• २०७५-९-४ , बुधबार/ Wednesday 12-19-18
  • 01:12:18

सहकारी मा महिला

फुलकुमारि गीरि (सीमा)

राज्य संवैधानीक र कानुनी रूपमा नै महिला प्रति थप जीम्मेवार बन्दै गयको छ।राज्यको नेतृत्व तहमा बसेका ब्याक्ति ले महिला  सहभागिता को महत्व बुझीसकेका ले महिला सहभागीता अनीवार्य हुनुपर्ने मा जोडदिन थालेका छन। समानुपातिक सहभागीता का लागी नीति नीर्माण भैरहेका छन। यो महिला हरूको लागी नयाँ नयाँ अवसर को ढोका खुल्ने संकेत हो।

 

महिला ले नेतृत्व बीकास गर्न का लागी सहकारी ,स्थानीय संघ संस्था, बन ,खानेपानी, स्कुल ,टोलसुधार समिती जस्ता ठांउहरू समिती गठन सन्दर्भ मा महिला सहभागीता को नीकै ठुलो भिड नै देखीन्छ ,जसले गर्दा महिलाहरू लाई आफ्नो क्षमता बिकास गर्न सजीलो भयको छ। सबैभन्दा महत्वपुर्ण भुमीका मा रहेको सहकारी संस्था देशभरमा ३४ हजार ५ सय १२ सहकारी संस्थाहरू दर्ता भयका छन । जस मध्ये ४ हजार २ सयवटा सहकारी महिलाले मात्रै संञ्चालन गर्दै आयका छन । राष्ट्रीय महिला गोष्टी २०७४ को प्रतिवेदन अनुसार देशभर मा सहकारी का सदस्यहरू ६३ लाख भन्दा बढी पुगेको छ। जसमा ५०.९६% (३२ लाख १३ हजार ५ सय १४) महिला छन।

 

दर्ता नभयका तर महिलाले मात्रै संञ्चालन गरेका बचत कोषहरूको त लेखा नै छैन। तथ्याङ्क हेर्दा देशभरि मा सहकारी संस्था को संञ्चालक समीति को कुल संख्या को ३९.३४%(९७ हजार ५ सय १२) महिला संञ्चालक पनी पुगेको देखीन्छ। सहकारी का कर्मचारी  ६० हजार ५ सय १७ मध्ये ४७.९८%कर्मचारी महिला हरू छन। महिला ले मात्रै संञ्चालन गरेको सहकारी का कुल संञ्चालक को संख्यापनी त्यसमा समावेस भयको ले,नेपालमा सहकारी क्षेत्रको नीर्णायक तहमा वा पदाधिकारि मा महिलाको सहभागीता औसत ६ देखी २०%रहेको आंकडा छ । २०१३ सालदेखि २०४८ सालसम्म आईपुग्दा जम्मा ८३०  वटा सहकारी हरू दर्ता भयका थिय।। पंञ्चायतकालिन त्यस अवधिमा महिला मात्रै रहेको सहकारी संस्था गठन हुन सकेका थिएनन ।

 

लेखक बर्दघाट मा रहेको टाइम साकोस कि उपाध्यक्ष हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस

लाखौ‌ रुपैयामा विक्रि हुन्छ मेलामा सँस्थाको नाम

वि‍.एन. सौगात बर्दघाट  हिजो आज जताततै मेला महोत्सवको रौनक छाएको छ । देशका विभिन्न ठाउहरुमा महोत्सव लागिरहेका छन् । प्राय: सवै महोत्सवमा केहि न

यात्रा, दृश्य र भविष्य

    दिनानाथ पौडेल  बर्दघाट–१३ , नवलपरासी      बर्दघाट अवस्थित न्यू लाईफ माध्यमिक विद्यालयले आफ्ना शिक्षक शिक्षिकाहरुलाई पूर्र्वी

मेराे यादमा बडादशैं

लेखकः गणेश पाण्डे 'शिसम' नवरात्रीको अन्तिम दिन अर्थात दशौं दिनका दिन असत्य माथी सत्यको विजयउत्सवका रुपमा मनाईने हिन्दु धार्मीक मान्यता अनुरुपको