• २०७५-८-२६ , बुधबार/ Wednesday 12-12-18
  • 02:12:32

अमितको सफलतामा नवलपरासीमा खुसियाली


नारायण भण्डारी
नवलपरासी मंसिर १२
नेपाल आईडलको उत्कृष्ट ६ मा अमित बरालले आफ्नो स्थान सुरक्षित गरेपछि अहिले नवलपरासीबासीमा खुसीयाली छाएको छ । अमितले नपाल आईडल मार्फत समग्र नवलपरासीबासीको सान राख्ने काम गरेकोमा हरेक नवलपरासीबासी खुसी भएका हुन । अहिले अमितलाई नेपाल आईडल बनाउन भन्दै बर्दघाटमा रहेको परियार एकता संस्थाले विभिन्न अभियान मार्फत भोटिङलाई तिब्रता समेत दिएको छ ।  अमितका आफन्तिहरु समेत यतिखेर उनकै लागि भोट  माग्न ब्यस्त भैरहेका छन् । 

 

नेपालआईडलको मञ्चमा बलियो प्रतिस्पर्धिको रुपमा आफुलाई उभ्याउदै आएका अमित सवैको आसाको केन्द्र समेत बनेका छन् । नवलपरासीको बर्दघाटमा जन्मिएका उनी हाल रुपन्देहीको सैनामैनामा बस्दै आएका छन् । अमितलाई आईडल बनाउनका लागि रुपन्देहीमा पनि विभिन्न अभियान मार्फत भोट गर्ने क्रम जारी रहेको छ । आवाजमा निकै खारिएका अमित दर्शकले माया गरेर भोट गरिदिएमा उपाधि चुम्नेमा आसाबादि देखिन्छन् । 

 

अमितले कक्षा ७ सम्म अध्ययन गरेको बर्दघाटको न्यूलाईफ मावीमा समेत खुसियाली छाएको छ । अमितले २०५८ सालमा कक्षा नर्शरी देखि २०६४ सम्म कक्षा ७ सम्म न्यूलाईफमै अध्ययन गरेका थिए । माावीमा लिएका अमित सानै देखिनै गित संगितमा रुचिराख्ने स्वभावका रहेको र अहिले आफ्नो विद्यालयमा अध्ययन गरेको विद्यार्थी नेपाली रियालिटि शो को पहिलो सबैभन्दा ठुलो शो नेपाल आईडलमा अग्र पंक्तिमा रहदा विद्यालदय परिवारलाई समेत खुसी लागेको न्यूलाईफ मावीका प्रधानाध्यापक सन्तोष अधिकारीले बताउनुभयो । अधिकारीले अमितलाई अत्याधिक भोट गरेर नेपाल  आईडल बनाउन सबैलाई आग्रह समेत गर्नुभएको छ । 

 

अमितलाई भोट गर्नका लागि उनको भोटिङ्ग कोड ०१ टाईप गरी ३१००९ पठाउनुपर्नेछ । विहिबार राती ८ः३० बजे देखि शुक्रबार मध्यान्न १२ बजे सम्म भोटिङ्ग खुल्ला रहनेछ । 

प्रतिकृया दिनुहोस

अमित बराललाई नवलपरासीमा भब्य सम्मान गरिने

नारायण भण्डारी नवलपरासी मंसिर २६ नेपाल आईडल सिजन टु का उत्कृष्ट पांच प्रतिस्पर्धी बनेका अमित बराललाई आज नवलपरासीमा भब्य सम्मान गरिने भएको छ । अमित

धोकेबाज प्रेमिकाको सम्झनामा रोए कृष्ण

  नारायण भण्डारी नवलपरासी मंसिर २४ बैदेशिक रोजगारको शिलसिलामा दक्षिण कोरिया गएका गुल्मी अस्लेवाका कृष्ण पाण्डे क्षेत्री  प्रमिकाले धोका

अशोक दर्जी बर्दघाटमा आउदै

नवलपरासी कार्तिक २२ पछिल्लो समय चर्चामा रहेका बाल गायक अशोक दर्जी बर्दघाटमा आउने भएका छन् । अशोक संगै टंक बुढाथोकी पनि आउने भएका हुन । अशोक आउने भएपछि