• २०७५-९-४ , बुधबार/ Wednesday 12-19-18
  • 01:12:29

प्रदेश ५ मा करार खेती कार्यक्रम, भूमिहीनलाई निःशुल्क जग्गा

२१ असोज, बुटवल

प्रदेश ५ सरकारले भूमिहीन सुकुम्वासीहरुलाई निःशुल्क जग्गा दिएर खेती गराउने तयारी थालेको छ । कृषि पेशा अपनाउन इच्छुक तर आफ्नो जग्गा नभएका भूमिहीन नागरिकलाई लक्षित गरी प्रदेश सरकारले करार खेती कार्यक्रम ल्याएको हो । प्रदेश ५ सरकारको यो कार्यक्रम नौलो र भूमिहीनमैत्री भएकाले यसप्रति भूमिहीनहरु र भूमिहीन सम्वद्ध संघसंगठन सकारात्मक भई करार खेतीका लागि सम्पर्कमा आइरहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताइन् । ‘बर्दिया र दाङका भूमिहीनहरु यो कार्यक्रममा सहभागी हुन सम्पर्कमा आइसकेका छन्,’ मन्त्री पौडेलले भनिन्, ‘यो कार्यक्रमबाट भूमिहीन त लाभान्वित हुने नै भए, जग्गाधनीले पनि उचित भाडा प्राप्त गर्नेछन् ।’

 

खेती नगरी बाँझै बसेका जग्गा पहिचान गरी त्यस्ता जग्गाका धनीसँग स्थानीय पालिकाहरुको रोहबरमा जग्गा भाडा सम्झौता गरी भूमिहीनलाई खाद्यान्न वा तरकारी, फलफूल खेती गर्न लगाइने छ । यसलाई करार खेती प्रणाली भनिएको हो । प्रदेश सरकारले जग्गा बाँझो नराख्ने, कृषि उत्पादन बढाउने र भूमिहीनलाई कृषि कार्यमा संलग्न गराउने उद्देश्यसहित यो कार्यक्रमको अवधारणा ल्याएको हो । यो कार्यक्रममा आफ्नो नाममा जग्गै नभएका भूमिहीन र तीन कठ्ठा वा सोभन्दा कम जग्गा भएका किसान सहभागी हुन पाउने छन् । भूमिहीन र तीन कठ्ठासम्म मात्र जग्गा भएको स्थानीय पालिकाले प्रमाणित गरेपछि उनीहरु करार खेती कार्यक्रममा सहभागी हुन पाउने गरी कार्यविधि बनाइएको र कार्यान्वयनमा जाने तयारी अन्तिम चरणमा पुगेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यमनारायण देवकोटाले जानकारी दिए । यो कार्यक्रमका लागि सरकारले पहिलो वर्षका लागि १० करोड बजेट छुट्टाएको छ । यो बजेटबाट कम्तीमा २ हजार बिघामा करार खेती गराउन सकिने अनुमान गरिएको सचिव देवकोटाले बताए । ( अनलाइन खबर बाट )

प्रतिकृया दिनुहोस

नयाँ प्रयोगका साथ अब यस्तो बन्नेछ बुटवल–नारायणगढ सडक

२ पुस,बुटवल १ सय २५ किलोमिटर दूरीको बुटवल– नारायणगढ सडकखण्ड स्तरोन्नति गरिने भएको छ । त्यसका लागि  अबको दुई साताभित्र चिनियाँ कम्पनीसँग ठेक्का

देशभर चिसो बढ्यो, वर्षा र हिमपातको सम्भावना

२ पुस, काठमाडौं बङ्गालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले नेपालमा मौसम बदली हुनुका साथै केही भू–भागमा वर्षा

जितगढीमा उजिरसिंहको पूर्णकदको शालिकसँगै नेपालकै ठूलो झण्डा

२८ मंसिर, बुटवल बुटवलको जितगढी किल्लामा नेपालकै ठूलो राष्ट्रिय झण्डा र स्वर्गीय कर्णेल उजिरसिंह थापाको पूर्ण कदको शालिक राखिने भएको छ । नेपाली