• २०७५-८-२६ , बुधबार/ Wednesday 12-12-18
  • 02:12:00

महिला कानुनका विषयमा अभियान कर्ताहरुसंग परामर्श


नवलपरासी मंसिर १४

मुलुकी देवानी तथा फौजदारी संहितमा समावेश भएका महिला कानुनका विषयमा अभियान कर्ताहरुसंग परामर्श कार्यक्रम आज नवलपरासी को सुनवलमा भएको छ ।भदौ एक गतेबाट नेपालमा नया मुलुकी देवानी तथा फौजदारी संहिता लागु भएको छ । त्यसभित्र महिलाका विषयमा के कस्ता कानुन छन ? भन्ने बारेमा सामाजिक अभियानकर्तालाई जानकारी दिने र कानुनसग सम्बन्धित विषयमा कलम चलाउदा के कस्ता भाषा प्रयोग गर्ने भन्ने बारेमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको हो ।

 

कार्यक्रममा सहजीकरण गर्दै अधिकक्ता अनु शर्माले नया देवानी संहितामा व्यवस्था गरिएको नया कानुनमा जबरजस्ति करणीका अपराधिलाई आजिवन कारवासको व्यवस्था , पुरुषले पनि सिधै अदालतबाट सम्बन्ध विच्छेद गर्न पाउने , विवाह गर्दा महिला पुरुष दुवैजना २० वर्षको पुग्नुपर्ने , दोश्रो विवाह स्वत रद्ध हुने लगायतका कानुन शंशोधन गरिएको जानकारी दिईन ।

 

यस अधिको कानुनमा भन्दा महिलाका विषयमा कानुन अहिले बलियो भए पनि केहि विषयवस्तु बाझिएको र नेपाली समाज अनुसार अहिल्यै कार्यान्वयन गर्न केहि समस्या जस्तो देखिएको बताईन । भर्खर मात्रै संहिता लागु भएकाले कार्यान्वयनको पक्ष अझै कस्तो हुन्छ भन्ने हेर्न बाकी रहेको बताईन ।

 

क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे नवलपरासीको आयोजना तथा शंकल्पको सहयोगमा भएको कार्यक्रममा संस्थाकी अध्यक्ष धनु भुषालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा शंकल्पमा आबद्ध अभियान कर्ता सुनवल नगरपालिका , सरावल गाउपालिका र बर्दघाट नगरपालिका भित्रका ४५ जना अभियान कर्ताहरुको उपस्थिती रहेको थियो । 

प्रतिकृया दिनुहोस

नेपालका गैंडा भारतमा अलपत्र 

नवलपरासी मंसिर २५ नारायणीको बाढिमा बगेर भारतिय क्षेत्रमा पुगेका चितवन राष्ट्रिय निकुञ्जका ३ वटा गैंडा अलपत्र अबस्थामा रहेका छन् । भारत पुगेका

नवलपुरमा स्कुटी दुर्घटना, प्रदेश सांसदका छोराको मृत्यु

ज्ञानु पंगेनी १९ मंसिर ,नवलपुर  नवलपरासी पूर्वको देवचुली नगरपालिका १५ प्रगतीनगर अन्र्तगत पूर्व पश्चिम रार्जमागमा मंगलवार राती भएको सवारी

जनशक्ति र बजेटको तालमेल हुन आवश्यक : मन्त्री चौधरी

प्रमोद अर्याल १८ मंसिर,नवलपरासी जनशक्ति र बजेटको तालमेल हुन नसके आयोजनाका दस्तावेजहरु कोरा कागजका रुपमा मात्रै सिमित हुने प्रदेश नम्बर ५ का भौतिक