• २०७५-८-६ , बिहीबार/ Thursday 11-22-18
  • 12:11:25

सहयोगीको देउसीभैलो : उठेको रकम बालबालिकाको क्षेत्रमा खर्च गर्ने

नवलपरासी कार्तिक २२ 
सामाजीक क्षेत्रमा काम गर्दै आईरहेको सहयोगी यूथ क्लवले देउसी भैलो खेलिरहेको छ । दौतरी एफ एम १०५.८ मेगाहर्जको सामाजीक क्षेत्रमा काम गर्ने समुह सहयोगी यूथले विगत देखिनै सामाजीक क्षेत्रमा विभिन्न काम गर्दै आईरहेको छ । आफ्नो खाजा खर्च कटाएर क्लबका सदस्यहरुले वालबालिकाको क्षेत्रमा हिंसा विरुद्ध विभिन्न कार्यक्रम आयोजना गर्दै आईरहेको र स्कुल अभियान संचालन गरिरहेकोमा देउसी भैलो मार्फत रकम संकलन गरी बालबालिकाकै क्षेत्रमा थप  कार्यक्रमहरु संचालन गरिने सहयोगी यूथका संयोजक किरण बस्यालले बताउनुभयो ।


सहयोगिले स्कुल स्तरमा सामाजीक संजालको प्रयोग, संगतले पार्ने प्रभाव र हिंसाबाट कसरी बच्ने भन्ने सम्बन्धमा विभिन्न अभिमुखीकरण कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । सहयोगीले देउसी भैलो खेल्न चाहने क्लवका सदस्यहरुलाई अभिभावकहरुको स्किृति लिएर रातको ९ बजे सम्म मात्र कार्यक्रम गर्दै आईरहेको छ । देउसीभैलो खेल्ने पुरानो परम्पराको संरक्षणका लागि पनि कार्यक्रम गरीएको बस्यालले बताउनुभयो । 


देउसीभैलो खेल्ने नाममा विकृति विसंगति भित्रिदै गएको र रकम संकलन गरी बनभोज जाने, भ्रमण जाने क्रम बढेको भन्दै आफुहरु भने नितान्त सामाजीक काममा रकम खर्च गर्ने गरी देउसीभैलो खेलेको सह संयोजक सोभा सापकोटाले बताउनुभयो । विगतका दिनहरुमा खाजा खर्च कटाएर प्रत्येक सदस्यहरुले स्कुल स्तरमा विभिन्न कार्यक्रम गर्दै आईरहेकोमा देउसी भैलोबाट संकलन भएको रकमले अझ धेरै काम गर्ने सापकोटाको भनाईछ । 


सहयोगीले देउसीभैलोमा दानका लागि कसैलाई जवरजस्ती नगरेको र स्वस्फुर्त रुपमा दानदाताले दिएको दानलाई सहर्ष स्विकार गरेको क्लवका सदस्य मनोज रिमालले बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस

अब्यवस्थित मासु पसलले दुगन्धित

५ मंसिर, सुस्ता नवलपरासीको सुस्तामा रहेका दर्जनौ अब्यवस्थित मासु पसलले दुगन्धित बढेको छ । जताततै अनुमति नलिकन बढदो अव्यस्थित मासु पसलले दुगन्धित

शान्ति आधारभुत विधालयमा नगद देखि भुमि दान गर्नेको संख्या वढ्दो ।।

बिष्णु गौडेल  ४ मंसिर,मध्यविन्दु शान्ति आधारभुत विधालय मध्यविन्दु १ सेतापानीमा आयोजित शैक्षिक महोत्सव एब् धनधन्यान्चल गिताज्ञान महायज्ञमा नगद र

अवैध माल सामान पक्राउ

४ मंसिर,नवलपरासी प्रदेश नं. ५ प्रहरी कार्यालय तुल्सीपुर दाङ्ग बाट खटिएको क्रामईम ईन्भेष्टीकेशन स्कावायम टोलि र जिल्ला प्रहरी कार्यालय नवलपरासी बाट