• २०७५-८-६ , बिहीबार/ Thursday 11-22-18
  • 12:11:54

मोबाईल टावर संचालनमा आएपछि संचारमा सहज


दौतरी एफ एम 
नवलपरासी कार्तिक २२ 
सहज ससंचार पहुंचवाट टाढा रहेका बर्दघाट नगरपालिकाका पहाडि भेगका नागरिहरु संचारकोटमा नेपाल टेलिकमको जि एस एम मोबाईल विटिएस टावर      संचालनमा आएपछि खुसी भएका छन् ।  बर्दघाट नगरपालिकाको वडा नम्बर २ अन्तरगतका आमबास, बांसखोला, सुखौरा, पटुके, तिल्किेनी, संसारकोट लगायतका क्षेत्रलाई लक्षित गरी नेपाल टेलिकमको विटिएस टावर संचालनमा ल्याएपछि संचारका लागि सहज भएको हो । 


 
बर्दघाट नगरपालिकाको पहलमा नेपाल टेलिकमले संसारकोटमा जि एस एम मोबाईल विटिएस टावर संचालमा ल्याएको हो । यस अघि त्यस क्षेत्रमा संचारको सुलभ पहुंच नहुंदा मोबाईल प्रयोग गर्न समेत असहज हुदै आईरहेको थियो । टेलिकमले निर्माण गरेको टावरले बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्यालले उद्घाटन गरे संगै सेवा दिन सुरु गरेको छ । 

 


त्यस क्षेत्रका यूवाहरु बैदेशिक रोजगारको सिलसिलामा बैदेसिक रोजगारमा रहेको तर मोबाईलको नेटवर्क सहज नहुंदा घर परिवार संग कुराकानी गर्न समेत असहज भएको थियो । कतै फोन गर्न परे तत्काल फोन नलाग्ने लागिहाले पनि आवाज नवुझिने जस्ता समस्या रहेकोमा अहिले टेलिकमले जि एस एम मोबाईल विटिएस टावर संचालनमा ल्याएपछि सहज भएको बर्दघाट २ संसारकोटका प्रेम सोमई मगरले बताए । मोबाईल टावर संचालनमा आएपछि टु जी ईन्टरनेट सेवा पनि सुरु भएकोले ईन्टरनेट प्रयोग गर्न पनि सहज हुने उनको भनाई छ ।

 


धेरैजसो बैदेशिक रोजगारमा रहेकाहरुले ईन्टरनेटमार्फत घर परिवार संग कुराकानी गर्न खोजे पनि ईन्टरनेटको पहुंच  नहुंदा सम्भव भएको थिएन । अहिले टावर संचालनमा आएपछि त्यो पनि सहज भएको स्थानियहरुले बताएका छन् । उनीहरुले छिट्टै थ्रिजी सेवा पनि संचालनमा ल्याउन टेलिकमलाई आग्रह गरेका छन् ।

 

 

सहज रुपमा मोबाईल प्रयोग गर्न पाईने भएपछि बर्दघाटका उच्च पहाडि भेगका नागरिकहरुमा खुसीयाली छाएको छ । जी एस एम मोबाईल विटिएस टावर संचालनमा आएपछि त्यहांका नागरिकले फोन गर्ने सुविधाका अलावा टु जी ईन्टरनेट सेवा समेत पाएका छन् । छिट्टैनै त्यस क्षेत्रमा थ्री जी ईन्टरनेट सेवा उपलब्ध गराउने तयारी समेत भैरहेको नेपाल टेलिकम बर्दघाट शाखाले जनाएको छ । टेलिकमले त्यहांका हरेक घरधुरीलाई आवश्यकता अनुसार निशुल्क प्रिपेड सिम उपलब्ध गराउने तयारी समेत गरेको छ । 

 

 

मोबाईल सेवाको उद्घाटन गर्दै बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्यालले अव नागरिकले सहज रुपमा संचार सेवा प्रयोग गर्न पाउने बताउनुभयो । उनले बर्दघाट नगरपालिकाको पहाडि भेगलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न लागेकोमा संचारको सहज पहुंचले एउटा ईट्टा थप्ने काम गरेको बताए । शर्माले छिट्टैनै त्य क्षेत्रमा अन्य विकास निर्मााणका कामलाई समेत तिब्र रुपमा अगाडि बढाउने बताउनुभएको छ । 

प्रतिकृया दिनुहोस

बैंक एटिएममा धावा बोल्दै विश्वका खतरनाक ह्याकरहरु

पछिल्ला केही वर्षयता विश्वमा साइबर क्राइमका घटनाहरुमा उल्लेख्य वृद्धि भैरहेको छ । मालवेयर अट्याक, ह्याकिङ्ग जस्ता घटनाहरु आजकल सामान्यजस्ता

३ महिनाको कमाई साढे १३ अर्ब डलर

सन् २०१८ को तेश्रो त्रैमासिकमा फेसबुक कम्पनीले १३ अर्ब ५० करोड डलर राजश्व संकलन गरेको छ । जसबाट उक्त अवधिमा फेसबुकले खूद ५ अर्ब १० करोड डलर आम्दानी

फेसबुकमाथि ८ करोड जरिवाना

९ कात्तिक, काठमाडौं   प्रयोगकर्ताका डाटाको गोपनियता उल्लंघन गर्ने गम्भीर कसूर गरेको अभियोगमा सोसल मिडिया साइट फेसबुकमाथि झण्डै ८ करोड डलर