• २०७५-८-६ , बिहीबार/ Thursday 11-22-18
  • 12:11:47

मेराे यादमा बडादशैं

लेखकः गणेश पाण्डे 'शिसम'

नवरात्रीको अन्तिम दिन अर्थात दशौं दिनका दिन असत्य माथी सत्यको विजयउत्सवका रुपमा मनाईने हिन्दु धार्मीक मान्यता अनुरुपको सम्पुर्ण नेपालीहरुको महान पर्व हो बडादशैं । हरेक देशले आफ्नो मुद्रामा नोठ छाप्ने र जनतामाझमा नयाँ नोठ लैजान नयाँवर्षको दिनलाई मान्दछ, तर नेपालमा भने हरेक वर्ष बडादशैंमा नै नयाँ नोठहरु बजारमा देखिनाले पनि यसको छुट्टै महत्व रहेको बुझ्न असहज नहोला । हिन्दु शास्त्रअनुसार ठुलाबडाको आशिर्वाद थापेर निधारभरी रातो टिका र जमरा लगाएर गाउँघरमा सबै साथी भाई जम्मा भएर पिङ्ग खेल्दै र टिका थाप्दै मनाईने यो पर्व आफैंमा उल्लासमय मानीन्छ । विदेशमा धन कमाउन गएको छोरा आफ्नो घर आउने दिनलाई सार्दै सार्दै यहि दशैंमा बाबा आमाको आशिर्वाद थाप्ने अवसर बनाउंदछन् । आफ्नो कुलको सबैभन्दा ठुलो मान्यजनबाट टिका र आशिर्वाद थापेर दशैंको टिकाको शुभारम्भ गर्ने प्रचलन छ ।
कमेरो माटोले घरलाई लिपपोत गरेर घर वरपर सफा सुग्घर गरेर दशैंको स्वागतार्थ गाउँ समाजनै दुलहि झैं बन्ने अनि केटाकेटी ले नयाँ लुगा लगाउन पाउने र मिठो मिठो खान पाउने आसामा उफ्रीउफ्री हिड्ने वातावरण हिजो जस्तो लाग्छ । दशैं सुन्दा पनि आनन्द आउने यो शव्द आज आँखा बन्द गरेर कापीको पानामा उतार्ने जमर्को गरेको छु । 

कमेरो माटो बोक्न साथी संगी जुट्दा होस् या बाटो सफा गर्दाको भेलाहोस् त्यो समयमा दिइने अघोषीत दशैंका शुभकामनाहरु जत्ति खोजेपनि अहिलेको रेकर्डेड र कपि पेष्ट गरिएको शुभ विजयादशमीका वाक्यहरुमा भेटिदैन ।

