• २०७५-८-६ , बिहीबार/ Thursday 11-22-18
  • 12:11:11

दाउन्ने सडक खण्डमा दिनहु जाम, टालटुल मात्र मर्मत कहिल्यै भएन

हुसेन अन्सारी फागुन २९ 

देशको सबै भन्दा लामो राजमार्ग पुर्वपश्चिम राजमार्ग अन्र्तगत दाउन्ने सडक खण्ड जिर्ण हुदा दिनहु घण्टौ जाम हुने तथा  दुर्घटनाको जोखीम बढेको छ । गत साउन २८ गते सडक बगाउनुको साथै १५ स्थान भन्दा बढी स्थानमा पहिरो गएको थियो । तर सामान्य टालटुल बाहेक सडकको अवस्था सुधार नगर्दा दिनहु जाम र पहिरोको थप जोखीम बढेको हो । मुग्लिन नारायणगण सडक जस्तै दिनहु जाम र सडक जिर्ण हुन थालेपछि यात्रुले दोसा्रे मुग्लिन सडकको संज्ञा दिन थालेका छन् ।
हिउंदमा समेत सुक्का पहिरो जान थालेपछि सवारी साधन सञ्चालनका लागि कठीनाई हुने गरेको छ । सडकको दायाबायां पानीको निकास नहुदा वर्षायामको पानीले सडक भत्काएको छ । भिरालो पहाड बाट झरेको भलपानीले सडक भरीदा सडकमा खाल्टाखुल्टीको कारण साना सवारीलाई बढी जोखीम बढेको यात्रुहरुको गुनासो छ । सुक्का पहिरो समेत खस्न थालेपछि जाम पर्दा सवारी चालक र यात्रु त्रसीत हुने गरेको स्थानीय भिमजंग मल्ल्लले बताए । दाउन्ने पहाडको ठाउंठाउंमा चिरा परेको छ जस्को कारण जोखीम थप बढेको हो । पहिरोले राजमार्ग बन्द हुने वित्तिकै प्रहरी र सडक डिभिजनलाई बाटो खुलाउनको हतारो हुने भएपनि हिउंदका विषयमा यस्को दिर्घा्लिन समाधानमा नलाग्दा वर्षेनी समस्या बल्झीरहने मल्लको भनाई छ । ‘ कति खेर पहिरो जाने हो थाहा हुदैैन , वर्षेनी यही समस्या हुदा समेत समाधानान नलाग्दा वर्षेनीलाखौ रकम पहिरो हटाउनमा मात्र जाने गरेको छ । ’उनले भने ,‘ हिउंदमा सुक्का पहिरो र वर्षातमा ढुङगा झर्ने त्रास छ । ’
बाटोको अवस्था जिर्ण हुदा ट्राफिक व्यवस्थापनमा समस्या परेको छ । साघुंरो बाटोमा भारतीय ट्याङकर र ठुला सवारी उकालोमा गुड्दा सडकको अवस्था थप बिग्रिएको छ । ठुला सवारी विग्रिएपछि किनारा लगाउने स्थान नहुदा घण्टौ सवारीजाम हुन्छ । उकालो ओरालोमा घुमाउरो मोड र साघुंरो सडकमा सवारीको चाप अत्याधिक भएपछि लामो दुरीका यात्रुले सास्ति खेप्नुपर्ने अवस्था छ ।
यात्रुले मात्र होईन सडकको दुरावस्थाको कारण यातायात व्यवसायी र चालकलाई समेत समस्या बढेको छ । विग्रीएको डिकमा दिनहु हिड्दा सवारी विग्रने र इन्धन समेत बढी खाने हुनाले छिटोभन्दा छिटो सडक मर्मत गर्न माग गरेका छन् ।
भैरहवा काठमाण्डौ रुटको यात्रुबहाक बसका चालक केशव नेपालीलाई दाउन्ने र मुग्लिन सडक सम्झदा यो रुटमा सवारी नै चलाउन छाडौ जस्तो भएको छ । ‘ सडक विग्रेपछि तुरुन्त बनाउनुपर्नेमा बर्षौ सम्म पनि मर्मत नगर्दा सवारी विग्रने र इन्धन बढी लाग्ने गर्दछ । ’उनले भने , ‘ दिनहु सवारीमा समस्या आउदा एकाति रसाहुं रिसाउने अर्को तर्फ यात्रु रिसाउने । ’ सडक जिर्ण हुदा जाम हुदा काठमाण्डौ पुग्न समेत दुई दिन लाग्ने गरेको चालकहरुको गुनासो छ ।
