• २०७५-९-४ , बुधबार/ Wednesday 12-19-18
  • 01:12:05

कक्षा ११ र १२ को परीक्षा केन्द्र निर्धारण: वैशाख १४ गतेदेखि परीक्षा

रासस  फागुन ३० भक्तपुर

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ ।  परीक्षाका लागि देशभर एक हजार ४९ केन्द्र निर्धारण गरेको बोर्डका प्रवक्ता तथा उपनियन्त्रक जयन्ती सत्यालले जानकारी दिए ।  बोर्डले गत वर्ष ९९२ वटा परीक्षा केन्द्र निर्धारण गरेकामा यस वर्ष भने ५७ वटा परीक्षा केन्द्र थप गरेको छ ।  आगामी वैशाख १४ गतेदेखि शुरु हुने कक्षा १२ को परीक्षा ३० गते सम्पन्न हुनेछ भने वैशाख ३१ गतेदेखि कक्षा ११ को परीक्षा शुरु हुनेछ । परीक्षामा देशभरबाट नौ लाखभन्दा बढी विद्यार्थीको सहभागिता रहने बोर्डले जानकारी दिएको छ ।  त्यसैगरी, बोर्डले मंगलबारदेखि परीक्षाको प्रश्नपत्र छपाइ शुरु गरेको छ ।  जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा गोप्य प्रेसमा कक्षा ११ र १२ को प्रश्नपत्र छपाइ शुरु भएको बोर्डकी प्रवक्ता सत्यालले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

जिसन स्पोर्टस मिट हुने

प्रमोद अर्याल २३ मंसिर ,बर्दघाट, शैक्षिक ऐक्यवद्धताको समुह नेपाल (जिसन) नवलपरासीको आयोजनामा खेलकुँद कार्यक्रम हुने भएको छ । जिसन स्पोर्टस मिट २०७५

प्रदेश सरकारले एक बर्षमा शिक्षा निति तयार गर्छ : मुख्यमन्त्री पोखरेल

नवलपरासी मंसिर १७ प्रदेश नम्बर ५ का मुख्य मन्त्री संकर पोखरेलले परम्परागत शिक्षाले नेतृत्व विकास गर्न नसक्ने बताउनुभएको छ । पश्चिम नवलपरासीको

न्यूलाईफमा विज्ञान प्रदर्शनी

बर्दघाट मंसिर १४ बर्दघाटमा रहेको न्यूलाईफ मा.वि मा विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । विद्यार्थीहरुले आफैले बनाएका विभिन्न प्रविधिहरु पदर्शनी