• २०७५-१०-६ , आइतबार/ Sunday 01-20-19
  • 07:01:53

टुलुटुलु

 

क्रान्तिको ज्वारभाटा पूर्णत सेलाएपछी 
परिवर्तनका सोचहरु यति सजिलै परम्परामा घुल्दा रहेछन,
शोषितहरुको मार्क्सवाद र माओबाद क्षेदन गरेपछि
अलौकिक शक्ति र रुडीबादमा अग्रगामीहरू यति बिग्न लट्ठीदा रहेछन ,
ढोग्ने संस्कार घुडा टेक्नेमा रुपान्तरण हुदा टुलुटुलु हेर्न सक्दा रहेछन ।

 

लैंगिक अधिकार भन्दै छाप्रामा पुग्नेहरु, सत्तासिन भएपछी
अवला किशोरी बलात्कृत भै हत्या हुदा न्यायको स्वर मार्न सक्दा रहेछन 
नारी असुरक्षाको कुहिरोले देशलाई पुरै छोप्दा ,
अत्याचार बिरुद्दको आफ्नै आवाज भुल्दा रहेछन
ढोग्ने संस्कार घुडा टेक्नेमा रुपान्तरण हुदा टुलुटुलु हेर्न सक्दा रहेछन ।

 

बिस्तारबाद बिरुद्द बिगुल फुक्नेहरु, कहिल्यै नझुक्ने भन्नेहरु, बागडोर सम्हालेपछि,
फुल झैँ ओइलिदा रहेछन,छेपारो झैँ रंग फेर्दा रहेछन, मक्किने रहेछन,
फिक्का बन्ने रहेछन,पहिचान गुमाउने रहेछन 
कालापानीको कुनो लिपुलेक थाहै नदिई लुसुक्क नक्साबाट हटाउदा,
चुपचाप मौन रहने रहेछन
ढोग्ने संस्कार घुडा टेक्नेमा रुपान्तरण हुदा टुलुटुलु हेर्न सक्दा रहेछन ।


आवाजविहीनहरुको आवाजको प्रतिनिधित्व गर्छु भन्नेहरु सदनमा पुगेपछि,
केवल आफ्नै आवाजको प्रतिनिधि बन्ने रहेछन 
प्रतिज्ञा र प्रतिबद्दताहरु पुरै टाट पल्टिने रहेछन
सयौ स्वार्थ समुहहरुको स्वार्थ पो संबिधान कानुन बन्ने रहेछ,
क्रान्तिका नायकहरु सम्भ्रान्तहरूको कित्तामा पुग्दारहेछन ,       
ढोग्ने संस्कार घुडा टेक्नेमा रुपान्तरण हुदा टुलुटुलु हेर्न सक्दा रहेछन ।
                                                                                                                                                   

 

दिनानाथ पौडेल 

 बर्दघाट १३ , नवलपरासी 
 

प्रतिकृया दिनुहोस

नेपालकै पहिलो लोक सांस्कृतिक तथा पर्यटन महोत्सव नवलपरासीमा हुने

दौतरी एफ एम नवलपरासी पुस २३ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा नवलपरासीको आयोजनामा  प्रथम लोक सांस्कृतिक एवं पर्यटन महोत्सव

अमित बराललाई नवलपरासीमा भब्य सम्मान गरिने

नारायण भण्डारी नवलपरासी मंसिर २६ नेपाल आईडल सिजन टु का उत्कृष्ट पांच प्रतिस्पर्धी बनेका अमित बराललाई आज नवलपरासीमा भब्य सम्मान गरिने भएको छ । अमित

धोकेबाज प्रेमिकाको सम्झनामा रोए कृष्ण

  नारायण भण्डारी नवलपरासी मंसिर २४ बैदेशिक रोजगारको शिलसिलामा दक्षिण कोरिया गएका गुल्मी अस्लेवाका कृष्ण पाण्डे क्षेत्री  प्रमिकाले धोका