• २०७५-८-६ , बिहीबार/ Thursday 11-22-18
  • 12:11:12

भारतमा रेलले किचेर ३ वर्षमा करिब ५० हजार मृत्यु

७ कात्तिक, काठमाडौं

 

भारतमा सन् २०१५ देखि २०१७ सम्मको तीन वर्षको अवधिमा बाटो काट्ने क्रममा रेलले किचेर करिब ५० हजार जनाको मृत्यु भएको छ । रेलमार्गबाट बाटो काट्ने क्रममा तीन वर्षमै यति ठूलो संख्यामा नागरिकका मृत्यु भएको हो । भारतीय रेलसेवाले मंगलबार यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

 

भारतको पञ्जाबमा हालैमात्र यसरी नै रेलको लिकमा परेर ६१ जनाको ज्यान गएको थियो । सो दुर्घटनापछि भारतीय रेलसेवा कार्यालयले यो जानकारी गराएको हो । रेलमार्गको नजिकैबाट भारतीय हिन्दूहरुको चाड नवरात्रका अवसरमा लागेको मेला हेर्ने क्रममा अकस्मात रेल आएर किच्दा उनीहरुको मृत्यु भएको बताइएको थियो । पछिल्लो तीन वर्षमा ४९ हजार ७९० जनाको ज्यान गएको उक्त कार्यालयले जानकारी दिएको हो । भारतीय रेलसेवा कार्यालयले यस्तो दुर्घटना घटाउन कैयौँ कार्यक्रमहरु सञ्चालन गरिरहेको बताएको भए पनि यसरी हुने मृत्युको दरमा भने कुनै कमी आएको छैन ।भारत विश्वमै सबैभन्दा ठूलो रेल सञ्जाल भएको देश हो । भारतमा दैनिक लाखौं व्यक्तिले रेलमार्गबाट यात्रा गरिरहेका हुन्छन् । (अनलाइनखबर)

प्रतिकृया दिनुहोस

युरोपीय संघबाट बाहिरिने ब्रिटेन मन्त्रिपरिषदको निर्णय

२९ कात्तिक, काठमाडौं ब्रिटेन युरोपीय संघबाट बाहिरिने भएको छ । ब्रिटेन सरकारको मन्त्रिपरिषदले युरोपीय संघबाट अलग हुने निर्णय गरेको हो । यस विषयमा

परमाणु रियक्टर बनाउने साउदी अरबको घोषणा

२० कात्तिक, काठमाडौं साउदी अरबले पहिलो परमाणु रियक्टर बनाउने घोषणा गरेको छ । साउदी अरबका क्राउन पि्रन्स मोहम्मद बिन सलमानले सरकारी समाचार

साउदीसँग माग्यो पाकिस्तानले उधारोमा तेल

२१ असोज, काठमाडौं पाकिस्तानले साउदी अरबसँग उधारोमा तेल मागेको छ । साउदी वित्त मन्त्रीले यसै हप्ता पाकिस्तानको भ्रमण गरेका थिए र सोही अवसरमा