• २०७५-९-४ , बुधबार/ Wednesday 12-19-18
  • 01:12:11

मानिस, मोबाइल र मृत्यु


दिनानाथ पौडेल 
बर्दघाट १३ , नवलपरासी 
     एक्काईसौं सताब्दीको चिनारी प्रबिधि हो । यो मानव निर्मित सर्वोत्कृष्ट उपलब्धि हो भने मानव मृत्युको एक प्रमुख कारण पनि  । प्रविधि अनेक स्वरूपमध्ये मोबाइल विश्वका बहुसंख्यक मानिसहरुको अंग बनिसकेको छ । विश्वका करिव ६७ प्रतिसत मानिसहरुले मोबाइल प्रयोग गरिरहेको तथ्यांक छ । जीवित शरीरको लागि मुटुको अपरिहार्यता भए जस्तै आजको मानव जीवनको लागि मोबाइल अत्यावश्यक बनिसकेको छ भन्दा अत्युक्ति हुदैन   । मानिस र मोबाइललाई अलग गर्न नसकिने एकातिर कटु यथार्थता छ भने अर्कोतर्फ मोबाइलकै कारण मृत्यु भइरहेको ज्वलन्त परिदृश्य । उन्नाइसौं सताब्दीका एक प्रमुख विचारक कार्लमाक्र्सको द्वन्दात्मक धारबाट मोबाइललाई यस सताब्दीको बरदान र अभिसाप दुवैको रुपमा ग्रहण गर्नुको अर्को विकल्प हामीसंग छैन ।


    मोबाइलको सदुपयोगले मानवको जीवनमा ठुलो परिवर्तन आएको प्रत्यक्ष रुपमा हामीले देखेकै छौं  । आर्थिक जीवन मजबुत, सामाजिक समन्ध प्रगाढ, भौगोलिक दुरीको वाबजुद सामिप्यता कायम, सत्य तथ्यको खोजीमा बरदान तथा विकास निर्माण कार्यलाई सहज बनाई मानव जीवनलाई छिटो छरितो पारी समृद्दी र सम्पनता हासिल गर्नका लागि प्रचुर अवसर सिर्जना गर्न मोबाइलले साच्चै नै महत्वपूर्ण योगदान दिएको छ । यस आलेखमा धेरै लेखकहरुले चर्चा गरिसक्नुभएको मोबाइलका प्रत्यक्ष फाइदाहरुबारे प्रवेश नगरी मोबाइलले मानिसलाई कसरी मृत्युको मुखसम्मसमेत पुर्याइरहेको छ भन्नेतर्फ बिचार केन्द्रित गरिएको छ ।


    मोबाइल रेडियसनबाट चल्ने उपकरण हो । मोबाइलबाट निस्कने इलेक्ट्रोम्याग्नेटिक रेडियसनहरु मानव मुटु मष्तिस्कलागि खतरनाक मानिन्छन । अनुसन्धानकर्ताहरुले क्यान्सरबाट हुने पन्ध्र बर्ष भन्दा कम उमेर समुहका बालबालिकाको मृत्युको दोस्रो कारण मष्तिस्कको क्यान्सर  र यो हुनुको पछाडी मोबाइलको अव्यवस्थित प्रयोग हो भनि निष्कर्ष निकालेका छन । गर्भवती महिलाले मोबाइल प्रयोग गर्दा कोख भित्र हुर्किरहेको शिशुको मुटु–मष्तिस्कमा नराम्ररी असर पार्ने भन्दै नेपालका वरिष्ठ चिकित्सक डाक्टर भगवान कोइरालाले गर्भवती  अवस्थामा मोबाइल प्रयोग नगर्न सुझाव दिएका छन । पुरुषहरुले मोबाइल पाइन्टको खल्तीमा राख्ने हुदा उनीहरुको प्रजनन क्षमतामा कमी आइरहेको बिज्ञहरुले औल्याएका छन ।

