• २०७५-८-२६ , बुधबार/ Wednesday 12-12-18
  • 01:12:23

बागलुङको ढोरपाटनमा आगलागी, ३० घर जले

९ मंसिर, बाग्लुङ

बागलुङको ढोरपाटन नगरपालिका-९ नवी गाउँमा आगलागी हुँदा ० घर जलेका छन् । आइतबार बिहान २ बजेतिर आगलागी भएको थियो । ढोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको हनुमान ध्वज गुल्मको टोलीले बिहान ८ बजेमात्र आगो निभाएका थिए । शिकार आरक्षमा रहेको हनुमान ध्वज गुल्मका गुल्मपति सेनानी रविजंग खड्काको नेतृत्वमा १०२ जनाको टोली आगो निभाउन खटिएको थियो । ढोरपाटन वरपर चिसो मौसमका कारण स्थानीयबासी घुम्ती बसाइका लागि तल्लो वोबाङ र अन्य ठाउँमा सरेको बेला आगो लागेको हो । तर आगो कसरी लाग्यो भन्ने खुलेको छैन । 

 

नेपाली सेना र शिकार आरक्षका कर्मचारीको टोलीले पूरै गाउँ खरानी हुनबाट भने जोगाएको आरक्षका कर्मचारी वीरबहादुर थापाले बताए । अग्नि नियन्त्रक टोलीका अनुसार आगो जंगलतर्फ पस्न नदिएका कारण पनि ठूलो क्षति हुनबाट जोगिएको छ । आगोको चपेटामा ३० घरे भने परे । क्षतिको विवरण भने आइसकेको छैन । घुम्ती बसाइँ सरेका स्थानीयबासीलाई आगो लागेको खबर पठाइएको र उनीहरु फर्किएपछि क्षतिको विवरण प्राप्त हुने स्थानीय प्रशासनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घरहरु एकापसमा जोडिएका कारण क्षति भएका घरहरुको संख्या बढ्न सक्ने छ । अनलाइनखबर

प्रतिकृया दिनुहोस

अर्घाखाँचीमा पाँच वर्षिया बालिका बलात्कृत

२२ मंसिर, बुटवल अर्घाखाँचीको शितगंगा नगरपालिकाकी एक पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कारको अभियोगमा प्रहरीले १ जनालाई नियन्त्रणमा

रूपन्देहीमा ५ वर्षीया बालिकाको सामूहिक बलात्कार

२२ मंसिर, बुटवल महिला हिंसाबिरुद्धको १६ दिने अभियान चलिरहेका बेला रूपन्देहीमा ५ वर्षीया बालिका सामूहिक रुपमा बलात्कृत भएकी छन् । देवदह

प्रदेश ५ का १५ लाख नागरिक बहुआयामिक गरिबी

१७ मंसिर, बुटवल प्रदेश ५ का १२ जिल्ला मध्ये कपिलवस्तुमा गरिबीको रेखामुनि रहेको जनसंख्या अनुपात सबैभन्दा बढी देखिएको छ । अन्य ११ जिल्लाको तुलनामा