• २०७५-८-२६ , बुधबार/ Wednesday 12-12-18
  • 01:12:57

प्रदेश सरकारले एक बर्षमा शिक्षा निति तयार गर्छ : मुख्यमन्त्री पोखरेल


नवलपरासी मंसिर १७

प्रदेश नम्बर ५ का मुख्य मन्त्री संकर पोखरेलले परम्परागत शिक्षाले नेतृत्व विकास गर्न नसक्ने बताउनुभएको छ । पश्चिम नवलपरासीको बर्दघाट २ चिसापानीमा रहेको दिब्यज्योति बहुमुखी क्याम्पसको २९ आंै बार्षिक उत्सव कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले बजारमा माग भए अनुसारको शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । 

एक  बर्ष भित्र प्रदेश सरकारले प्रदेश शिक्षा निति बनाउने र त्यस पछि प्रदेशमा शिक्षाको मुल्याङ्कन र गुणस्तरमा बृद्धि गर्ने बताउनुभयो । अहिलेको अवस्थामा कक्षा १० भन्दा माथिल्ला कक्षामा विद्यार्थीहरुलाई टिकाउन निकै गाह्रो हुने गरेकोले ब्यबसहारिक र प्राविधिक शिक्षामा नै विशेष जोड दिनुपर्ने धारणा ब्यक्त गर्नुभयो ।

पढाउने कलालाई आधुनिक र कलात्मक बनाउन सके शिक्षा क्षेत्रमा सक्षम जनशक्तिको विकास हुनेमा उहांले जोड दिनुभयो । क्याम्पसहरुले कुनै एक विषयमा आधारित रहेर गुणस्तरिय शिक्षा दिन सक्र्नुपर्ने वा बहु विषयमा जानुपर्ने बताउनुभयो । प्रदेश सरकारले निकट भविष्यमै प्रदेश नसांङकन गर्ने र हरेक ठाउमा माग अनुसारको शिक्षा दिनेगरी क्याम्पसहरुको विकास गर्दै लैजाने बतताउनुभयो । 

मुख्यमन्त्री पोखरेलले  क्याम्पसहरुमा ब्यबस्थापन पढाई हुने गरेको तर समय ब्यबस्थापनको बारेमा जानकारिनै नहुनु दुखद पक्ष रहेकोले समय ब्यबस्थापनको विषयमा समेत ख्याल गर्न आग्रह गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

जिसन स्पोर्टस मिट हुने

प्रमोद अर्याल २३ मंसिर ,बर्दघाट, शैक्षिक ऐक्यवद्धताको समुह नेपाल (जिसन) नवलपरासीको आयोजनामा खेलकुँद कार्यक्रम हुने भएको छ । जिसन स्पोर्टस मिट २०७५

न्यूलाईफमा विज्ञान प्रदर्शनी

बर्दघाट मंसिर १४ बर्दघाटमा रहेको न्यूलाईफ मा.वि मा विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । विद्यार्थीहरुले आफैले बनाएका विभिन्न प्रविधिहरु पदर्शनी

जिसन नवलपरासीका खेल शिक्षकलाई एकदिने अन्तरक्रिया

१३ मंसिर ,नवलपरासी जिसन नवलपरासीको आयोजनामा खेल शिक्षकहरुलाई एकदिने अन्तरक्रिया कार्यक्रम बर्दघाटमा रहेको होलि केयर इँगलिस स्कुलमा सम्पन्न भएको छ