• २०७५-९-४ , बुधबार/ Wednesday 12-19-18
  • 01:12:52

१६ लाखको सामानसहित २ भारतीय पक्राउ

२० असोज, बुटवल

भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरेको १६ लाख बढीको अवैध सामान सहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । रुपन्देहीको बेलहिया नाकाबाट भन्सार छलेर ल्याउँदै गरेको १६ लाख २ हजार मूल्य बराबरको स्काभेटरको पार्टस् सहित महिन्द्रा केयूभी गाडी र दुईजना भारतीयलाई सशस्त्र प्रहरी गुल्म भैरहवाको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत झजर जिल्ला अग्रवाल कलोनी ७ बस्ने वर्ष ३१ का गौरव गोयल र सोही ठाउँका वर्ष २८ का अंकित गोयल रहेका सशस्त्र प्रहरी गुल्म भैरहवाका सशस्त्र प्रहरी निरीक्षक सुरज रिजालले जानकारी दिए । बरामद सामान र गाडी भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाइएको रिजालले बताए । *(अनलाइनखबर)

प्रतिकृया दिनुहोस

नयाँ प्रयोगका साथ अब यस्तो बन्नेछ बुटवल–नारायणगढ सडक

२ पुस,बुटवल १ सय २५ किलोमिटर दूरीको बुटवल– नारायणगढ सडकखण्ड स्तरोन्नति गरिने भएको छ । त्यसका लागि  अबको दुई साताभित्र चिनियाँ कम्पनीसँग ठेक्का

देशभर चिसो बढ्यो, वर्षा र हिमपातको सम्भावना

२ पुस, काठमाडौं बङ्गालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले नेपालमा मौसम बदली हुनुका साथै केही भू–भागमा वर्षा

जितगढीमा उजिरसिंहको पूर्णकदको शालिकसँगै नेपालकै ठूलो झण्डा

२८ मंसिर, बुटवल बुटवलको जितगढी किल्लामा नेपालकै ठूलो राष्ट्रिय झण्डा र स्वर्गीय कर्णेल उजिरसिंह थापाको पूर्ण कदको शालिक राखिने भएको छ । नेपाली