• २०७५-८-२६ , बुधबार/ Wednesday 12-12-18
  • 01:12:37

न्यायिक समिति सदस्यबाट हटाएर मलाई अन्याय गरियो : सुनिता सुवेदी श्रेष्ठ

दौतरी एफ एम
नवलपसारी मंसिर १६


रामग्राम नगरपालिकाको चौथो नगरसभाले न्यायिक समिति पुनरगठन गरेको छ । नगर सभा मार्फत यस अघि न्यायिक समिति सदस्य रहेकी सुनिता सुवेदी श्रेष्ठको ठाउमा राजु देवानलाई चयन गरेपछि श्रेष्ठले असन्तुष्टि ब्यक्त गर्नुभएको छ ।         कार्यपालिकामा छलफलनै नगराई एक्कासी नगरसभाबाट आफुलाई हटाईएको भन्दै सुनिता सुवेदी श्रेष्ठले आफु अन्यायमा परेको र आफु माथि लैङ्गिक हिंसा बताउनुभएको छ । श्रेष्ठले यस विषयमा आफु चुप लागेर नबस्ने समेत बताउनुभएको छ । 

 

दौतरी एफ एमको कार्यक्रम जनसवालमा अन्तरवार्ता दिने क्रममा श्रेष्ठले सुनियोजित रुपमा आफुलाई न्यायिक समितिबाट हटाईएको बताउनुभएको हो । संविधानमा न्यायिक समितिको सम्बन्धमा समावेसिताको कुरा पनि उल्लेख नभएको र महिला वा पुरुष भन्ने पनि उल्लेख नभएको भन्दै आफु महिला भएकै कारण नगरसभामा पुरुष वादि चरित्र हावी गराउदै आफ्नो कुराको कुनैपनि सुनुवाईनै नभएको बताउनुभयो ।

 

श्रेष्ठले न्यायिक समितिकी संयोजक रम्भा कुंवरले पटक पटक नगर सभामा पुरानै समितिलाई अनुमोदन गर्न आग्रह गर्दा समेत सुनुवाई नभएको र पुवाग्रही भएर निणर्य गरिएको बताउनुयो । हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेकै समयमा आफुलाई लंगिक रुपमा विभेद गरी पदबाट हटाउने काम भएको श्रेष्ठले जिकीर गर्नुभयो । 

 

नगरसभामा प्रस्ताव आउनु्भन्दा पहिले कार्यपालिका बैठकमा छलफलनै नगरी कुनै जानकारी विना नगर सभाबाट न्यायिक समितिको पुनरगणन भएको पक्रिया प्रति आफ्नो असहमती रहेको श्रेष्ठको भनाई छ । उहांले आफुलाई भएको अन्यायको विरुद्ध कार्यपालिकामार्फत नै आवाज उठाउने बताउनुभएको छ । 

 

रामग्राम नगरपालिकाले यहि मंसिर १४ गते सम्पन्न गरेको चौथो नगरसभामार्फत पुरानो न्यायिक समिति कार्यपालिकाले चयन गरेकोमा नेपालको संविधान २०७१ को धारा २१७ को उपधारा २ को १ मा नगरसभा मार्फत गठन हुने भन्ने उललेख गरिएअनुसार पुनरगठन गरिएको जनाएको छ ।

 

नगर प्रमुख नरेन्द्र प्रसाद गुप्ताले आफुहरुले सम्विधानमा उल्लेख भए अनुसार नै नगरसभा माफत बहुमका आधारमा न्यायिक समितिको पुनरगठन गरिएको बताउनुभएको छ । नगर प्रमुख गुप्ताले नगर सभामा कुनैपनि सदस्यले निर्णय  प्रति असन्तुष्टि जनाउदै नोट अफ डिसेन्ट नलेखेको समेत बताउनुभएको छ । नगरसभाले न्यायिक समितिले हाल सम्म गरेका सम्पूर्ण काम कारबाहिहरु समेत अनुमोदन गरेको छ । 

प्रतिकृया दिनुहोस

नेपालका गैंडा भारतमा अलपत्र 

नवलपरासी मंसिर २५ नारायणीको बाढिमा बगेर भारतिय क्षेत्रमा पुगेका चितवन राष्ट्रिय निकुञ्जका ३ वटा गैंडा अलपत्र अबस्थामा रहेका छन् । भारत पुगेका

नवलपुरमा स्कुटी दुर्घटना, प्रदेश सांसदका छोराको मृत्यु

ज्ञानु पंगेनी १९ मंसिर ,नवलपुर  नवलपरासी पूर्वको देवचुली नगरपालिका १५ प्रगतीनगर अन्र्तगत पूर्व पश्चिम रार्जमागमा मंगलवार राती भएको सवारी

जनशक्ति र बजेटको तालमेल हुन आवश्यक : मन्त्री चौधरी

प्रमोद अर्याल १८ मंसिर,नवलपरासी जनशक्ति र बजेटको तालमेल हुन नसके आयोजनाका दस्तावेजहरु कोरा कागजका रुपमा मात्रै सिमित हुने प्रदेश नम्बर ५ का भौतिक