• २०७५-८-२६ , बुधबार/ Wednesday 12-12-18
  • 01:12:29

पांच बर्षमा नारायणी नदिमा पानीजहाज  : प्रचण्ड


ज्ञानु पंगेनी
नवलपरासी मंसिर १४

नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानन्त्रि पुष्पकमल दाहाल प्रचण्डले नारायणी नदिमा सरकारले कम्तीमा तीन वटा पुल निर्माण गर्ने बताएका छन । अहिले रहेको पुल बाहेक पनि अन्य तीन वटा पुल निर्माण गर्ने बारेमा राजनैतिक तहमा छलफल भईरहेको जानकारी दिदै अध्यक्ष प्रचण्डले अबको पा“च वर्षभित्रमा नारायणी नदिमा पानी जहाज , केरुङ्ग – काठमाण्डौ हुदै लुम्बिनी सम्मको पूर्व पश्चिम रेलमार्ग निर्माणको काम थालनी गरिसक्ने प्रतिबद्धता जनाए । यस्तै उनले  हुलाकी राजमार्गको निर्माणलाई समेत तिब्रता दिदै  निर्माण सम्पन्न गर्ने बताए ।

 

नवलपरासी पूर्वको कावासोती १७ ढोकीमा रहेको त्रिभुवन बाल माध्यामिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन समोरोह उद्घाटन तथा स्वर्ण स्तम्भ अनावरण कार्यक्रममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।  भौतिक पूर्वाधारको दृष्किोणले र संवैधानिक आधारको दृष्किोणले अब विकासलाई गती दिनका लागि बलिया आधारशिलाहरु खडा भएकाले अब सरकारको ध्यान सम्पूर्ण रुपले देशमा आर्थिक समृद्धीको  निम्ति,  विकासको निम्ति केन्द्रित भएको अध्यक्ष प्रचण्डले बताए ।

 

उनले भने – ‘जलमार्गको कुरा पनि पहिलोचोटी  भारतसंग समझदारी भएको छ । अब नेपालको नारायणी नदिको देवघाटसम्म छिट्टै पानी जहाज आउछ । यो कुनै हवाई कल्पना होईन , यो कुनै दिवा सपना पनि होईन । यो यथार्तमा नारायणीमा जलमार्गको रुपमा जहाज चल्छ । रेलमार्ग चल्छ र हुलाकी मार्ग  पनि छिट्टै सम्पन्न हुनेछन । ’

 

पूर्व प्रधामन्त्रि समेत रहेका प्रचण्डले  देशमा अहिले राजनैतिक स्थायीत्वको वातावरण बनाएपछि छिमेकी राष्ट्रहरुसंगको सम्बन्धमा समेत नया परिवर्तन आएको बताए । छिमेकीहरुसंगको सम्बन्धमा नया“ आयाम थपिएकाले आर्थिक विकासको बाटो खुलेको उनले जिकिर गरे । उनले भने –‘ पहिलोचोटी हाम्रो उत्तरतिरको छिमेकीले चारवटा बन्दरगाहा तेश्रो देशसंग व्यपार गर्नका लागि दिने पहिलो सहमती भएको छ । अब नेपाल भु परिवेष्ठित राष्ट्र नभई जमिनद्धारा जोडिएको देश भएको छ जुन नेपाल र नेपाली जनताको पक्षमा ठूलो परिवर्तन हो । ’

 

त्यस्तै  केरुङ्ग काठमाण्डौ हुदै पोखरा लुम्बिनीसम्म रेलमार्गको अध्ययन जुन शुरु भएको छ त्यो नेपालको अर्थ राजनितीमा धेरै ठूलो  भुमिका र महत्व राख्ने भन्दै  उनले  भारतसंगको सम्बन्धमा पनि धेरै सुधार आएको टिप्पणी गरे । फरक प्रशंगमा अध्यक्ष प्रचण्डले  नेकपा सरकार बनेपछि वृद्ध भत्ता बढाउने भनेकोमा  पहिलो वर्ष नसकेको भन्दै  आगामि वर्षमा  ब्याज सहित भत्ता बढाएर दिने समेत प्रतिबद्धता जनाए ।
 

प्रतिकृया दिनुहोस

अर्घाखाँचीमा पाँच वर्षिया बालिका बलात्कृत

२२ मंसिर, बुटवल अर्घाखाँचीको शितगंगा नगरपालिकाकी एक पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कारको अभियोगमा प्रहरीले १ जनालाई नियन्त्रणमा

रूपन्देहीमा ५ वर्षीया बालिकाको सामूहिक बलात्कार

२२ मंसिर, बुटवल महिला हिंसाबिरुद्धको १६ दिने अभियान चलिरहेका बेला रूपन्देहीमा ५ वर्षीया बालिका सामूहिक रुपमा बलात्कृत भएकी छन् । देवदह

प्रदेश ५ का १५ लाख नागरिक बहुआयामिक गरिबी

१७ मंसिर, बुटवल प्रदेश ५ का १२ जिल्ला मध्ये कपिलवस्तुमा गरिबीको रेखामुनि रहेको जनसंख्या अनुपात सबैभन्दा बढी देखिएको छ । अन्य ११ जिल्लाको तुलनामा