• २०७५-७-५ , सोमबार/ Monday 10-22-18
  • 06:10:15

सुन भनी झुक्याएर पहेँलो धातु बेच्ने दुईजना पक्राउ

२५ असोज, बुटवल

नक्कली वस्तुलाई सुन भनेर झुक्याइ बेच्ने दुई जना पक्राउ परेका छन् । रुपन्देहीको देहदह नगरपालिका १० रम्भादेवी टोल बस्ने २७ वर्षका राजु परियार र नवलपरासी पाल्हीनन्दन गाउँपालिका ६ का ३० वर्षका अब्दुल पखिया पक्राउ परेका हुन् ।  उनीहरुले रुकुम त्रिवेणी गाउँपालिका ६ घर भई दाङ तुल्सीपुर बस्ने २३ वर्षका नरहरि घर्तीलाई बुटवल फूलबारी नजिकै असोज २२ गते साँझपख भेटेर पहेंलो जलप लगाइएको धातुको ढिक्कालाई सुन भनेर झुक्याई २१ लाख २५ हजार रुपैयाँमा बेचेर भागेका थिए । पछि उक्त वस्तु सुन नभएको थाहा भएपछि घर्तीले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । सोही आधारमा खोजतलास गर्दा परियार र पखिया पक्राउ परेका हुन् उनीहरुबाट २१ लाख मध्ये १२ लाख रुपैयाँ नगद,नक्कली सुनको ढिक्का एक थान र २ थान मोबाइल बरामद भएको छ । पक्राउ दुबैजनालाई इलाका प्रहरी कार्यालय बुटवलले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । *अनलाइनखबर

प्रतिकृया दिनुहोस

नवलपरासी बस दुर्घटना अपडेटः मृतकको संख्या ६ पुग्यो

२ असोज  नवलपरासी पूर्वी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६ पुगेको छ । ईटहरी बाट भैरहवाका लागि

नवलपरासी बस दुर्घटना अपडेट : घाइतेको संख्या ५१ पुग्यो मृतकको सनाखत हुन बांकी

२ असोज नवलपरासी पूवी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा भएको बस दुर्घटनामा परि घाईते हुनेको संख्या ५१ पुगेको छ । मृत्यु भएका ५ जनाको अझै सनाखत

पूर्वी नवलपरासीमा बस दुर्घटना ५ जनाको मृत्यु

३ असोज नवलपरासी पूर्वी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा बस दुर्घटना हुंदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने कम्तीमा ३९ जना घाईते भएका छन् ।