• २०७५-६-१० , बुधबार/ Wednesday 09-26-18
  • 09:09:17

प्रतिपक्षमै बसेर सरकारलाई घुँडा टेकाउने हो-रामचन्द्रको उद्घोष :

३० फागुन, काठमाडौं 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षमा बसेर नै सरकारलाई घुँडा टेकाउनुपर्ने बताएका छन् । पार्टीका प्रतिनिधिसभा र प्रदेशसभा सांसदका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उनले प्रतिपक्षमा प्रभावकारी भूमिका निर्वाह गरेर सरकारलाई जिम्मेवार बनाउनुपर्ने बताएका हुन् । ‘प्रतिपक्षीको भूमिकाबाटै सरकारको घुडा टेकाउने हो । कडा रूपमा लागौं, मेहेनत गर्नुपर्छ, सकिन्छ ‘ पौडेलले भने । उनले कांग्रेसका सांसदहरु संसदमा जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने भन्दै पार्टीको जिम्मा नै संसद सदस्यहरुको काँधमा रहेको टिप्पणी गरे । सरकारले सुविधाजनक बहुमत हुँदाहुँदै दुई तिहाई बहुमत खोज्नु गम्भीर विषय भएको पौडेलको भनाइ छ । ‘सुविधाजनक मत हुँदाहुँदै किन दुई तिहाइ मागियो ? यसलाई गम्भीर रूपमा लिएका छौं’ उनले भने । पौडेलले राष्ट्रियसभा सदस्य नियुक्तिमा राष्ट्रपतिको भूमिकाको पनि आलोचना गरे । ‘राष्ट्रियसभा भन्दा पहिले किन सरकार गठन गरियो ? निर्वाचन आयोगले त पहिले राष्ट्रिय सभा भनेकै थियो’ उनले भने ‘तर, राष्ट्रपतिले रोकेर सरकार गठन गरी राष्ट्रिय सभालाई पछि पूर्ण ता दिइयो ।’ बरिष्ठ नेता पाैडेलले सरकारले प्रधान न्यायाधीस गोपाल पराजुलीलार्इ महाअभियोग लगाए त्यसको प्रतवाद गर्ने संकेत गरेका छन् । ‘अहिले महाअभियोगको कुरा अाएको छ,’ उनले भने, ‘खबरदार महाअभियोग लगाउन पाइदैन ।’ सरकारका गतिविधिहरूले सर्बसत्तावाद लाद्न खोजेको भन्दै नेता पाैडेलले सरकारले न्यायलय र संविधानलार्इ नियन्त्रणमा लिन खोजेको अारोप लगाए । पार्टी कार्यालय सानेपामा  सांसदहरूका लागि अायोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका थिए । उद्घाटन कार्यक्रममा कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छादार, महामन्त्री सशांक कोइराला लगायत नेता तथा प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरूको उपस्थिति रहेको थियो ।

 

 

 

अनलाइनखबर

प्रतिकृया दिनुहोस

कानूनको अभाव प्रमुख चुनाैती–मुख्यमन्त्री

९ असोज, बुटवल नेपालको संविधानले व्यवस्था गरेको स्थानीय तह तथा प्रदेशबीचका साझा अधिकार क्षेत्रको प्रयोग तथा प्राकृतिक स्रोत साधनको बाँडफाँड, विकास

सहयोगीको प्रश्न : बालबालिका कहिले सम्म असुरक्षीत ?

दौतरी एफ एम नवलपरासी असोज ९ देश भर बालबालिका माथी भैरहेको हिंसा, र बढ्दो असुरक्षाको विषयमा सरोकारहरुलाई सचेत गराईएको छ । पश्चिम नवलपरासीको

अन्धविश्वासको पछि लाग्ने प्रिन्सीपल सहित ५ जना प्रहरी नियन्त्रणमा

  ८–असोज,नवलपरासी पश्चिम नवलपरासीमा गढेको धन निकाल्ने भन्दै खाडल खनि पुजा गरिरहेका प्रतापपुर ३ अमवामा रहेको गोल्डेन लाईफ ईङ्गलिस स्कुल का