• २०७५-३-१० , आइतबार/ Sunday 06-24-18
  • 03:06:05

कावासोती नगरपालिकामा केरुङ्गेखोलामा चुरेले डेढ करोण रुपैया खर्चने 


ज्ञानु पगेनी
नवलपरासी , ३० फागुन

नेपाल सरकार राष्ट्रपती चुरे – तराई मधेश संरक्षण विकास समितीले नवलपरासीको कावासोती नगरपालिकामा पर्ने केरुङ्गेखोलामा यस वर्ष एकिकृत नदि प्रणाली व्यवस्थापन (मोडल साईट) विकास कार्यक्रमका लागि डेढ करोण रुपैया बजेट खर्चने भएको छ । 
खोलाको संरक्षण , व्यवस्थापन संगै स्थानीयको जिविकोपार्जनका क्षेत्रमा संस्थाले उक्त बजेट खर्चने भएको छ । रष्ट्रपती चुरे – तराई मधेश संरक्षण विकास समितीका सदस्य एवम् भू– गर्भविद मोलीलाल रिजालका अनुसार देशका दुई वटा खोला , नवलपरासीको केरुङ्गेखोला र पूर्वको मैनावती खोलामा संस्थाले यति ठूलोमात्रामा बजेट खर्चेर ठूलो आयोजना संचालन गरेको हो । यस कार्यक्रम ( मोडल साईट) अन्तरगत नदिको एकिकृत व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर नदि प्रभावित समुदायलाई संरक्षण गर्ने , नदिको दुई किनारालाई व्यवस्थापन गर्न नदिजन्य पदार्थ र नदि उकासको क्षेत्रलाई व्यवस्थापन गर्ने र नदि उकासको क्षेत्रलाई जनजिविकोपार्जनका लागि सहयोग पुग्ने खालका कार्यक्रम संचालन गरिने रिजालले बताए । जस अन्तरगत केरुङ्गे खोलामा पनि मुख्य काम तटबन्धन गर्ने हुनेछ । बाढी बस्तिमा नपसोस भननका लागि तटबन्धको कामलाई पहिलो प्राथमिकतामा राखिएको हो । यस्तै ( हरितपेटिका निर्माण ) नदि किनारको दुवै किनारमा वृक्षा रोपण गर्ने , खोलाको भित्री तहबाट बगेको पानीलाई सकलन गरि पोखरी निर्माण गरेर उक्त पानीलाई सिंचाई एवम् अन्य प्रयोजनमा प्रयोग गर्न सकिने छ । ‘ खोलाको भित्री तहबाट बगेको पानीलाई संकलन गरि पोखरी निर्माण गर्ने र यस क्षेत्रलाई पिकनिक स्पोर्टका रुपमा विकास गरि आन्तरिक पर्यटन भित्राउने लक्ष्य राखिएको छ । पोखरीमा बोटिङ्ग , घरटहरा निर्माण गरेर स्थानीयको जिविकोपार्जनमा पनि सहयोग पुग्ने छ । ’ रिजालले भने ।
केरुङ्गे खोलमा गत वर्षबाट राष्ट्रपती चुरे – तराई मधेश संरक्षण विकास समितीले कामको थालनी गरेको हो । गत वर्ष पनि यहा डेढ करोण रुपैयाको काम सम्पन्न भएको छ । गत वर्ष तटबन्ध लगाउने , वृक्षरोपण , समिती निर्माण तथा किनार वयवस्थापनको काम भएको थियो । यस वर्ष अझै वृहत कार्यक्रम गर्ने लक्ष्य राखेर कावासोतीमा सरोकारवालाहरुसंग छलफल समेत गरिएको थियो । केरुङ्गे खोला तटबन्धन उपभोक्ता समिती , खोला पीडीत , जनप्रतिनिधी बनका कर्मचारी लगायतको सहभागितामा भएको छलफलबाट खोला संरक्षण र व्यवस्थापनका लागि स्थानीयलाई नै सक्रिय बनाउन प्राविधिक सहितको टोली निर्माण गरिएको छ । उक्त टोलीले खोलाबाट नदिजन्य पदार्थ कहाबाट कति उत्खनन गर्ने ? , ठेक्का लिएकाले सहि तरीकाले उत्खनन गरेको छ कि छैन ? , तोकिएको मापदण्ड भन्दा विपरित बढि उत्खनन भएको छ की ? , उत्खननका लागि साधनश्रोतको दुरुपयोग गरिएको छ कि ?भन्ने जस्ता कुराको निगरानी गर्नेछन भने जिविकोपार्जनको क्षेत्रमा गरिने काममा पनि सहयोग गर्नेछन । 
केरुङ्गेखोला नवलपरासीकै सबैभन्दा बढि श्रोत भएको खोला हो । यस खोलाले कावासोती नगरपालिकाको वडा नम्बर १,३,४,५,९,१४ र १५ नम्बर वडामा वर्षेनी जनधनको क्षती पुर्याउदै आएको छ । खोलाले आसपासका खेतीयोग्य जनिम कटानी गर्दै आईरहेको छ भने बस्तिमा पसेर धनजनको पनि क्षती पुर्याउदै आएको छ । यस खोला महाभारत श्रृखलाबाट बगेर आउने भएकाले वर्षेनी बाढीले वगाएर ल्याउने खोलाजन्य पदार्थले तराई क्षेत्रमा थेग्रीएर पानी बस्तिमा पस्ने गर्दा स्थानीयले समस्या भोग्दै आएका छन ।

प्रतिकृया दिनुहोस

सवारी साधनको बाक्लो चापले सुरक्षा चुनैती

नवलपरासी प्रतापपुरस्थीत गण्डक नहर किनारमा रहेको बेलाटारी चोकमा सवारी साधनको बाक्लो चापले सुरक्षा चुनैती र पैदल यात्रुलाई समस्या पर्दै गएको छ ।

जथाभावि छाडा चौपाया छाडिदा कृषकका वाली नालीमा हानी नोक्सानी

नवलपरासी बर्दघाट नगरपालिका भित्र जथाभावि छाडा चौपाया छाडिदा कृषकका वाली नालीमा हानी नोक्सानी पु¥याएको छ । किसानहरुले दुःख गरी माना छरेर मुरी

ट्रकको ठक्करबाट एकको मृत्यु

नवलपुरको अमरापूरीमा हेभी ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवचूली नगरपालिका १४ का २२ वर्षीय मुकेश सापकोटा रहेका छन् । गैंडाकोट