गाउँमा खरले छाएको बुकुरो घर, घर नजिकै मान्छे आवातजावत गर्ने डहर (मान्छे हिंड्न प्रयोग हुने कुलो जस्तो बाटो दुवैतीर ठुलो ढिक भएको) बर्षायाममा त्यहि डहरबाट खोला सरी बग्ने पानीले बिगारेको बाटोलाई दशैंको स्वागत गर्नकै लागी महिनौं लगाएर बनाइने गरिन्थ्यो । गाउं मा घरघरमा जाने गोरेटोलाई सफा बनाउनका लागी ढिकमा भएको तल तलको घांसलाई काटेर भित्ता तासेर सफा चिटिक्क बनाएको देख्दा सबै बालबालीकाको मनमा पनि दशैं आएको प्रष्ट हुन्थ्यो । वर्ष दिनमा एकपटक दशैंको समयमा कमेरो, गेरु ले घरलाई लिपेर सफा नदेखाउँदा सम्म यो मन कहाँ रमाउन सक्थ्यो होला र पहिले पहिले लाईट बाल्नको लागी प्रयोग गरीने विभिन्न कम्पनिका बेट्रिलाई फुटाई कार्बन निकालेर कालो बनाइ सजिन्थे गाउँले बुट्टादार झ्याल र ढोकाहरु । हरेक ले आफुले घर लिपेर सके नसकेको गफीदै गर्दा पानी भर्ने पंधेराहरुमा दशैंको रौनक छाएको देख्न पाइन्थ्यो । गाउँको बलिया युवाहरु गाउँमा रहेको ठुलो पिपलको बोटमा पिङ्ग बाध्नका लागी खर(बाबीया) काट्न र पिङ्ग बनाउन तल्लिन देखिन्थे । दशैंको दिन जमिन छाडेर चिललाई देख्न पाइयो भने राम्रो हुने त्यो जनविश्वास आजको दिनमा भने कहिं कतै लोप हुन लागेको आभाष मिलेको पाइन्छ । फेसन अनुसारका कपडा लगाउन पाउने छोराछोरीको लागी दशैंको महत्व घटेको पाइन्छ । कमेरो माटो बोक्न साथी संगी जुट्दा होस् या बाटो सफा गर्दाको भेलाहोस् त्यो समयमा दिइने अघोषीत दशैंका शुभकामनाहरु जत्ति खोजेपनि अहिलेको रेकर्डेड र कपि पेष्ट गरिएको शुभ विजयादशमीका वाक्यहरुमा भेटिदैन । ब्लेड ले हात काट्दा काट्दै पनि बनाईएको चङ्गा हेरेर तेरो भन्दा मेरो बढि माथी जाने चङ्गा भन्दै आफ्नो पौरखको त्यो शान आजका भाइबहिनीमा पाइदैन । प्रविधि तथा ब्यापारको चपेटामा हाम्रो संस्कृति साँच्चीकै फस्दै गएको आभाष पाइन्छ । हरेक वर्ष दशैंमा रङ्गिने घरहरुले २० वर्ष ग्यारेण्टी १० वर्ष ग्यारेण्टी भएका पेण्टहरु पाएको छ । साथी भाई संगै भएर गाइने गितहरु हिजो आज हरेक व्यक्तिको मोबाइलमा रिङ्गटो बनेर आएको छ । दशैं हिजोका दिनमा कस्तो थियो आज कस्तो भएको छ । हिजोका पुस्ताले छाडेर गएको रमाइलो पनका केहि झलकहरु हामीले देख्न पाएपनि हामीले हामी पछिका पुस्ताहरुलाई भने यो वास्तवीक संस्कृतीको स्वाद भने दिन सकिरहेका छैनौं । आफ्नो परिश्रमलाई खुसी संग साटेर सम्पुर्ण आफन्तजन संग संगे रहेर टिका आशिर्वाद थापेर जमरा लगाएर आफूभन्दा ठुलालाई मान सम्मान गरेर आफन्तहरुकै बिचमा मनाइने यो वडादशैं फेसबुकमा फोटो राख्नका लागी मात्रै आफ्नो कोठामा दुइचार जनाका विचमा टिका लगाएर जमरा राखेर सेल्फी खिचेर नसकियोस् । हाम्रो भौतीक सम्पत्ति संगै संस्कृतीपनि आफ्ना सन्तानमा सदैं जाओस् भन्दै सम्पुर्ण नेपालीहरुमा बिजया दशमीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

धन्यवाद

(लेखकः दाैतरी एफ एम का अध्यक्ष पनि हुनुहुन्छ ।)
 

प्रतिकृया दिनुहोस

लाखौ‌ रुपैयामा विक्रि हुन्छ मेलामा सँस्थाको नाम

वि‍.एन. सौगात बर्दघाट  हिजो आज जताततै मेला महोत्सवको रौनक छाएको छ । देशका विभिन्न ठाउहरुमा महोत्सव लागिरहेका छन् । प्राय: सवै महोत्सवमा केहि न

यात्रा, दृश्य र भविष्य

    दिनानाथ पौडेल  बर्दघाट–१३ , नवलपरासी      बर्दघाट अवस्थित न्यू लाईफ माध्यमिक विद्यालयले आफ्ना शिक्षक शिक्षिकाहरुलाई पूर्र्वी

मानिस, मोबाइल र मृत्यु

दिनानाथ पौडेल  बर्दघाट १३ , नवलपरासी       एक्काईसौं सताब्दीको चिनारी प्रबिधि हो । यो मानव निर्मित सर्वोत्कृष्ट उपलब्धि हो भने मानव मृत्युको