• २०७५-६-१० , बुधबार/ Wednesday 09-26-18
  • 09:09:03

चैत ६ देखि माइक्रो बसका चालक र सहचालकलाई ड्रेस

३० फागुन, काठमाडौं 

आगामी चैत ६ गतेदेखि काठमाडौं उपत्यकाभित्र गुड्ने सार्वजनिक सवारीका चालक तथा सह-चालकले विशेष पोशाक (ड्रेस) लगाउन थाल्ने भएका छन् ।  पहिलो चरणमा उपत्यकाभित्रका माइक्रो बसका चालकहरुले विशेष पोशाक लगाउने भएका छन् । यो व्यवस्थालाई क्रमैसँग बाहिरी जिल्लामा पनि लागू गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यातायात मजदुरको पहिचान झल्किने गरी विशेष ड्रेस कोड तोकिएको र त्यसको सुरुवात माइक्रोबसबाट गर्ने तय भइसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले  जानकारी दिए । चैतको ६ गतेबाट माइक्रो बसका चालकले पहेँलो र सहचालक हरियो रंगको पोशाक लगाउनेछन् । गर्मी सुरु भएकाले उनीहरुले पातला ‘विन्ड चिटर’ लगाउने छन् । महाशाखाले सार्वजनिक सवारीका चालक तथा सहचालकलाई अनुशासित बनाउन छुट्टै ड्रेसको व्यवस्था गर्न केही महिनाअघि देखि नै प्रयास थालेको थियो । उपत्यकाका झण्डै ५० वटा यातायात समितिले युनिफर्म तोक्ने विषयमा सहमति जनाइसकेका छन् । महाशाखा प्रमुख सर्वेन्द्र खनालले लामो समय व्यवसायीसँग छलफल गरेर यसलाई कार्यान्वयनमा लैजाने तयारी गरेका हुन् ।  अब यातायात मजदुरलाई व्यवसायीहरुले नै आफ्नै खर्चमा पोशाकको व्यवस्था गर्नेछन् । सार्वजनिक सवारीमा यात्रुहरु चालक तथा सहचालकबाटै दुब्र्यवहारमा पर्ने गरेका छन् । उनीहरुलाई आफ्नो पेशाप्रति उत्तरदायी बनाउन युनिफर्म तोक्न लागिएको ट्राफिक प्रहरीले जनाएको छ । ‘ड्रेस तोकेपछि यातायात मजदुरको पहिचान सहज हुन्छ । पोशाक लगाएपछि समस्या रहेका चालक र सहचालककको बानी व्यवहारमा सुधार आउँछ । यो अन्तर्राष्ट्रिय अभ्यास पनि हो,’ नायक प्रहरी उपरीक्षक मरासिनीले भने,’भीडभाडमा पनि यातायात मजदुरलाई सजिलै चिन्न सकिन्छ । यसले उनीहरुलाई मर्यादा बस्न र जिम्मेवारी बोध गर्न बाध्य पार्छ ।’  उपत्यकामा झण्डै ३२ हजार सार्वजनि सवारी चल्ने गरेका अनुमान छ । केही समयपछि अरु बससहित ट्याक्सी, टेम्पोका चालकले पनि युनिफर्म लगाउने व्यवस्था गर्न लागिएको महाशाखाले जनाएको छ । कुनै नीतिगत वा कानुनी व्यवस्थामार्फत नभएर व्यवसायीलाई जिम्मेवार बनाएर यसलाई लागू गर्न लागिएको हो । ‘यो लागू भएपछि सार्वजनिक सवारीमा दुब्र्यबहार कम हुन्छ । मजदुरको पनि इज्जत र प्रतिष्ठा बढ्छ,’ मरासिनीले भने,’यसले चालकको आचरणमा पनि सुधार ल्याउँछ । त्यसका कारण दुर्घटनामा पनि कमी ल्याउने सक्छ ।’ मजदुरले तोकिएको ड्रेस लगाउन थालेपछि सार्वजनिक यातायातको गरीमा पनि बढ्ने अपेक्षा ट्राफिक प्रहरीको छ । अहिले साझा यातायात, केही ट्याक्सी सेवा प्रदायक कम्पनी, एयरपोर्टको प्रिपेड ट्याक्सीले चालकका लागि पोशाक तोकेका छन् । विकसित देशहरुमा पनि सार्वजनिक सवारी चलाउनेले आफ्नो पहिचानका लागि विशेष पोशाक लगाउने चलन छ । त्यसलाई नेपालमा पनि लागू गर्नुपर्ने पक्षमा ट्राफिक प्रहरी छ । छिमेकी भारतमा पनि सवारी चालकहरुले बेग्लै युनिफर्म लगाउने गरेका छन् ।

 

अनलाइनखबर

प्रतिकृया दिनुहोस

कानूनको अभाव प्रमुख चुनाैती–मुख्यमन्त्री

९ असोज, बुटवल नेपालको संविधानले व्यवस्था गरेको स्थानीय तह तथा प्रदेशबीचका साझा अधिकार क्षेत्रको प्रयोग तथा प्राकृतिक स्रोत साधनको बाँडफाँड, विकास

सहयोगीको प्रश्न : बालबालिका कहिले सम्म असुरक्षीत ?

दौतरी एफ एम नवलपरासी असोज ९ देश भर बालबालिका माथी भैरहेको हिंसा, र बढ्दो असुरक्षाको विषयमा सरोकारहरुलाई सचेत गराईएको छ । पश्चिम नवलपरासीको

अन्धविश्वासको पछि लाग्ने प्रिन्सीपल सहित ५ जना प्रहरी नियन्त्रणमा

  ८–असोज,नवलपरासी पश्चिम नवलपरासीमा गढेको धन निकाल्ने भन्दै खाडल खनि पुजा गरिरहेका प्रतापपुर ३ अमवामा रहेको गोल्डेन लाईफ ईङ्गलिस स्कुल का