन्ट, मिष्ठान्न भण्डार, मासु पसल, टेलर लगायतको अनुगमन गरिएको बजार अनुगमन निरिक्षक एवं घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौडेलले बताउनुभयो । अनुगमनाका क्रममा म्याद गुज्रेका खाद्यपदार्थ, पेय पदार्थ, प्रतिबन्धित चक्र र जय भारत ब्राण्डको तेल लगायतका खाद्यपर्दाहरु ठुलो परिमाणमा पाईको र जफत गरी नष्ट गरिएको पौडेलले बताउनुभयो । 

 

पश्चिम नवलपरासीको सुनवलमा गरिएको बजार अनुगमनका क्रममा पनि संयुक्त अनुगमन समितिले ठुलो परिणममा अखाद्य पदार्थ, म्याद गुज्रेका, लेवल नलागेका, मुल्य उल्लेख नभएका खाद्य पदार्थ जफत गरी नष्ट गरेको छ । अनुयमकै क्रममा सुनवलवाट अवैध योन क्रियाकलापमा संलग्न रहेको आरोपमा ड्रिम रेष्टुरेन्ट एण्ड होटल बाट एक जोडिलाई पक्राउ गरेको छ । 

 

अर्घाखांची घर बताउने युवा र युवतिको जोडिलाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय सुनवलको जिम्मा लगाईको छ । अबैध यौन धन्दा संचालन गरेको आरोपमा होटलका संचालकलाई पनि नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरिक्षक अनोज विकले जानकारी दिनुभएको छ ।

 

बर्षेनी चाडवाडको समयमा मात्र मौसमी रुपमा गरिने अनुगमनले गर्दा आम उपभोक्ता मारमा पर्ने र पसलेबाट ठगिने क्रम भने रोकिएको छैन । जतिनै अनुगमन गरे पनि पश्चिम नवलपरासीका विभिन्न ठाउमा लाग्ने हाटबजारहरुमा नेपालमा प्रतिबन्ध लगाईएका चक्र, बहेल कोल्हु बाण्डका खाने तेल खुल्लेआम विक्रि भैरहेको छ । खुल समिानाका कारण भन्सार छलि गरी ल्याईएका र गुणस्तरहिन सामाग्रीको खुलेआम विक्रि रोक्न सरोकारवालाको ध्यान नपुगेको आम उपभोक्ताको गुनासो रहेको छ ।
 

प्रतिकृया दिनुहोस

नवलपरासी बस दुर्घटना अपडेटः मृतकको संख्या ६ पुग्यो

४ कार्तिक   नवलपरासी पूर्वी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६ पुगेको छ । ईटहरी बाट भैरहवाका

नवलपरासी बस दुर्घटना अपडेट : घाइतेको संख्या ५१ पुग्यो मृतकको सनाखत हुन बांकी

४  कार्तिक  नवलपरासी पूवी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा भएको बस दुर्घटनामा परि घाईते हुनेको संख्या ५१ पुगेको छ । मृत्यु भएका ५ जनाको अझै

पूर्वी नवलपरासीमा बस दुर्घटना ५ जनाको मृत्यु

४  कार्तिक  नवलपरासी पूर्वी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा बस दुर्घटना हुंदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने कम्तीमा ३९ जना घाईते