मोबाइल प्रयोगकर्ताहरुले मोबाइल प्रयोग गर्नु अघि इलेक्ट्रोम्याग्नेटिक रेडियसनले मानव स्वास्थ्यलाई पारिरहेको असरबारे थाहा पाउनु जरुरी छ ।
    अब नेपाली समाजमा मोबाइलको प्रयोग कसरी भइरहेको छ भन्नेतर्फ छोटो चर्चा गरौ । सायद एक प्रतिसत भन्दा पनि कम नेपाली मोबाइल प्रयोगकर्ताहरु इलेक्ट्रोम्याग्नेटिक रेडियसनले पार्ने असरबारे जानकारी राख्दछन । आमाले आफ्नो एक बर्षे बालकलाई खाना खुवाउदा मोबाइलको तस्बिर देखाउदै खुवाएको दृश्य एकदम सामान्य बन्दै गएको छ । चार बर्षे छोरोलाई चौरमा खेल्न, उफ्रन दिनु भन्दा घरमै घन्टौ मोबाइलमा खेल्न प्रेरित गर्ने प्रवृति बढ्दो छ ।  बच्चाहरुसंग हास्ने, खेल्ने, कथा भन्ने, रमाउने भन्दा बच्चाहरुलाई मोबाइल दिई आफु अन्तै व्यस्त रहने अभिभावकको जीवन शैलीले एकातिर बच्चाको निर्दोष बाल्सल्यता माथि निर्मम प्रहार गरेको छ भने अर्कोतर्फ बच्चाहरुलाई क्यान्सर जस्तो घातक रोगको नजिकै पुर्याई रहेको छ । आजभोली बच्चाहरुको मुटुमा प्वाल तथा मष्तिस्कमा ट्युमर देखिने दर एकदमै ह्वात्तै बढेको कुरा बाल अस्पतालहरुले बताइरहेका छन ।  मोबाइलले बाल क्यान्सरको जोखिम बढाएको तथ्य औल्याइनु, अनि नेपाली समाजमा मोबाइलको प्रयोगसंगै बाल क्यान्सरको संख्या बढेको यथार्थता बाहिर आउनुले स्थिति सोचे भन्दा धेरै गम्भीर रहेको संकेत गर्दछ ।


    बाल्यकालमा घन्टौसम्म मोबाइलको गेममा मस्त रहने बच्चाहरुमा रिस र आक्रोस बढ्ने सम्भावना उच्च हुन्छ । लामो समय जितको प्रयास गरि खेलिरहदा अकस्मात हारको सामना धेरै पटक गरिरहदा बाल मष्तिस्कमा नकारात्मक असर परि बच्चाको बचपना नै गुम्न सक्छ । राती सुत्दा सपनामासमेत हारेको सपनादेखि चिच्याउने, कराउने, रुने तथा आक्रोशित हुने समस्याले बच्चाको स्मरण शक्तिमा असर पुर्याउदछ । शिक्षकहरुले कक्षामा पढाउदा यस्ता बिधार्थिहरुको ध्यान अन्तै विकेन्द्रित हुने हुदा सिकाई प्रभावकारी हुन सक्दैन, अनि शिक्षकहरुको हप्कीदप्की पनि पटक पटक पाइरहने हुदा हीनताबोधले पिरोलिएका हुन्छन । पढाइमा कमजोरहुनुको साथै पछि  समाजमा घुलमुल समेत हुन नसकी कुलतको सहारा लिन पुग्दछन । परिणामस्वरूप  सिंगो समाज नै  अस्वस्थता र असुरक्षाको घेराबन्दीमा नराम्ररी फस्दछ ।

   
    बिधालय, बिश्वबिधालयमा अध्ययन गर्ने तथा नगर्ने अन्य किशोर किशोरीहरुले पनि मोबाइलको सदुपयोग कम र दुरुपयोग बढी गरिरहेको कुरा सत्य हो । खोज अनुसन्धान गर्नुमा भन्दा अनावश्यक कुराहरुमा मोबाइल प्रयोग भइरहेको छ । नारी हिंशा, बलत्कार र हत्या बढ्नुको एक प्रमुख कारण मोबाइलको दुरुपयोग हो भनि सरकारी संयन्त्रको निचोड छ । श्रीमान र श्रीमती एउटै पलंगमा दुई तिर फर्की मोबाइल खेलाउने प्रवृतिले आत्मीयतामा कमि आइ कतै समन्धबिच्छेदको घटना बृद्दि भइरहेको त होइन भनि गम्भीर रुपले सोच्ने बेला आइसकेको छ । त्यसैगरी, टाढा रहेका श्रीमान र श्रीमतीलाई जोड्ने काम गर्नु पर्नेमा उल्टै समन्धमा दरार आइरहेको घटनाहरु सार्वजनिक भईरहेका छन । वास्तवमा मोबाइलले गर्भमा रहेको भूर्णदेखि चौरासी बर्ष काटी सकेका जेष्ठ नागरिकसम्मका मानिसहरुलाई कुनै न कुनै रुपमा प्रभाव पारिरहेको छ । कतिलाई सामान्य असरमात्र गरेको छ भने कतिलाई मृत्युको मुखसम्म नै पुर्याएको छ । मानव जीवनलाई सहज र व्यवस्थित बनाउन निर्माण गरिएको मोबाइलको अनुचित प्रयोगले मानवकै जीवन भद्रगोल, अस्वस्थ र अन्तसम्म पुग्नु गम्भीर बिषय हो ।


सत्य कुरा के हो भने हामी अब मोबाइलबाट टाढा हुन सक्दैनौ, यो हाम्रो जीवनको एक महत्वपूर्ण अंग बनिसकेको छ । यसलाई परिवारबाट पर राख्न सकिदैन । साना छोराछोरीहरुलाई छुनै दिन्न भन्नु अर्को महाभूल हुने छ किनकी बाल मष्तिस्कमा बुवाआमाको मोबाइल प्यानडोराज बक्स साबित हुने छ । यसर्थ यसबाट भाग्नु भन्दा यसलाई कसरी स्वस्थ तरिकाले चलाउन सकिन्छ भनी सृजनशील भएर सोच्न अब ढिला गर्नु हुदैन ।   
    

