• २०७५-७-५ , सोमबार/ Monday 10-22-18
  • 06:10:17

नन्दभाउजु उपभोक्ता समितिमा ताला  माछा मार्न जाने क्रममा पक्राउ परेका दुई जनालाई विना सर्त रिहाई गर्न माग

    
राम कुमार श्रेष्ठ नवलपुर फागुन २९   

चितवन राष्ट्रिय निकुञ्ज भित्र साग सिस्नो टिप्न जांदा होस वा घांस दाउरा गर्न जांदा अथवा नारायणी नदीमा माछा मार्न जांदा होस् आफूहरुलाई निकुञ्जको सुरक्षार्थ खटिएका टोलीले यातना दिने, दुख दिने र पटक पटक नियन्त्रणमा लिएर मुद्दा लगाउने गरेको भन्दै नवलपरासीका निकुञ्ज पीडितहरुले आन्दोलन थालेका छन् । उनीहरुले थप आन्दोलनका कार्यक्रम अन्तरगत मध्यविन्दु २ मा रहेको नन्दभाउजु मध्यवर्ती उपभोक्ता समिति र उक्त समितिले सञ्चालन गरेको कोल्हुवा मध्यवर्ती बचत तथा ऋण सहकारीमा तालाबन्दी गरिदिएका छन् ।  मध्यविन्दु १२ तमासपुरमा नारायणी नदीमा माछा मार्न गएका मध्यविन्दु २ का बुद्धिराम बोटे र विरबहादुर बोटेलाई सुरक्षाकर्मीले पक्राउ गरी चितवन राष्ट्रिय निकुञ्ज कसरामा राखेपछि उनीहरुले आन्दोलन थालेका हुन् । निकुञ्जले नारायणी नदीमा प्रतिबन्धित तियरी जाल सहित माछा मारेकोले पक्राउ गरेको जनाएको छ भने उनीहरुले भने आफूहरुले पुर्खौ देखि गर्दै आएको माछा मार्ने पेशाको विकल्प दिनु पर्ने कि त उक्त पेशालाई निर्वाध रुपमा अंगाल्न दिनु पर्ने माग गरेका छन् ।  नवलपरासीका चितवन राष्ट्रिय निकुञ्ज पीडितहरुले आफूहरुले किन आफ्नो पुर्खौली पेशा माछा मार्ने पेशा सहज रुपमा गर्न पाउनु पर्ने माग गरेका छन् । उनीहरुले आफूहरुको पुर्खौली पेशा भएकोले माछा मार्ने पेशालाई निरन्तरता दिन पाउनु पर्ने आफ्नो अधिकार भएको बताउंदै आएका छन् । नारायणी नदी किनार माछा बसोबास गर्दै आएका माझी मुसहर बोटे समुदायले आफ्नो पुर्खौली पेशाको विकल्पमा रोजगारी र खेती गरी खान पाउने प्रयाप्त जमिन दिन माग गरेका छन् ।

प्रतिकृया दिनुहोस

नवलपरासी बस दुर्घटना अपडेटः मृतकको संख्या ६ पुग्यो

४ कार्तिक   नवलपरासी पूर्वी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६ पुगेको छ । ईटहरी बाट भैरहवाका

नवलपरासी बस दुर्घटना अपडेट : घाइतेको संख्या ५१ पुग्यो मृतकको सनाखत हुन बांकी

४  कार्तिक  नवलपरासी पूवी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा भएको बस दुर्घटनामा परि घाईते हुनेको संख्या ५१ पुगेको छ । मृत्यु भएका ५ जनाको अझै

पूर्वी नवलपरासीमा बस दुर्घटना ५ जनाको मृत्यु

४  कार्तिक  नवलपरासी पूर्वी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा बस दुर्घटना हुंदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने कम्तीमा ३९ जना घाईते