• २०७५-८-२६ , बुधबार/ Wednesday 12-12-18
  • 01:12:06

लाखौ‌ रुपैयामा विक्रि हुन्छ मेलामा सँस्थाको नाम

वि‍.एन. सौगात

बर्दघाट

 हिजो आज जताततै मेला महोत्सवको रौनक छाएको छ । देशका विभिन्न ठाउहरुमा महोत्सव लागिरहेका छन् । प्राय: सवै महोत्सवमा केहि न केहि नारा तय गरिएकै हुन्छ । महोत्सवको नाम लिदा कृषि, पर्यटन, ब्यापार, कला संस्कृतिको प्रवर्द्धन जोडिएको हुन्छ । पछिल्लो समय मेला महोत्सवमा उच्छृङ्खल गतिविधि समेत बढ्दै गएको पाईन्छ । गज्जवको कु रात के छ भने मेलाको ब्यवस्थापन गर्ने र नाफा घाटा बेहोर्ने पनि अर्कै तर आयोजक भने स्थानिय स्तरबाटै रहेका हुन्छन् । अझ भनौ मेला महोत्सव ठेक्कामा लाग्ने गर्दछ ।

 

ठेकेदारले केहि लाख रुपैंया आयोजकलाई दिन्छन् र पाएको केहि लाखमा आयोजकले कसैको ब्यापारका लागि आफ्नो संस्थाको नाम बेचिदिन्छन् । स्थानिय स्तरमा भने आफुहरुको संस्था नै आयोजक भएको भ्रम छरीरहेका हुन्छन् । स्थानिय स्तरमा लाग्ने मेला महोत्सवमा न त स्थानिय ब्यापारीले रोजेका स्टलहरुनै उपलब्ध हुन्छन् न त स्थानिय उत्पादनले ठाउ पाउंछन् । ठेकेदारले आफु अनुकलका ब्यापारीहरुलाई पहिलेनै स्टल उपलब्ध गराउछन् बांकी बचेखुचेका स्टल आयोजकका तर्फ बाट स्थानियलाई उपलब्ध गराईन्छ ।

 

 बर्षौ देखि बजारमा ब्यापार गर्दै आईरहेका ब्यापारीले महोत्सवमा ठाँउ नै पाउदैनन् तर महोत्सवका नाममा बाहिरबाट आउने ब्यापारीहरुले लाखौको ब्यापार गरेर जान्छन् त्यसको प्रत्यक्ष असर स्थानिय बजारमा पर्ने देखिन्छ । हामीले सांच्चिकै स्थानिय स्तरमा ब्यापारको  प्रवर्द्धन गर्ने हो भने मेला महोत्सव ठेक्कामा दिने परिपाटि तोड्नै पर्छ । अरु बेला अनुगमनको ढेङ्ग्रो ठोक्नेहरु पनि महोत्सवका स्टलमा कस्ता सामाग्री विक्रिमा राखिएका हुन्छन् ? गुणस्तर कस्तो छ ? कति मुल्यमा बेचेका छन् ? कतै उपभोक्ता ठगिएका त छैनन् ? कत्तिपनि चासो दिएको पाईदैन । लाखौ उपभोक्ताहरुको चहल पहल हुने ठाउमा अनुगमन हुन आवश्यक हुन्छ की हुंदैन ? के सांच्चै बर्षौ देखि लाग्दै आईरहेका मेला महोत्सबले ब्यबसाय, स्थानिय उत्पादन, पर्यटन र औद्योगिक क्षेत्रको विकास तथा प्रवर्द्धन गरेका छन् कि छैनन् यसको समिक्षा हुनु आवश्यक हो कि होइन ? यस्तै यस्तै थुप्रै प्रश्नको उत्तर दिने निकाय कुन होला ? स्थानिय स्तरमा कला संस्कृतिको प्रवर्द्धनको चर्को नारा लगाएर महोत्सव आयोजना गर्ने आयोजकलाई स्थानिय स्तरका प्रतिभाले मञ्च पाउनका लागि लाखौ पटक अनुरोध गर्नुपर्छ । विन्ति चढाउनुपर्छ मुस्किलले मञ्च पाईहाले पनि दर्शकको उपस्थिति नहुन्जेल मात्र जव दर्शक आउन सुरु गर्छन् त्यसपछि राष्ट्रिय भनिएका कलाकारहरुले समय लिन्छन् आयोजकले स्थानिय प्रतिभालाई धपाउन सुरु गर्दछन् । के स्थानिय प्रतिभा भिड जम्मा गर्ने साधन मात्र हुन् ? बरिष्ठ भनिएका कलाकारहरुका लागि दर्शक जम्मा गर्ने ठेक्का स्थानिय प्रतिभाको हो ? कसरी भयो स्थानिय कला संस्कृतिको प्रवर्द्धन? आयोजक प्रति सानो जिज्ञासा ! 

