• २०७५-६-१० , बुधबार/ Wednesday 09-26-18
  • 09:09:08

बर्दघाट सुस्ता पश्चिमको राष्ट्रपति कप रनिङ्ग शिल्ड प्रतियोगिता चैत्र २३ गतेबाट

प्रमोद अर्याल

बर्दघाट, २९ फागुन । 

नवलपरासी बर्दघाट सुस्ता पश्चिमको राष्ट्रपति कप रनिङ्ग शिल्ड प्रतियोगिता आगामी चैत्र २३ गतेबाट हुने भएको छ ।

मँगलबार बसेको राष्ट्रपति रनिङ्ग शिल्ड ब्यवस्थापन तथा निर्देशन समितिको बैठकले प्रतियोगिताको मिति तय गरेको हो । क्षेत्रगत रुपमा विभाजन गरि दुइवटा निर्वाचन क्षेत्रलाई आधार मानी क्षेत्रीय प्रतियोगिता र फाइनल प्रतियोगिता आयोजना गर्न लागिएको जिल्ला खेलकुँद विकास समितिका अध्यक्ष कुमार आलेले जानकारी दिए ।

साविक नवलपरासी जिल्लामा ६ वटा क्षेत्रमा क्षेत्रिय प्रतियोगिताको आयोजना गर्ने गरिएको भएपनि जिल्ला विभाजन भएसँगै २ वटा निर्वाचन क्षेत्र रहेको नवलपरासीको क्षेत्र नम्बर १ को क्षेत्रिय प्रतियोगिता जनजागृत माध्यमिक विद्यालय गुठी प्रसौनी र क्षेत्र नम्बर २ को धान्यान्चल माध्यमिक विद्यालय बडेरामा चैत्र २३ देखी २६ सम्म  आयोजना गरिने आलेले जानकारी दिए । फाइनल प्रतियोगिता जनजागृत मा वि गुठी प्रसौनीमा चैत्र २८ देखी ३० सम्म आयोजना गरिएको समेत उनले जानकारी दिए ।

विगतका वर्षहरुमा पुष माघ महिनामै प्रतियोगिता सँचालन हुने भएपनि सँघिय सँरचना अनुसारको निर्देशिका नआएका कारण यस वर्षको प्रतियोगिता पछि सरेको प्रतियोगिताका सँयोजक तथा जिल्ला समन्वय समितिका सभापति शिव शँकर रायले बताए । चैत्र महिना खेलकुँदको लागि प्रतिकुल रहेपनि जुनियर तहका खेलाडी छनौटका लागि प्रतियोगिता आयोजना गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

प्रतियोगितामा एथलेटिक्स अन्तर्गत विभिन्न दुरीका दौड, हाइजम्प, लङ्गजम्प, कपर्दि, भलिवल, शटपुट, ज्याभलिन थ्रो लगायतको खेलहरु समावेश रहने छन । जिल्लाका १ सय ८ विद्यालयका करिव ३ हजार २ सय विद्यार्थीले क्षेत्रिय प्रतियोगिता र ३ सय ३६ विद्यार्थीले फाइनल प्रतिष्प्रर्धामा सहभागिता जनाउने जिल्ला खेलकुँद विकास समितिका कार्यालय प्रमुख बलराम शर्मा कट्टेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सहयोगीको प्रश्न : बालबालिका कहिले सम्म असुरक्षीत ?

दौतरी एफ एम नवलपरासी असोज ९ देश भर बालबालिका माथी भैरहेको हिंसा, र बढ्दो असुरक्षाको विषयमा सरोकारहरुलाई सचेत गराईएको छ । पश्चिम नवलपरासीको

ठुलो परिमाणमा पटका बरामद गरी डिस्पोज

९ असोज, नवलपरासी पश्चिम नवलपरासीको प्रतापपुर २ गोपिगञ्जमा शसस्त्र प्रहरीले ठुलो परिमाणमा विष्फोटक पदार्थ पटका बरामद गरेको छ । भारतबाट नेपाल तर्फ

बिहे गर्न नमानेको भन्दै महिलामाथि एसिड र छुरा प्रहार

रामकुमार श्रेष्ठ ९ असोज, नवलपरासी पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ हरबासीका एक पुरुषले आफूसँग बिहे गर्न नमानेको भन्दै एक महिलामाथि एसिड र