• २०७५-७-५ , सोमबार/ Monday 10-22-18
  • 06:10:26

शिक्षा क्षेत्रमा काम गर्दै यसोदा फुड्स प्रा.लि



१८ असोज, नवलपरासी

यसोदा फुड्स प्रा.लि ले कम्पनीको सामाजीक उत्तरदायित्व अन्तरगत शैक्षिक क्षेत्रमा विभिन्न काम गर्दै आईरहेको छ । यसोदा फुड्ले पूर्वी नवलपरासीको कावासोतीमा रहेको शिव नमुना मा.वि मा वक्तित्वकला प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रमको आयोजना शिव मा.वि ले आयोजना गरेको हो भने कार्यक्रमको प्रायोजन गरेको थियो ।

 

वेरोजगारी समस्या समाधानका लागि चाउचाउ उद्योगको भुमिका विषयमा बक्तित्वकला प्रतियोगितामा हिभागि विद्यार्थीहरुले आ आफ्नो  धारणा राखेका थिए । प्रतियोगितामा कक्षा ७ देखि कक्षा ९ सम्मका १९ जना विद्यार्थले सहभागिता जनाएका थिए । प्रतियोगितामा कक्षा ९ का ईश्वर रेग्मी प्रथम, कक्षा ९ कै अनुशा कुंवर द्धितिय, कक्षा ८ का आकाश पोख्रेल तृतिय र कक्षा ८ कै विनम्र लम्सालले सान्त्वना स्थान हासिल गरेका थिए । 

 

प्रतियोगितामा प्रथम हुनेले नगद एक हजार, द्धितियले पांच सय र तृतियले तिन सय सहित लाली चाउचाउ एक एक कार्टुन, कम्पनीको लोगो सहितको टिसर्ट एक एक थान, कापी र कलम पुरस्कारको रुपमा वितरण गरिएको थियो । उद्योगीले उद्योग खोलेर मात्र नहुने भन्दै उद्योगले सामाजीक उत्तरदायित्व अन्तरगत देशका विभिन्न स्थानमा सामाजीक क्रियाकलाप गर्न र शिक्षा क्षेत्रमा विभिन्न विद्यालयमा पुगेर शैक्षिक क्रियाकलाप संचालन गर्दै चाउचाउ खाने तरिका सिकाउदै आईरहेको यसोदा फुड्स प्रा.लि कि जनसम्पर्क अधिकृत सरस्कती बस्यालले बताउनुभयो ।

 

प्रतियोगितामा प्रमुख अतिथिको रुपमा रहनुभएका शिक्षा विकास तथा समन्वय ईकाई समिति नवलपुरका प्रमुख कृष्ण चन्द्य्र पोखरेलले यसोदा फुड्ले शिक्षा क्षेत्रमा पनि विभिन्न कार्यक्रम संचालन गरी योगदान पुराएको भन्दै धन्यवाद ब्यक्त गर्नुभएको थियो ।  विद्यालयका प्रधानाध्यापक चुडामणी शर्माले आफ्नो विद्यालय छनोट गरेर कार्यक्रमको आयोजना भएकोमा खुशी ब्यक्त गर्नुभयो । 


कम्पनीको तर्फबाट बोल्दै निराजन पोख्रेलले यसोदा फुड्स प्रा.लि सदैव विद्यार्थीको भविष्य प्रतिसचेत रहेको बताउनु भएको थियो ।प्रतियोगितामा विद्यालयका शिक्षक कृष्ण प्रसाद भुसालले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो भने शिक्षक कमल लम्सालले कार्यक्रम संचालन गर्नुभएको थियो ।

 

यसोदा फुड्स प्रा.लि ले यस अघि कावासोतीमै रहेको ज्ञानोदय मा.व मा छात्रवृत्ति समेत वितरण गरिसकेको छ । यसोदा फुड्स को मेचि महाकाली शैक्षिक अभियान अन्तरगत विभिन्न कार्यक्रम गर्दै आईरहेको छ । 

प्रतिकृया दिनुहोस

नवलपरासी बस दुर्घटना अपडेटः मृतकको संख्या ६ पुग्यो

४ कार्तिक   नवलपरासी पूर्वी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६ पुगेको छ । ईटहरी बाट भैरहवाका

नवलपरासी बस दुर्घटना अपडेट : घाइतेको संख्या ५१ पुग्यो मृतकको सनाखत हुन बांकी

४  कार्तिक  नवलपरासी पूवी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा भएको बस दुर्घटनामा परि घाईते हुनेको संख्या ५१ पुगेको छ । मृत्यु भएका ५ जनाको अझै

पूर्वी नवलपरासीमा बस दुर्घटना ५ जनाको मृत्यु

४  कार्तिक  नवलपरासी पूर्वी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा बस दुर्घटना हुंदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने कम्तीमा ३९ जना घाईते