 

 महोत्सवमा कृषि भन्ने नाम जोडिदा महोत्सवका स्टल भित्र कति कृषि जन्य उत्पादनका स्टल देख्न सकीन्छ ? स्थानिय कृषकले आफ्नो उत्पादन स्टल सम्म पुराएर बेच्न पाउंछकी पाउदैन ? अझ भनौ कृषकहरुले मेला महोत्सवलाई आफ्नै महोत्सव महसुस गरेका हुन्छन की हुंदैनन् होला ? एउटा टमाटरको झाल एक गांज साग एउटा लौका एउिटा फर्सी मा स्टिकर लगाएर टाँस्दैमा महोत्सवले कृषिलाई प्रवर्द्धन गरेको भन्न मिल्दैन की जस्तो मेरो बुझाई हो । पर्यटन पनि संगसंगै जोडिदा मेला महोत्सवको माध्यमबाट हामीले अहिले सम्म कति पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्न सकेका छौं त सोच्नुपर्ने समय आएको छ । मेला स्थलमा आउनु, मन परेका सामान किन्नु र कलाकार संगै रमाउनुलाई पर्यटन मान्ने हो भने मैले बुझेको पर्यटनको परिभाषा पनि गलत हुन सक्छ ।

 

मेला महोत्सव हुनका लागि बाल उद्ययन, ठुला ठुला पिङ, म्याजीक शो अनिवार्य शर्त बनिसकेका छन् । हामी बाल उद्यान घुम्ने गर्दछौँ,  पैसा तिरी तिरी बालबालिकालाई रमाईलो गराउछौं । हामी पनि पिङ तथा झुलाहरुमा पैसा खर्च गरेर झुलिरहेका हुन्छौ सांच्चै भन्ने हो भने महोत्सवमा सवैभन्दा बढि ब्यापार पनि त्यसैको भएको हुन्छ । स्थानिय स्तरमा आयोजना भएका महोत्सव तथा मेलामा करोडौको ब्यापार बाल उद्यान र झुला तथा पिङहरुले गरेका हुन्छन् । हामीलाई रमाईलो गराउने ति साधन भारतबाट ल्याईने गरिन्छ । हामी जानेर नजानेर करोडौ रकम मेला महोत्सवका नाममा भारततिर पठाईरहेका हुन्छौ । अनी जोडिन्छ मेला महोत्सवको नाममा अर्को शब्द समृद्धि । भएको पुंजी बाहिर पठाएर कस्तो समृद्धिको परिकल्पना गरेका हुन्छौ ।

 

लाखौ रुपैयां लिएर आयोजक भन्दै संस्थाको नाम बेच्नेहरुका लागि देशको पुंजी बाहिर पठाउने अधिकार कसले दिन्छ ? यस तर्फ कसैले सोच्नु पर्ला कि नपर्ला । मेलामा अर्को रमाईलो पक्ष हो खुल्ले आम जुवा । आयोजक पक्ष यो मान्न तयार हुदैनन् । भाषा फरक होला तर पछिल्लो समय मेला महोत्सवमा रमाईलोका नाममा हाउजी विङ्गो तम्वोला खेलाउने प्रचलन बढ्दै गैरहेको छ । विङ्गो पनि एक प्रकारको जुवा नै हो । प्रशासनमा पहुंच पुग्नेहरुले सेटिङ्ग मिलाएका हुन्छन् । प्रशासनले आंखा चिम्लिएर नदेखेझै गरेकै हुन्छन् । यो कुनै एक ठाउमा मात्र नभएर अधिकांश ठाउमा लाग्ने मेला महोत्सवको कुरा हो । मेला महोत्सवको मिति तय भैसकेपछि नाम मात्रका आयोजकहरुलाई स्थानिय संचार माध्यमहरुमा अन्तरवार्ता जोड्न र सुचना प्रचार प्रसार गर्न भ्याई नभ्याई हुन्छ ।

 

उनीहरुले दिने हरेक अन्तरवार्तामा स्थानिय क्षेत्रको प्रवर्द्धन, कृषि क्षेत्रको प्रवर्द्धन, ब्यापार ब्याबसायको प्रवर्द्धन र औधोगिक क्षेत्रको विकास गर्ने , पर्यटकिय क्षेत्रको प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्राएर आर्थिक बृद्धि गर्ने कुराले सबैभन्दा बढि प्राथमिकता पाउने गर्दछन् । अपसोश हामी मेला महोत्सवको नाममा स्थानिय स्तरमा भएको पुंजीलाई धकेलेर बाहिर पठाउने काम गरिरहेका हुन्छौं । जव सम्म आयोजक आफैले मेलाको ब्यबस्थापन गर्न सक्दैन, जवसम्म मेला महोत्सवमा स्थानिय स्तरका उत्पादनहरुका स्टल, कृषिका स्टल, स्थानिय ब्याबसायीहरुका ब्यापारिक स्टल र मञ्चमा स्थानिय प्रतिभाहरु उभिएको देख्न पाउदैनौ तव सम्म जतीसुकै मिठो नारा घन्काएर आयोजना गरिएका मेला महोत्सव समृद्धिको पक्षमा हुनै सक्दैनन् ।

प्रतिकृया दिनुहोस

यात्रा, दृश्य र भविष्य

    दिनानाथ पौडेल  बर्दघाट–१३ , नवलपरासी      बर्दघाट अवस्थित न्यू लाईफ माध्यमिक विद्यालयले आफ्ना शिक्षक शिक्षिकाहरुलाई पूर्र्वी

मेराे यादमा बडादशैं

लेखकः गणेश पाण्डे 'शिसम' नवरात्रीको अन्तिम दिन अर्थात दशौं दिनका दिन असत्य माथी सत्यको विजयउत्सवका रुपमा मनाईने हिन्दु धार्मीक मान्यता अनुरुपको

मानिस, मोबाइल र मृत्यु

दिनानाथ पौडेल  बर्दघाट १३ , नवलपरासी       एक्काईसौं सताब्दीको चिनारी प्रबिधि हो । यो मानव निर्मित सर्वोत्कृष्ट उपलब्धि हो भने मानव मृत्युको