मोबाइल प्रयोगबारे स्वास्थ्य क्षेत्रका बिज्ञहरुले दिएको सुझावहरु एक पटक हेरौं न है ।  फोनमा दुई मिनेट कुरा गर्दा मष्तिस्कको प्राकृतिक विधुतीय गतिबिधि एक घण्टा सम्म प्रभावित हुन्छ भन्ने बैज्ञानिक तथ्यलाई  आत्मसात गरि मोबाइल फोनमा संवाद एकदमै छोटो गर्ने बानीको बिकास गर्नु एकदम आवश्यक छ । सकभर लाउड स्पिकर मोडमा मोबाइल राखी संवाद गर्दा इलेक्ट्रोम्याग्नेटिक रेडियसन मष्तिस्कमा जानबाट रोकिन्छ । मोबाइलमा इयर फोन, हेडसेट राखी संगीत वा संवाद गर्ने बानी पटक्कै गर्नु हुदैन किनभने यसबाट निस्कने रेडियसनको प्रभाव कान नजिक मोबाइल फोन ल्याउदा हुने रेडियसनको प्रभाव भन्दा तीन गुणा बढी हुने जानकारहरु बताउछन । भर्खरै जन्मेको शिशुको तालु पातलो हुने हुदा रेडियसन उनीहरुको मष्तिस्कबाट छिटो प्रशारण भई मष्तिस्क क्यान्सरको सम्भावना बढाउने हुदा मोबाइल फोनलाई त्यस्ता शिशुदेखि टाढा राखनु राम्रो हुन्छ । गर्भवती तथा सुत्केरी अवस्थामा मोबाइलको प्रयोग गरी आफु र बच्चाको स्वास्थ्य बिगार्नु भन्दा मोबाइलको प्रयोग नै नगर्नु उत्तम हुन्छ । मोबाइल भाईब्रेसनमा कहिल्यै पनि नाराखौ । सुनसान रातमा अधिक रेडियसन मोबाइलमा प्रशारण हुने हुदा सुत्ने बेलामा मोबाइल स्विच अफ गरी टाढा राखौ । बच्चाहरुको आगाडी फोनको प्रयोग एकदमै कम गर्ने आदत बसालौ । त्यसैगरी, साना बच्चाहरुले मोबाइल चलाएको देख्नेबित्तिकै जो कोहिले पनि उनीहरुलाई मोबाइल चलाउन हुदैन भनी सम्झाउन झन्झट मान्नु हुदैन । धेरैले सम्झाउदा बच्चाहरुमा पक्कै सकारात्मक प्रभाव पर्ने छ ।
    

अन्त्यमा, मोबाइलको प्रयोग जसरी नेपाली समाजमा भईराखेको छ, त्यो पूर्ण रुपमा बेठिक छ । धेरै मानिसहरु ज्ञानको अभावमा मोबाइलमा घोप्टिरहेका छन । असन्तुष्टि बालबालिकाहरुलाई सन्तुष्टि पार्न मोबाइल दिने हाम्रो व्यवहारले अन्ततः पारिवारिक स्वास्थ्यलाई बिगार्नुको साथै आमाबुवा र सन्तान बिचको  आत्मीय समन्धलाई क्रमशः फिका बनाइरहेको छ । मोबाइलमा घन्टौ समय बिताउने प्रवृतिले युवायुवतीहरुमा सोच्ने, मनन गर्ने तथा किताब पढ्ने संस्कार हराउदै जादा नबिन सोच तथा  सृजनशीलता हराउन सक्दछ । मोबाइलकै कारणले नेपाली समाजमा हिंशा र हत्याको दर बढेको ठानिएको छ । अझ भनौ – मोबाइलको अस्वस्थ प्रयोगले असुरक्षा, रोग र मृत्युलाई निम्त्याई रहेको छ ।                                                                                                                                                                                     


       
 

प्रतिकृया दिनुहोस

लाखौ‌ रुपैयामा विक्रि हुन्छ मेलामा सँस्थाको नाम

वि‍.एन. सौगात बर्दघाट  हिजो आज जताततै मेला महोत्सवको रौनक छाएको छ । देशका विभिन्न ठाउहरुमा महोत्सव लागिरहेका छन् । प्राय: सवै महोत्सवमा केहि न

यात्रा, दृश्य र भविष्य

    दिनानाथ पौडेल  बर्दघाट–१३ , नवलपरासी      बर्दघाट अवस्थित न्यू लाईफ माध्यमिक विद्यालयले आफ्ना शिक्षक शिक्षिकाहरुलाई पूर्र्वी

मेराे यादमा बडादशैं

लेखकः गणेश पाण्डे 'शिसम' नवरात्रीको अन्तिम दिन अर्थात दशौं दिनका दिन असत्य माथी सत्यको विजयउत्सवका रुपमा मनाईने हिन्दु धार्मीक मान्यता अनुरुपको