• २०७५-१०-६ , आइतबार/ Sunday 01-20-19
  • 07:01:09

३ महिनाको कमाई साढे १३ अर्ब डलर

सन् २०१८ को तेश्रो त्रैमासिकमा फेसबुक कम्पनीले १३ अर्ब ५० करोड डलर राजश्व संकलन गरेको छ । जसबाट उक्त अवधिमा फेसबुकले खूद ५ अर्ब १० करोड डलर आम्दानी गरेको छ । सेप्टेम्बर ३० मा सकिएको तेश्रो त्रैमासिकको रिपोर्ट अनुसार फेसबुकका कूल मासिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब २७ करोड पुगेको छ । जबकी दैनिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब ४९ करोड रहेको छ ।   

 

फेसबुकको प्रयोगकर्ताको संख्याको यो बढोत्तरी गत वर्षको यो अवधिको तुलनामा ९ प्रतिशतले बढि हो । विश्वको क्षेत्रगत वृद्धिदरको हिसाबले एसिया प्रशान्त क्षेत्रमा फेसबुकले सबैभन्दा धेरै ३८ प्रतिशत वृद्धिदर हासिल गरेको छ । त्यस्तै युरोपमा ३४ र उत्तर अमेरिकामा ३३ प्रतिशत वृद्धिदर हासिल भएको छ । फेसबुकका सिइओ मार्क जुकरबर्गले रिपोर्टमा भनेका छन्, ‘हाम्रो समुदाय तथा व्यवसाय निरन्तर रुपमा तिब्र विस्तार भैरहेको छ । अहिले २ अर्ब भन्दा धेरै मानिसले दिनमा कम्तिमा एकपटक फेसबुक चलाउँदछन् ।’ अहिले फेसबुकले प्राइभेट मेसेजिङ र स्टोरिजमा उत्कृष्ट सेवा प्रदान गरिरहेको र भिडियो र कमर्श क्षेत्रमा पनि पर्याप्त अवसर रहेको उनको भनाई छ ।

 

फेसबुकका अनुसार अहिले २ अर्ब ६० करोड मानिसले हरेक महिना फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम वा मेसेन्जरमध्ये एक वा सबै चलाउँदछन् । यी मध्ये कम्तिमा २ अर्ब मानिसले दिनमा कम्तिमा एकपटक यी मध्ये कम्तिमा एउटा सेवा प्रयोग गरेका हुनेछन् । फेसबुक कम्पनीमा अहिले ३३ हजार ६०६ जना कर्मचारीले काम गरिरहेका छन् । रिपोर्ट अनुसार पछिल्लो समयमा भारत, इण्डोनेसिया र फिलिपिन्समा सक्रिय फेसबुक प्रयोगकर्ताको संख्या बढेकोले दैनिक सक्रिय फेसबुक प्रयोगकर्ताको संख्या १ अर्ब ४९ करोड पुगेको छ । रिपोर्ट अनुसार मोबाइल विज्ञापनको राजश्वले फेसबुकको कूल राजश्वमा ९२ प्रतिशत हिस्सा ओगटेको छ । तेश्रो त्रैमासिकमा आम्दानीमा सन्तोषजनक वृद्धि भएपनि चौथो त्रैमासिकमा भने केही गिरावट हुने फेसबुकले प्रक्षेपण गरेको छ । (अनलाइनखबर)

प्रतिकृया दिनुहोस

के गर्न पाइँदैन सामाजिक सञ्जालमा ? १५ वर्ष जेल हाल्ने साइबर कानून आउँदै,

२ माघ, काठमाडौं सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरुमाथि कठोर कारवाहीको माग भइरहेका बेला सरकारले नयाँ कानुनको मस्यौदा तयार पारेको छ । संघीय संसदमा

सावधान ! यी हुन् सबैभन्दा कमजोर पासवर्ड

यो वर्ष सन् २०१८ मा सबैभन्दा धेरै ह्याक भएका वा सर्वाधिक कमजोर पासवर्डको खुलासा भएको छ । साइबर सेक्योरिटी फर्म स्प्लास डाटाले यसको खुलासा गरेको हो

विश्वभर निःशुल्क वाईफाई

चीनको एक कम्पनीले निकट भविष्यमै अन्तरीक्षमा आफ्नो स्याटेलाइट प्रक्षेपण गर्नेछ, जसले पूरै विश्वभर निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