• २०७५-८-६ , बिहीबार/ Thursday 11-22-18
  • 12:11:41

रोकिएन पटका आतंक

नवलपरासी कार्तिक २२ 

तिहारमा पटका पड्काउन प्रतिबन्ध लगाईएपनि  कार्यान्वयन हुन सकेन । भारतिय सिमावर्ती बजार बाट लुकाईछिपाई ल्याएका पटका अहिले पश्चिम नवलपरासीका सवै बजारहरुमा छ्याप्छ्याप्ती पाईन्छ ।प्रहरीले  पटका नियन्त्रण गर्नका लागि सिमावर्ती क्षेत्रमा सक्रियता समेत बढाएको  थियो । सक्रियता संगै सिमा क्षेत्रबाट नेपाल प्रहरी र शसस्त्र प्रहरीले पटकाहरु समेत बरामद गरेर नष्ट गरेको थियो । 

 

प्रशासनले पटका खरिद विक्रि गर्न र पड्काउन प्रतिबन्ध लगाएपनि अहिले बजारहरुमा ब्यापारीहरुले लुकाई छिपाई पटका विक्रि गरिहेका छन् भने बालबालिका तथा यूवाहरु समेत चोक चोकमा पटका पड्काएर रमाईरहेका छन् । जथाभावी रुपमा पटका पड्काउदा अंगभंग हुने देखि आंखाको ज्योति सम्म गुम्ने खतरा हुनेगर्दछ । नवलपरासीमा पटका पड्काउदा आगलागिका घटनाहरु समेत  घट्ने गरेका छन् । 

 

तिहार नजिकिदै  जांदा पटका आतंक पनि बढ्दै गएको छ । सांझ परे संगै लगातार रुपमा पड्कीने पटकाको आवाजले दिक्क बनाउने गरेको छ । रातको समयमा समेत पटका पड्काउदा बजार क्षेत्रमा बस्नेहरुले निदाउन समेत नपाईने गुनासो गर्दछन् । 

 

पटका पड्काउनका लागि रोक लगाउने प्रशासन खुल्लेआम पटका पड्काईरहदा भने प्राय मुखदर्शक बन्ने गरेको छ । नत पटका किनबेच गर्ने ब्यापारीहरुलाई अनुगमन गर्दछ नत पड्काउनेहरुलाई कारबाहि गर्दछ । अभिभावकहरुले पनि आफ्ना बालबालिका हरुलाई पटका पड्काउन रोक लगाउने गरेका छन् । जताततै पड्कीने पटकाले आतंक नै मच्चाएको छ । 

 

जथाभावी रुपमा पटका पड्काउदा अहिले धान स्याहार्ने सिजनमा आगलागिका घटना हुन सक्ने जोखीम समेत बढ्दै गैरहेको छ । 
 

प्रतिकृया दिनुहोस

अब्यवस्थित मासु पसलले दुगन्धित

५ मंसिर, सुस्ता नवलपरासीको सुस्तामा रहेका दर्जनौ अब्यवस्थित मासु पसलले दुगन्धित बढेको छ । जताततै अनुमति नलिकन बढदो अव्यस्थित मासु पसलले दुगन्धित

शान्ति आधारभुत विधालयमा नगद देखि भुमि दान गर्नेको संख्या वढ्दो ।।

बिष्णु गौडेल  ४ मंसिर,मध्यविन्दु शान्ति आधारभुत विधालय मध्यविन्दु १ सेतापानीमा आयोजित शैक्षिक महोत्सव एब् धनधन्यान्चल गिताज्ञान महायज्ञमा नगद र

अवैध माल सामान पक्राउ

४ मंसिर,नवलपरासी प्रदेश नं. ५ प्रहरी कार्यालय तुल्सीपुर दाङ्ग बाट खटिएको क्रामईम ईन्भेष्टीकेशन स्कावायम टोलि र जिल्ला प्रहरी कार्यालय नवलपरासी बाट