• २०७५-८-२६ , बुधबार/ Wednesday 12-12-18
  • 01:12:33

न्यूलाईफमा विज्ञान प्रदर्शनी


बर्दघाट मंसिर १४
बर्दघाटमा रहेको न्यूलाईफ मा.वि मा विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । विद्यार्थीहरुले आफैले बनाएका विभिन्न प्रविधिहरु पदर्शनी गरेका थिए । विद्यालयले संचालन गरेको शुक्रबारे कार्यक्रम अन्तरगत विद्यालयमा प्रदर्शनीको आयोना गरिएको थियो । 


कक्षा ३ देखि कक्षा १० सम्मका विद्यर्थीहरुले आफैले बनाएका विभिन्न आकर्षक प्रविधि प्रदर्शनीमा राखेका थिए । विद्यार्थीहरुले घर, फ्यान , मोटर , हिटर, आकर्षक गमला तथा फुलहरु, कागजबाट बनाईएका आकर्षक घरहरु,  लगायत थुप्रै प्रविधिहरु बनाएका थिए ।  विद्यार्थीहरु आफुले बनाएका प्रविधि प्रदर्शनीमा राख्न पाउदा निकै खुसी समेत देखिएका थिए । 

विद्यार्थीहरुमा सैद्धान्तीक मात्र नभई प्राविधिक क्षेत्रको पनि ज्ञान हुनु आवश्यक रहेको र समय समयमा आयोजना गरिने यस्ता कार्यक्रमहरुले विद्यार्थीको शिक्षण सिकाईमा समेत सकारात्मक प्रभाव पार्ने विद्यालयका प्रिन्सिपल सन्तोष अधिकारीले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

जिसन स्पोर्टस मिट हुने

प्रमोद अर्याल २३ मंसिर ,बर्दघाट, शैक्षिक ऐक्यवद्धताको समुह नेपाल (जिसन) नवलपरासीको आयोजनामा खेलकुँद कार्यक्रम हुने भएको छ । जिसन स्पोर्टस मिट २०७५

प्रदेश सरकारले एक बर्षमा शिक्षा निति तयार गर्छ : मुख्यमन्त्री पोखरेल

नवलपरासी मंसिर १७ प्रदेश नम्बर ५ का मुख्य मन्त्री संकर पोखरेलले परम्परागत शिक्षाले नेतृत्व विकास गर्न नसक्ने बताउनुभएको छ । पश्चिम नवलपरासीको

जिसन नवलपरासीका खेल शिक्षकलाई एकदिने अन्तरक्रिया

१३ मंसिर ,नवलपरासी जिसन नवलपरासीको आयोजनामा खेल शिक्षकहरुलाई एकदिने अन्तरक्रिया कार्यक्रम बर्दघाटमा रहेको होलि केयर इँगलिस स्कुलमा सम्पन्न भएको छ