• २०७५-८-२६ , बुधबार/ Wednesday 12-12-18
  • 01:12:36

नवलपरासीमा निर्मला पन्तको तस्विर सहितका पोष्टर टांस्ने अभियान


नवलपरासी मंसिर १६
सरकार भेटियो न्याय भेटिएन लेखिएका निर्मला पन्तका पोष्टर टांस्ने अभियान नवलपरासीमा पनि सुरु भएको छ । पश्चिम नवलपरासको सुनवल नगरपालिकामा पोष्टरहरु टांसेका हुन । 

सुनवलका सफा सडक, पूर्व पश्चिम राजमार्गको आसपास र नगरपालिकाको कार्यालय आसपासका क्षेत्रमा सरकार भेटियो न्याय भेटिएन लेखिएका निर्मला पन्तको तस्विर सहितका पोष्टरहरु टांसेका थिए ।

 प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विर सहित नयां युगको सुरुवात भन्ने नारा सहित सामाजीक सुरक्षा कोष नेपालले राजधानीका पोल पोलका बोर्डमा पोस्टरहरु राखे संगै सामाजीक संजालमा तरङ्गनै आएको थियो ।

राजधानी बाटै केपी शर्मा ओलको तस्वीर सहितका पोष्टर टांगिएकै ठाउमा केहि यूवाहरुले निर्मला पन्तको तस्विर सहित सरकार भेटियो न्याय भेटिएन लेखेका पोष्टरहरु टांस्न सुरु गरेका थिए । प्रहरीले पोष्टर टांस्दै हिंडेका समुहलाई नियन्त्रणमा लिएपछि अहिले विभिन्न जिल्लाहरुमा पोष्टर टांस्ने अथियानले तिब्रता लिएको छ ।

विभिन्न ठाउहरुमा यूवाहरु स्वस्फुर्त रुपमा पोष्टर टांस्ने अभियानमा सरिक भैरहेको देखिन्छ । नवलपरासीमा भएको पोष्टर टांस्ने अभियानमा भने प्रहरी प्रशासनले कुनै हस्तक्षेप भने गरेको थिएन । 

सुनवलमा लिलाराम भुसालको नेतृत्वमा पोष्टर टांस्ने अभियान सुरु भएको हो । यूवाहरुले सुनवल बजार र बडेराका विभिन्न ठाउहरुमा निर्मला पन्तका पोष्टरहरु टांसेका थिए । सुनवल क्षेत्रमा अभियानको नेतृत्व लिएका भुसालले निर्मला पन्तले न्याय नपाएसम्म देश भरी अभियान जारी रहने बताए । 
 

प्रतिकृया दिनुहोस

नेपालका गैंडा भारतमा अलपत्र 

नवलपरासी मंसिर २५ नारायणीको बाढिमा बगेर भारतिय क्षेत्रमा पुगेका चितवन राष्ट्रिय निकुञ्जका ३ वटा गैंडा अलपत्र अबस्थामा रहेका छन् । भारत पुगेका

नवलपुरमा स्कुटी दुर्घटना, प्रदेश सांसदका छोराको मृत्यु

ज्ञानु पंगेनी १९ मंसिर ,नवलपुर  नवलपरासी पूर्वको देवचुली नगरपालिका १५ प्रगतीनगर अन्र्तगत पूर्व पश्चिम रार्जमागमा मंगलवार राती भएको सवारी

जनशक्ति र बजेटको तालमेल हुन आवश्यक : मन्त्री चौधरी

प्रमोद अर्याल १८ मंसिर,नवलपरासी जनशक्ति र बजेटको तालमेल हुन नसके आयोजनाका दस्तावेजहरु कोरा कागजका रुपमा मात्रै सिमित हुने प्रदेश नम्बर ५ का भौतिक