• २०७५-७-५ , सोमबार/ Monday 10-22-18
  • 06:10:11

देवगावको अध्यक्षमा फेरि हैदर, स्थानीय तह सहकारीप्रति उदासिन रहेको गुनासो

२२ असोज, नवलपरासी   

आर्थिक विकासको तीन खम्बा मध्यको एक सहकारीप्रति स्थानीय सरकार उदासिन देखिएको सहकारीकमीहरुले गुनासो गरेका छन् । सहकारी संघ संस्थाहरुको नियमन, प्रवद्र्धन तथा सम्बद्र्धन गर्ने जिम्मा स्थानीय सरकारलाई भएपनि स्थानीय सरकारबाटै सहकारीलाई असहयोग भईरहेको उनीहरुको गुनासो थियो । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. १७ देवगाव बरारीमा रहेको देवगाव आय आर्जन साना किसान कृषि सहकारी संस्था लिमिटेडको २३ औँ वार्षिक साधारण सभा तथा दशौँ नेतृत्व चयन कार्यक्रमको आज सम्पन्न उद्घाटन शत्रमा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् ।

 

कार्यक्रममा सहकारीका अध्यक्ष हैदर अलि मोमिनले आर्थिक विकासमा सहकारीको महत्वपुर्ण भुमिका हुँदा पनि स्थानीय तहको प्राथमिकतामा सहकारी नपरेको गुनासो गर्नुभयो । स्थानीय तहले सहकारीलाई उपेक्षा गरेमा सहकारी क्षेत्र अस्तव्यस्त बन्ने उहाँको तर्क थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले स्थानीय तहले सहकारीलाई उपेक्षा गर्न नहुने बताउनुभयो । उहाँले सहकारीको नियमन र प्रवद्र्धनमा स्थानीय तहकै भुमिका रहेकोले तत्काल स तर्फ ध्यान दिन आग्रह गर्नुभयो । रामग्राम नगरपालिकाकी उपमेयर रम्भा कुंवरले नगरपालिका सहकारी प्रति उदासिन नरहेको र कर्मचारीको अभावले गर्दा सहकारीलाई उचित सहयोग गर्न नसकिएको बताउनुभयो । केही समयपछि कर्मचारी व्यवस्थापन हुने र सहकारीलाई उच्च प्राथमिकता दिने उहाँले बताउनुभयो ।

 

सो अवसरमा सरावल गाउँपालिकाकी उपाध्यक्ष उत्तमा राय, रामग्राम १७ का वडाध्यक्ष जीतबहादुर गोसाई, महिला जागरण बहुउद्देशिय सहकारी संस्था मनरीकी अध्यक्ष प्रेमकुमारी चौधरी, सामुदायिक रेडियो परासीका समाचार प्रमुख मोहन पौडेल, नेपाल रेडक्रस सोसाईटी देवगाव, मनरी, सरावल उपशाखाका सभापति रामउग्र यादव लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । साधारण सभाको अवसरमा उत्कृष्ट बचतकर्ता, शेयर सदस्य, ऋणी तथा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरलाई सम्मान पनि गरिएको थियो । सभामा अध्यक्ष हैदर अलि मोमिनले प्रगति प्रतिवेदन, व्यवस्थापक निरमाया चौधरीले आय व्यय विवरण, लेखा संयोजक अर्जुन प्रसाद चौधरीले लेखा प्रतिवेदन पेश गर्नुभएको थियो । ६ सय जना महिला  र एक सय ७८ जना पुरुष  गरी सात सय ७८ जना शेयर सदस्य रहेको सो सहकारीले गत आर्थिक वर्षमा करिव ३ करोडको कारोवार गरी दश लाख ६ हजार शुद्ध मुनाफा आर्जन गर्न सफल भएको छ भने आगामी वर्ष नाफा दुई गुणा गर्ने लक्ष्य लिएको जनाएको छ ।

 

देवगाव आयआर्जन साना किसान कृषि सहकारी संस्थाको सम्पन्न नेतृत्व चयन कार्यक्रमबाट पुनः हैदर अलि मोमिनको अध्यक्षतामा नयाँ कार्य समिति पनि चयन गरेको छ । जसको उपाध्यक्षमा पवनरेखा चौधरी सदस्यमा मिना दरै चौधरी, शान्ति चौधरी, शिला हरिजन, बासमति चौधरी, तारा श्रेष्ठ, सारिका राय,पुष्पा यादव, सावित्री चौधरी, संगिता चौधरी, शुशिला चौधरी,दिपमाया चौधरी, गौधादेवि तेली रहनुभएको व्यवस्थापक निरमाया चौधरीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

नवलपरासी बस दुर्घटना अपडेटः मृतकको संख्या ६ पुग्यो

४ कार्तिक   नवलपरासी पूर्वी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६ पुगेको छ । ईटहरी बाट भैरहवाका

नवलपरासी बस दुर्घटना अपडेट : घाइतेको संख्या ५१ पुग्यो मृतकको सनाखत हुन बांकी

४  कार्तिक  नवलपरासी पूवी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा भएको बस दुर्घटनामा परि घाईते हुनेको संख्या ५१ पुगेको छ । मृत्यु भएका ५ जनाको अझै

पूर्वी नवलपरासीमा बस दुर्घटना ५ जनाको मृत्यु

४  कार्तिक  नवलपरासी पूर्वी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा बस दुर्घटना हुंदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने कम्तीमा ३९ जना घाईते