• २०७५-८-२६ , बुधबार/ Wednesday 12-12-18
  • 01:12:48

जिसन नवलपरासीका खेल शिक्षकलाई एकदिने अन्तरक्रिया

१३ मंसिर ,नवलपरासी

जिसन नवलपरासीको आयोजनामा खेल शिक्षकहरुलाई एकदिने अन्तरक्रिया कार्यक्रम बर्दघाटमा रहेको होलि केयर इँगलिस स्कुलमा सम्पन्न भएको छ ।  जिसनका अध्यक्ष इन्द्र गुरुङ्गको अध्यक्षता तथा प्याव्सनका केन्द्रिय सदस्य तथा सल्लाहकार यम बहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । विद्यार्थीहरुको शैक्षिक विकास सँगै शारिरीक विकास समेत गराउने उद्देश्यले जिसनले मँसिर २७ गते देखी आयोजना गर्न थालेको जिसन खेल सप्ताहको विषयमा अन्तरक्रिया कार्यक्रम भएको हो ।

जिसन आवद्ध ४९ विद्यालयका शारिरीक शिक्षाका शिक्षकहरुलाई सप्ताहमा सँचालन गरिने खेलका विषयमा शिक्षकहरुबाट राय सुझाव लिइ खेल सप्ताह सँचालन गरिने अध्यक्ष गुरुङ्गले बताउनु भयो । कार्यक्रममा होली केयर स्कुल ब्यवस्थापन समितिका अध्यक्ष उत्तमध्वज के शी र जिसनका सँस्थापक सदस्य तिर्थ प्रसाद सापकोटा लगायतले आ आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रम सँस्थाका उपाध्यक्ष सन्तोष रौनियारको स्वागत र सचिव डम्मर बहादुर गुरुडको सँचालनमा सम्पन्न भएको थियो । कार्यक्रमको सहजिकरण राष्ट्यि रेफ्रि मनोज चौधरीले गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

जिसन स्पोर्टस मिट हुने

प्रमोद अर्याल २३ मंसिर ,बर्दघाट, शैक्षिक ऐक्यवद्धताको समुह नेपाल (जिसन) नवलपरासीको आयोजनामा खेलकुँद कार्यक्रम हुने भएको छ । जिसन स्पोर्टस मिट २०७५

प्रदेश सरकारले एक बर्षमा शिक्षा निति तयार गर्छ : मुख्यमन्त्री पोखरेल

नवलपरासी मंसिर १७ प्रदेश नम्बर ५ का मुख्य मन्त्री संकर पोखरेलले परम्परागत शिक्षाले नेतृत्व विकास गर्न नसक्ने बताउनुभएको छ । पश्चिम नवलपरासीको

न्यूलाईफमा विज्ञान प्रदर्शनी

बर्दघाट मंसिर १४ बर्दघाटमा रहेको न्यूलाईफ मा.वि मा विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । विद्यार्थीहरुले आफैले बनाएका विभिन्न प्रविधिहरु पदर्शनी