नारायणगण बुटवल सडक खण्ड चारलेनको बनाउने भनिएपनि अहिले सम्म काम सुरु हुन सकेको छैन् । सडक विभागले भने चारलेन बन्दै छ भन्दै बिग्रेको स्थानमा समेत मर्मत सम्हार गर्न ढिलासुस्ति गर्दा सडकको अवस्था थप विग्रीएको छ ।    सडक जिर्ण हुदा जिल्लामा हुने सवारी दुर्घटना मध्ये पचास प्रतिसत भन्दा बढी दुर्घटना यही खण्डमा हुने गरेको छ । ‘उकालो ओरालोमा साघुंरो घुम्तीमा पहिरो र बाटोको अवस्था जिर्ण हुदा दुर्घटनाको जोखीम बढेको छ । ’ ट्राफ्रिक प्रहरी निरिक्षक   धर्मेन्द्र रावलले भने । सडक डिभिजन कार्यालयले पहिरो गएमा डोजर लगाउने र बेलाबेलामा खाल्टाखुल्टीमा गिट्टी हाल्दै आएपनि बर्षातको पानीले बगाउदा सडकको अवस्था बिग्रदो छ । सडक डिभिजनले टेण्डर आवहान् गर्नुपर्ने , बजेट माग गर्नुपर्ने र बार्षिक कार्यक्रममा योजना समावेस नभएको भन्दै पन्छीने गरेको छ । पुर्वपश्चिम राजमार्ग चारलेनको निमार्ण गर्ने भनेपछि अहीले राजमार्गमा ठुला खर्चका योजना भएका छैनन् ।
४७ वर्ष पुरानो राजमार्गको क्षमता मुस्किलले ३० टन भएपनि भारतीय नाका बाट भित्रीने अधिकासं भारतीय ट्रक , लहरी तथा कन्टेनरहरु ५० टन भन्दा बढी भार बोकेर कुद्ने गर्दछन् । ओभरलोडको कारण दैनीक साना ठुला दुर्घटना यो खण्डमा घट्ने गर्दछ । सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर अमित बर्माका अनुसार गत वर्ष पहिरोले बगाएको सडक र  ममत संहारका लागि टेण्डर आवहान भएको र केही दिनमा नै मर्मत सम्हार हुने बताए । ‘ हेभी सवारीमा ओभर लोड सामान बोकेर आउने सवारी उकालोमा विग्रिदा जाम भएको हो । ’उनले भने , ‘ हरेक वर्ष मर्मत गरेपनि पहिरोले बगाउदा समस्या भएको हो । 

प्रतिकृया दिनुहोस

अब्यवस्थित मासु पसलले दुगन्धित

५ मंसिर, सुस्ता नवलपरासीको सुस्तामा रहेका दर्जनौ अब्यवस्थित मासु पसलले दुगन्धित बढेको छ । जताततै अनुमति नलिकन बढदो अव्यस्थित मासु पसलले दुगन्धित

शान्ति आधारभुत विधालयमा नगद देखि भुमि दान गर्नेको संख्या वढ्दो ।।

बिष्णु गौडेल  ४ मंसिर,मध्यविन्दु शान्ति आधारभुत विधालय मध्यविन्दु १ सेतापानीमा आयोजित शैक्षिक महोत्सव एब् धनधन्यान्चल गिताज्ञान महायज्ञमा नगद र

अवैध माल सामान पक्राउ

४ मंसिर,नवलपरासी प्रदेश नं. ५ प्रहरी कार्यालय तुल्सीपुर दाङ्ग बाट खटिएको क्रामईम ईन्भेष्टीकेशन स्कावायम टोलि र जिल्ला प्रहरी कार्यालय नवलपरासी बाट