• २०७५-८-२६ , बुधबार/ Wednesday 12-12-18
  • 02:12:39

सिद्धार्थ राजमार्गको मर्मत आजबाट, ३ दिन सवारी चलाउन रोक

१७ मंसिर,बुटवल

सिद्धार्थ राजमार्गअन्तर्गतको तानसेन–बुटवल सडकखण्ड आजदेखि ३ दिन बन्द हुने भएको छ । आजदेखि  मंसिर १९ गतेसम्म  बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म  सडक मर्मत हुने भएपछि यो सडक खण्डको आवागमन प्रभावित हुने भएको हो । तानसेन–बुटवल सडक खण्डको भुतखोलादेखि बुटवलको चिडियाखोलासम्मको सडकमा रहेका ढंगा फुटाएर हटाउनुपर्ने भएकाले मंसिर १७ देखि १९ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म बाटो बन्द रहने सडक डिभिजन कार्यालय, पाल्पाका सूचना अधिकारी पवित्रमणि आचार्यले जानकारी दिए । अत्यावश्यकीय एम्बुलेन्सलगायतका सवारी साधनलाई भने यो नियम लागू हुनेछैन । निर्वाध चल्न पाउनेछन् । सडक डिभिजन कार्यालयले आवागमनमा असुविधा हुने भएकाले वैकल्पिक उपाय सोच्न  सबैमा आग्रह गरेको छ । यो सडकखण्डको अवस्था दयनीय भए पनि लामो समयदेखि स्तरोन्नति हुन सकेको छैन । सडकको दूरावस्थाकै कारण १५—२० जना यात्रुहरुको सवारी दुर्घटनामा परी बर्सेनि ज्यान जाने गरेको छ । अनलाइनखबर

प्रतिकृया दिनुहोस

अर्घाखाँचीमा पाँच वर्षिया बालिका बलात्कृत

२२ मंसिर, बुटवल अर्घाखाँचीको शितगंगा नगरपालिकाकी एक पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कारको अभियोगमा प्रहरीले १ जनालाई नियन्त्रणमा

रूपन्देहीमा ५ वर्षीया बालिकाको सामूहिक बलात्कार

२२ मंसिर, बुटवल महिला हिंसाबिरुद्धको १६ दिने अभियान चलिरहेका बेला रूपन्देहीमा ५ वर्षीया बालिका सामूहिक रुपमा बलात्कृत भएकी छन् । देवदह

प्रदेश ५ का १५ लाख नागरिक बहुआयामिक गरिबी

१७ मंसिर, बुटवल प्रदेश ५ का १२ जिल्ला मध्ये कपिलवस्तुमा गरिबीको रेखामुनि रहेको जनसंख्या अनुपात सबैभन्दा बढी देखिएको छ । अन्य ११ जिल्लाको तुलनामा